ट्रकका ट्रक तस्करीका सामान
२१ पौष २०७८
•
३ मिनेट पाठ
ट्रकका ट्रक तस्करीका सामान
लागु औषध तस्करीमा संलग्न ट्रक प्रहरी नियन्त्रणमा। तस्बिर सौजन्य: पर्सा प्रहरी
चोरीपैठारी तथा राजस्व चुहावट रोक्न स्थापित संयन्त्र र कानुनी व्यवस्थालाई सीमा आरपार तस्करी गर्ने गिरोहले प्रभावहीन पारेको तथ्यांकले देखाएको छ। पोके तस्कर र साइकल तथा मोटरसाइकलमा अवैध ओसारपसार गर्नेहरू समातिने क्रम छँदै थियो, अहिले तस्करीमा संलग्न भएको भनी एकपछि अर्को ट्रक नै प्रहरी नियन्त्रणमा पर्दै छन्।




बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि भरेर पोखरा जाँदै गरेको ना६ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई वीरगन्जको घण्टाघरबाट प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो। उक्त ट्रकलाई रोकेर जाँच गर्ने क्रममा पूर्व सूचनाअनुरूप भन्सार छली ल्याइएका खुद्रा सामान तथा औषधि फेला परेको हुँदा उक्त ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा जिल्ला प्रहरी कार्यालय पर्साले बुझाइएको प्रहरीले जनाएको छ। 

चालक चितवनको राप्ती नगरपालिका–४ बस्ने वर्ष ३२ का सुरेशकुमार लामालाई समेत नियन्त्रणमा लिई प्रहरीले राजस्वलाई बुझाएको ट्रक तथा सामानको मूल्यांकन ६५ लाख आँकलन गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

यसअघि गत बिहीबार बिल–बिजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लैजाँदै गरेको प्रदेश नम्बर २–०३–००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्दा भन्सार छली ल्याइएका खुद्रा सामान तथा औषधि फेला परेको प्रहरीले जनाएको थियो। वीरगन्ज–२१ परवानीपुर चोकमा जाँच गर्ने क्रममा सूचना अनुरूप नै सामान फेला परेको प्रहरी भनाइ छ। चालक बारा परवानीपुर–२ बस्ने वर्ष ३३ को नसरुद्दीन मियाँलाई समेत नियन्त्रणमा लिई उनीसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको उक्त ट्रक तथा मालवस्तुको समेत गरी प्रहरीले ६० लाख मूल्यांकन गरेको खनालले जनाए।

त्यसभन्दा ६ दिनअघि पुस ९ गते वीरगन्ज–८ घण्टाघरबाटै बिल–बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तु लोड गरी मकवानपुर हेटौंडा लैजाँदै गर्दा एउटा मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो। आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ना३ख ७४८ नम्बरको मालवाहक मिनी ट्रक र सामानको मूल्यांकन २५ लाख पर्सा प्रहरीले गरेको छ। भन्सार छली ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान फेला परेको हुँदा उक्त मिनी ट्रक तथा चालक मकवानपुरको हेटाैंडा–१० का वर्ष ३७ का प्रेमबहादुर स्याङ्बो तामाङलाई नियन्त्रणमा लिई अर्को दिन १० गते राजस्वलाई बुझाएको खनालले बताए। अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालयको जिम्मा दिएको मिनी ट्रक र मालसामानको मूल्यांकन २५ लाख रुपैयाँ छ।

त्यसअघि मंसिर २३ मा राजस्व छली भएको भनेर सामान र ट्रक प्रहरीले समातेको थियो। बिल–बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तु लोड गरी पोखरातर्फ लग्दै गरेको सूचना प्राप्त भई समातिएको ट्रकसँगै चालक समातिएका थिए। त्यो ट्रक र चालक पनि अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालयको जिम्मा दिइएको थियो। मंसिर १ मा पनि यसै गरी राजस्व छली भएको भनेर सामान, ट्रक र चालक प्रहरीले समातेर राजस्व अनुसन्धानलाई बुझाएको थियो।

५० दिनयता समातिएका पाँचवटा ट्रकमा कति मूल्य बराबरको राजस्व छलीको सामान भेटिएको भन्ने यकिन जानकारी अनुसन्धान पूरा भएपछि मात्र खुल्नेछ। यी घटनामा अनुसन्धान बाँकी रहे पनि यसअघिका यस्ता मामिलामा अधिकांशमा गडबडी भेटिएको तथ्य रहेको प्रहरी अधिकृतले बताए। मंसिर ८ मा लागु औषध ओसारपसारमा संलग्न २ वटा ट्रक पनि प्रहरीले चालकसहित नियन्त्रणमा लिएको थियो।

‘हामीलाई सूचना आएपछि ट्रकहरू नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि पठाउने गरिएको छ,’ पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले भने, ‘हामीले यसको जानकारी पनि सार्वजनिक गर्ने गरेका छौं।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस