दुर्घटनामा प्रहरीसहित २ को मृत्यु
१४ मंसिर २०६६
•
३ मिनेट पाठ
दुर्घटनामा प्रहरीसहित २ को मृत्यु
नुवाकोट, मंसिर १४-  नुवाकोटमा आइतबार भएको छुट्टाछुट्टै दुर्घटनामा प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। नुवाकोटको पश्चिमी कल्याणपुर गाविसमा बसको छतबाट खसेर एक जना प्रहरी र नुवाकोटकै ककनी गाविसमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु भएको हो।

नुवाकोटको कल्याणपुर गाविस वडा नं. ७ देउडीबाट त्रिशूली हुँदै काठमाडौं जाने क्रममा रहेको वा १ ख ५६८३ नम्बरको यात्रुबसको छतबाट कल्याणपुर गाविस वडा नं. १ स्थित अजिंगरे उच्च माविअगाडि सडकमा खसेर धादिङ जिल्लाको नीलकण्ठ गाविस वडा नं. ९ सुनौलावजार घर भई जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत् प्रहरी जवान रेशम ठकुरीको मृत्यु भएको हो।

कल्याणपुर गाविस वडा नं. १ अजिङ्गरेमा भएको दुर्घटनापछि सख्त घाइते भएका प्रहरी जवान ठकुरीको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कोमल शाहले जानकारी दिए।

उता, आइतबारै नुवाकोटको पर्यटकीय ककनी गाविसस्थित निगालेमा भएको मिनी ट्रक दुर्घटनामा घाइते चार जनामध्ये एक महिलाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ। पासाङल्हामु मार्गको त्रिशूली काठमाडौं सडक खण्डवीच ककनीमा त्रिशूलीबाट धान वोकेर काठमाडौं जाँदै गरेको बा २ ख ३८०७ नम्वरको मिनीट्रक निगाले भन्ने स्थानमा दिँउसो पौने १२ बजे दुर्घटना हुदा विदुर नगरपालिका वडा नं. ५ माझिटार निवासी ५५ वर्षिया सावित्री खनालको काठमाडौको मेडिकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा परी घाइते भएका विदुर नगरपालिका वडा नं. ५ माझीटारका २७ वर्षिय पुष्कर अर्याल,  १६ वर्षीय सन्तोष कुँवर र ५० वर्षीय मधु अर्यालको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त मिनीट्रकका चालक राजु तामाङलाई प्रहरीले पक्राउ गरी ककनी प्रहरी चौकीमा राखिएको नुवाकोटका प्रहरी निरीक्षक कोमल शाहले जानकारी दिए।
- नुवाकोटबाट देवचन्द्र भट्ट
अर्को समाचार
सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु
१८ भदौ २०७९
•
१ मिनेट पाठ
सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु
सुनसरीका अलग–अलग स्थानमा भएका सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु भएको छ। 

शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिका क्षेत्रमा दुर्घटनामा हुँदा दुई जना प्रहरीको मृत्यु भएको हो। दुर्घटनामा परि प्रदेश नं. १ श्रम तथा रोजगार मन्त्रीका पिएसओ नेपाल प्रहरीका हवाल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी बल मोरङमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक प्रकाश बुढाको मृत्यु भएको हो। मृत्यु हुने दुवै जना प्रहरी कार्यालयको काम वा व्यक्तिगत कामले पश्चिम गएको खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी प्रभु ढकालले बताए।  

बिहान ८ः२५ मा पूर्वदेखि पश्चिम जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट पश्चिम जाँदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।  

यसैगरी, कोसी राजमार्ग अन्तर्गत शुक्रबार राति इटहरी वडा नं. २ आपगाछीमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ। मोटरसाइकलमा यात्रा गरिरहेका इटहरी वडा नं. २ निवासी लोमश दाहाललाई पिकअपले ठक्कर दिँदा मृत्यु भएको हो। दुर्घटनामा अर्का एक जना पनि घाइते भएका छन्।    

धरान बाट इटहरी आउँदै गरेको प्र १–०२ –००२ च ४६६२ नम्बरको पिकअपले को १६ प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस