समुदाय प्रहरी साझेदारी आवधारणा अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका विद्यार्थीलाई लागूऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएको छ। कक्षा ८ र ९ मा अध्ययनरत ६० जना विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुलाई परिसरका प्रहरी निरीक्षक शशी शर्मा सचेतनामूलक स्कूल प्रशिक्षण कार्यक्रम गराएको हो।
परिसरले नियमित रुपमा जिल्लाका विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीलाई यस्तो प्रशिक्षण दिंदै आएको परिसरका सूचना अधिकृत दीपक पाण्डेले जानकारी गराए। प्रशिक्षणपछि प्रश्नउतर कार्यक्रम पनि भएको थियो।
परिसरले नियमित रुपमा जिल्लाका विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीलाई यस्तो प्रशिक्षण दिंदै आएको परिसरका सूचना अधिकृत दीपक पाण्डेले जानकारी गराए। प्रशिक्षणपछि प्रश्नउतर कार्यक्रम पनि भएको थियो।
