कागजमा मात्रै घोषणा भयो हिमाली जिल्ला म्याग्दी
२१ पौष २०७८
•
४ मिनेट पाठ
कागजमा मात्रै घोषणा भयो हिमाली जिल्ला म्याग्दी
म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिलमा हिमपातपछिको दृष्य। तस्बिर सौजन्य: सन्दिप शर्मा
हिमाली जिल्लाको मान्यताका लागि वर्षौदेखि आवाज उठाउँदै आएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्याल नेपाल सरकारले तीन वर्ष अघि हिमाली जिल्ला घोषणा हुदाँ निकै खुसी थिए। 




‘टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैन’ भन्ने उखानबाट परिचित समुन्द्री सतहबाट ३२ सय २० मिटर उचाईमा अवस्थित गुर्जाबासीलाई अध्यक्ष छन्त्यालले हिमाली जिल्लामा सूचिकृत भएपछि सेवासुविधासँगै बजेटमा समेत प्राथमिकतामा पर्ने सन्देश समेत सुनाए। चुरेन, पुथा र गुर्जा हिमाल सहित आधा दर्जन हिमालको फेदीमा अवस्थित गूर्जाका जनतालाई हिमाली जिल्ला घोषणको सन्देश सुनाएका छन्त्याल अहिले भने निराश छन्। सरकारले ०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित गरी आधा दर्जनबढी हिमाल रहेको म्याग्दीलाई २१ औं हिमाली जिल्ला घोषणाको कुनै सकारात्मक प्रभाव गूर्जामा परेको छैन्।  

हिमाली जिल्लाको घोषणापछि विकास निर्माण सहित आवश्यक पूर्वाधारमा बजेटको आकार बढ्नु त परैको कुरा कर्मचारी, शिक्षकले हिमाली मापदण्ड अनुसारको सेवा, सुविधा र अवसर पनि पाएका छैनन। काजमा तीन बर्षदेखि फेरिएको म्याग्दीको परिचय घोषणामा मात्रै सिमित भएपछि जनप्रतिनिधि समेत सन्तुष्ट छैनन्। ‘हिमाली जिल्लाको नाम सुन्ने बाहेक केही परिवर्तन भएको छैन्,'नामले मात्रै गाउँको बिकास हुदैन,आवश्यक बजेट कहिल्यै आउँदैन’ अध्यक्ष छन्त्यालले भने। 

धेरैपटक राजनीतिक दल र निर्वाचित जनप्रतिनिधि समक्ष गरिएको माग काजमा मात्रै सम्बोधन भएको बताए। रघुगंगा गाउँपालिका–८, कुईनेमंगलेका वडा अध्यक्ष गमन छन्त्यालले हिमाली जिल्लाको मापदण्डको प्रभाव सुन्य रहेको बताए। उनले नियमित बजेट बाहेक हिमाली जिल्लाको सुविधाबाट वडाबासी बन्चित भएको बताए। धवलागिरी–१ गूर्जा र रघुगंगा–८ कुईनेमंगले म्याग्दी जिल्लाकै भौगोलिक रूपमा विकट क्षेत्र पर्छ।

हिमाली जिल्लामा सूचिकृत मुस्ताङ, मनाङ लगायतका जिल्लामा जस्तै भौगोलिक विकटतामा काम गरेपछि कर्मचारी, शिक्षक तथा गैरसरकारी संस्थामा आवद्ध भएकाले प्राप्त गर्ने अतिरिक्त आर्थिक सुविधा,कार्यसम्पादन मुल्याङ्कनमा समेत कुनै हेरफेर भएको छैन्। अति विकट मानिएका बस्तीहरूमा रहेका कर्मचारीले सुगमको जस्तै सुविधा लिनुपरेको छ। सूचिकृत हुदाँ उत्साहित जिल्लाबासी दैनिक सरोकार राख्ने शिक्षा,स्वास्थ्य, कृषी, पशु/भेटेनरी समेतका कार्यक्रममा समेत बजेटको अभाव झेलिरहेको भन्दै आक्रोशित छन्। 

हिमाली जिल्ला भयो, अव कर्मचारी नआउने समस्या हट्ने, कर्मचारीको प्राथमिकतामा जिल्लाका सरकारी निकाय पर्ने भन्दै उत्साहित भएका स्थानीय तहका जनप्रतिनिधि समेत अहिले घोषणा अनुसारको सुविधा कार्यान्वयन नहुदाँ कर्मचारीको अभाव झेल्नुपरेको छ।

‘सुबिधा र मुल्याङ्कन नहुदाँ कर्मचारीको सधै अभाव छ,‘कार्यान्वयन भए कर्मचारी सहित धेरै समस्या समाधान हुन्छ’ रघुगंगा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले भने।उनले गाउँपालिका भित्रका अधिकांस वडा दुर्गम भएकाले कार्यक्रम बजेट पनि बृद्धी भएमा जिवनस्तरमा परिवर्तन आउने बताए। म्याग्दीले हिमाली जिल्लाले पाउने सवै प्रकारका सेवा सुविधा थप्न माग गदैं जिल्ला समवन्य समितिले यसअगाडी पटक–पटक संघिय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो। 

देशभरका अन्य २० जिल्लाले पाए सरह सेवा सुविधामा सरकारको विभेदकारी ब्यवहार नसच्याए हिमाली जिल्ला लेख्नुको औचित्य नभएको भन्दै जिल्लासभाबाट जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले लिखित रुपमै निर्णय गरी सरकारको ध्यानाकर्षण गराएका थिए। संघीय सांसद भुपेन्द्रबहादुर थापा र गण्डकी प्रदेश सभामा सांसद विनोद केसीले जिल्लासभा मार्फत गरेका निर्णयहरू समेत पठाएर कार्यान्वयनमा जोड दिएका थिए। हिमाली जिल्लाको आधारमा प्राकृतिक विपत्तीमा परेकालाई दिइने राहत सहित केही सुविधा हेरफेर भएपनि हिमाली जिल्लाको न्यूनतम मापदण्डको समेत कार्यान्वयन नभएको जनप्रतिनिधिको भनाई छ।

मनसुनजन्य विपदमा परेका पीडितले भने हिमाली जिल्लाको सुविधा पाएका छन। निजी आवास पुर्नवासकालागी पुर्ननिर्माण कार्यविधीमा हिमाली जिल्लामा निजी आवस निर्माण गर्न ५ लाख, मर्मतगरी पुनःप्रयोग गर्न ५० हजार र निजी आवास निर्माण गर्ने जग्गा नभएका ब्यक्तिलाई घरबनाउने जग्गा खरिद गर्न थप ३ लाख पाएका थिए। जिल्ला प्रशासन कार्यालयले निजी आवास पुर्ननिर्माण गर्न सम्झौता गरेका करिव एक हजार लाभग्राहीको बैंक खातामा हिमाली जिल्लाले पाउने सुविधा अुनसार नै स्थानीय तह मार्फत रकम जम्मा गरेको छ। 

जिल्लामा रहेका संघीय सरकार अन्तरगतका कार्यालयले समेत हिमाली जिल्ला भनी तोकिएका कुनै कार्यक्रम नआएको बताउने गरेका छन्। हिमालकै काखमा अवस्थित बस्तीका जनताको माग अनुसारको कार्यक्रमलाई मन्त्रालयसँग माग्दा समेत दुर्गमबस्तीका बासिन्दा बञ्चित भएको कार्यालय प्रमुखको गुनासो छ। प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यालयहरूले मन्त्रालयसँग कार्यक्रमको योजना प्रस्तुत गर्दा पहाडी जिल्ला सरह बजेट बिनियोजनमा हेरफेरको योजना नरहेको भन्दै प्रस्ताव अनुसार बजेट पठाउने तर्फ कुनै चासो नभएको बताउँछन्। म्याग्दीमा संसारको सातौं अग्लो धौलागिरी, दशौं अग्लो अन्नपूर्ण हिमाल, वराह शिखर, निलगिरी साउथ, गुर्जा, चुरेन हिमालसहित दर्जनौं हिमश्रृखला छन्।
अर्को समाचार
म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै
१५ फागुन २०७७
•
३ मिनेट पाठ
म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै
हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ। एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन्।




प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय मार्फत निर्माण हुने तीन पुल आगामी जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य छ।

अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण हुने पुल र मराङ बेँसी अर्कला पुल जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। सोही लक्ष्यलाई पछ्याउँदै अहिले यी तीनवटा पुलमा धमाधम काम भइरहेको छ।

यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर ५ अर्मनलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोलामा बन्न लागेको पुल पनि निर्माणाधीन अवस्थामा छ। ११ करोड २४ लाख २५ हजार ५२ लागतमा म्याग्दीखोलामा पक्की पुल बनाउन लागिएको हो।असी मिटर लम्बाइ रहने यो पुल दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ६५ प्रतिशत छ। आगामी एक वर्षभित्र दुवै पुलको निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ। बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिकाको वडा नम्बर ३ वरङ्जालाई जोड्ने गरी म्याग्दी खोलामा पक्की पुल निर्माणाधीन छ। यो पुलको कूल लागत १० करोड ७२ लाख १२ हजार छ। यो पनि लुम्बिनी प्राकृतिक जेभीले बनाउन लागेको हो। अहिलेसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति भएको छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गर्न लागेको मालिका–७ भारबाङघाट सडक पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ। भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो। उता पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा पनि पक्की पुल निर्माण गरिने भएको छ।

यो पुलका लागि  इन्द्रेणी फेवा जेभीले एक करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा निर्माणाधीन पक्की पुलको पनि ३५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखरासँग एकवर्ष अघि ठेक्का सम्झौता भएको थियो। 

यसरी म्याग्दीका विभिन्न बस्तीलाई शहरसँग जोड्ने गरी धमाधम पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयमा उत्साह जागेको छ। 'अब हामी पनि शहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ', मालिका गाउँपालिका–२ ताकमका शेरबहादुर विकले भने, 'गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझिँदै छ।' रासस
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस