काठमाडौं-सरकारी मापदण्ड अनुसार सातदोबाटो–लगनखेल सडक २२ मिटर चौडा हुनुपर्ने हो। तर, उक्त सडकका अधिकांश क्षेत्र मुस्किलले १० मिटर चौडाका छन्। सरकारले मापदण्ड तोक्नुभन्दा पहिलादेखि नै रहेको पुरानो बस्तीका कारण उक्त खण्डका अधिकांश सडक साँघुरा भएका हुन्।मापदण्ड अनुसार ललितपुरका अन्य साँघुरा सडक धमाधम बिस्तार भइरहे पनि पुरानो बस्ती भएका कारण विस्तारमा अन्योल बढिरहेको उक्त खण्ड अन्ततः विस्तार हुने भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण ललितपुरले पुरानो बस्ती क्षेत्रमा १८ मिटर र अन्य क्षेत्रमा २२ मिटर फराक हुने गरी बढाउने भएको हो।
जिल्ला आयुक्त कार्यालयका प्रमुख आयुक्त नारायणप्रसाद भण्डारीका अनुसार पुरानो बस्तीमा रहेका स्थानीयको उठिबास नहोस् र धेरै नै समस्यामा परेकालाई स्थानान्तरण गर्न समस्या नपरोस् भनेर बस्ती क्षेत्रमा १८ मिटर मात्र फराक बनाउन लागिएको हो। ‘पुरानो बस्तीका बासिन्दाको समस्यालाई बुझेर नै यस्तो निर्णय भएको हो,' उनले भने, ‘अब केही समयपछि विस्तारका लागि त्यहाँ संरचना भत्काउने काम सुरु हुनेछ।'
बस्ती क्षेत्रमा १८ मिटरको सडक बनाउँदा पनि त्यहाँ रहेका सात परिवार भने विस्थापित हुने भएका छन्। सरकारले उनीहरुलाई अर्को ठाउँमा तयारी गरिरहेको भण्डारीले बताए। ‘उहाँहरुलाई कहाँ राख्ने भनेर जग्गा खोजिँदैछ,' उनले भने, ‘जग्गा पाउनेबित्तिकै ती परिवारलाई त्यहाँ सारेर काम अगाडि बढाउनेछौं।'
उक्त खण्डमा रहेको नेपाल आर्मीले पर्खाल भत्काएर सार्ने तयारी गरिसकेको छ भने औद्योगिक क्षेत्रले आधा भागको पर्खाल सारिसकेको र अन्य क्षेत्रको काम थालिसकेको छ। मापदण्ड अनुसार विस्तारका लागि संरचना भत्काउन कार्यालयले उक्त खण्डमा चिह्न लगाइसकेकाले धेरैजसोले चिह्नका आधारमा आफैं संरचना भत्काउन थालिसकेको भण्डारीले जानकारी दिए।
विस्तार क्रममा उक्त सडक आसपास रहेका स्थानीयको घरबार नै उठिबास हुने परिवारलाई स्थानान्तरण, जग्गा भएका तर घर बनाउन नसक्नेलाई घर बनाउन र अन्यत्र घर भएका र भत्काइएको घरको क्षतिपूर्ति दिइनेछ। उक्त खण्डमा संरचना भत्काउँदा सबैभन्दा बढी क्षति सातदोबाटोदेखि आर्मीको खेलकुद प्रशिक्षण केन्द्रसम्म हुनेछ। अन्य स्थानमा खाली जग्गा धेरै भएकाले त्यति क्षति नहुने कार्यालयले जनाएको छ।
संरचना भत्काउँदा उक्त खण्डमा पर्ने धार्मिक तथा सांस्कृतिक संरचना नभत्काउन स्थानीयले आवाज उठाइरहेकाले कार्यालयले सडकछेउ पर्ने धार्मिक तथा सांस्कृतिक संरचना जोगाएर र बीचसडकमा नै पर्ने संरचना भए केही पर सारेर सडक विस्तारको तयारी गरेको छ। विस्तार क्रममा उक्त खण्डमा पर्ने पेट्रोल पम्पको पर्खाल तथा अन्य संरचनासमेत केही पर सार्नुपर्ने हुन्छ।