काठमाडौं-काभ्रेको धुलिखेल–१, खावामा भएको बस दुर्घटना बसका साहुको जबर्जस्ती र बस सञ्चालन गर्न स्वीकृति दिने समितिको गैरजिम्मेवारीका कारण भएको पाइएको छ। काठमाडौंबाट दोलखाको पवटी चल्ने अरनिको यातायात सेवा समिति अन्तर्गतको उक्त बस एक महिनादेखि बिग्रिएर थन्किएको थियो। बस बिग्रिएपछि समितिले बसको सञ्चालन स्वीकृतिसमेत रोकेर राखेको थियो।तर, बिग्रिएको बस राम्रोसँग मर्मत गरे नगरेको निगरानी नै नगरी समितिले बसलाई सञ्चालन स्वीकृति दिएको थियो भने बिग्रिएको बसलाई बनाइसकेको भन्दै साहु डबलकाजी श्रेष्ठले समितिलाई झुक्याएका थिए। समितिले बस सञ्चालन स्वीकृति दिएपछि बसका चालक अमर श्रेष्ठले बुधबार बिहान पौने ७ बजे पुरानो बसपार्कबाट बस चलाएर दोलखा हिँडेका थिए। तर बिग्रिएको बसलाई जबर्जस्ती चलाउँदै जाँदा काभ्रे खावा पुगेपछि दुर्घटना भएको हो।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जनाको बुधबार दुर्घटनालगत्तै मृत्यु भएको थियो भने अर्का एक जनाको काठमाडौं नर्भिक अस्पतालमा उपचार क्रममा भएको थियो। मृत्यु हुनेमा दोलखा, सुनखानीका ५८ वर्षीया सावित्री शिवाकोटी र ५८ वर्षिया मसिनी तामाङ छन्। तामाङको नर्भिकमा मृत्यु भएको हो। दुर्घटनाका कारण अन्य २८ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको बिएन्डबि, तीन जनाको नर्भिक र अन्यको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
घाइते यात्रुका अनुसार अरनिको यातायात सेवा समितिअन्तर्गत ना३ख ११२५ नम्बरको बसले स्टार्ट गर्नेबित्तिकै धेरै कालो धुवाँ निकालेको थियो। बसबाट असामान्य रुपमा धुवाँ निस्कँदासमेत छेउमै रहेको समितिको काउन्टर कर्मचारीले बसलाई लैजान आदेश दिएको बसका घाइते यात्रुले बताएका छन्। बस बिग्रिएको बारे बसका साहु डबलकाजी श्रेष्ठलाई जानकारी हुँदासमेत उनले चालकलाई बस जबर्जस्ती भए पनि चलाउन आदेश दिएका थिए।
‘बस बिग्रिएको र चलाउन नसक्ने भनेर चालकले पटकपटक समिति र साहुका मानिसलाई फोन गरेर जानकारी गराएका थिए,' दुर्घटनामा घाइते ४५ वर्षीया कुण्डला ढकालले भनिन्, ‘तर चालकले फोनमा जति चलाउँदिनँ भने पनि उताबाट जबर्जस्ती भए पनि चलाउनू भन्ने आदेश आएपछि चालकले बस अगाडि बढाएका थिए।' उनले फोन गरेर बसको अवस्था जानकारी गराउँदा गराउँदै पनि बस चलाउन भनेकै कारण बस दुर्घटना भएको बताइन्।
बसका अन्य घाइते पनि बस दुर्घटना हुनुमा बिग्रिएको बस चलाउन जबर्जस्ती गर्ने बसका साहु र समिति नै दोषी रहेको बताउँछन्।
समितिका अध्यक्ष जितबहादुर भारतीले बसका साहुले समितिलाई झुक्याउँदा दुर्घटना हुन पुगेको बताए। ‘बिग्रिएको बस बनाइसकेँ भनेर हामीलाई साहुले झुक्याउँदा बस दुर्घटना हुन पुगेको हो,' भारतीले भने, ‘यसमा समतिको कुनै दोष छैन, सरासर साहुको लापरबाही देखिन्छ।' उनले उक्त बस बिग्रिएका कारण एक महिनादेखि समितिले नै क्यु रोकेको जानकारी दिए।
अध्यक्ष भारतीले बिग्रिएको बस बनाएको भन्ने निवेदनपछि समितिले राम्रोसँग बसलाई निगरानी गर्न नसक्दा केही कमजोरी हुन पुगेको भने स्विकारे। ‘हाम्रै साथीले यसरी बदमासी गर्छ भन्ने सोचेका थिएनौं। त्यही भएर उसले बस बनाइसकेको भनेर निवदेन दिएपछि विश्वासका आधारमा सामान्य रुपमा बसलाई बाहिरबाट हेरेर मात्र सञ्चालन स्वीकृति दियौं,' उनले भने, ‘तर साहुले चारपाँच हजारको लोभ गर्दा त्यत्रो क्षति हुन पुग्यो।' उनले समितिलाई झुक्याएर बदनाम गराउने साहुलाई समितिले छिट्टै बैठक डाकेर कडा कारबाही गर्ने तयारी गरेको जानकारी दिए।
बसका साहु डबलकाजी श्रेष्ठ भने बिग्रिएको बस चलाउन दबाब नदिएको दाबी गर्छन्। उनले खावामा पुगेपछि बसको ब्रेकफेल हुँदा दुर्घटना भएको बताए। ‘दुर्घटना भएपछि सबैतिरबाट मलाई फसाउने बहानामात्र बनाइएको छ,' उनले भने, ‘यदि बिग्रिएको बस चलाएको भए काठमाडौंबाट धुलिखेलसम्म कसरी पुग्छ?' उनले समितिले आफ्नो कमजोरी ढाक्न आफूलाई दोष देखाइरहेको बताए।
यात्रुका अनुसार बस सुरुदेखि नै सामान्य अवस्थामा थिएन। बसको अवस्था नराम्रो हुँदाहुँदै पनि बसपार्कबाट गुडेपछि यात्रु गणेशबहादुर खड्काले १०३ नम्बरमा फोन गरेर ट्राफिकलाई जानकारी गराएका थिए। यात्रुको गुनासोपछि चालकले साहुलाई फोन गरेर बसको अवस्था नराम्रो रहेको जानकारी गराएका थिए। तर साहुले फोनबाटै गाडीलाई जसरी पनि चलाउनू भन्दै आदेश दिएपछि चालकले यात्रुलाई केही पर पुगेर बस मर्मत गर्ने आश्वासन दिँदै बस अगाडि बढाएका थिए।
बिग्रिएको बस चलाएको भन्दै १०३ मा गुनासो पुगेपछि भक्तपुर गट्ठाघरस्थित ट्राफिकले बस रोकेका थिए। त्यसपछि चालकले बस बनाउने भन्दै बसलाई घुमाएर कौशलटार नजिकै रहेको शैलुंगेश्वरी ग्यारेजमा मर्मत गर्न लगेका थिए। तर त्यहाँ गाडी मर्मत गर्नुका सट्टा अर्को गाडीको साइलेन्सर पाइप निकालेर डोरीले बाँधेर बस चलाइएको बसका घाइते सागरराम ढकालले जानकारी दिए। १७ वर्षीय घाइते ढकाल बिएन्डबी अस्पतालमा उपचाररत छन्।
ग्यारेजमा अर्को बसको साइलेन्सर पाइप राखेर बस चलाउने जुक्तिसमेत बसका साहुले नै फोनमार्फत चालकलाई दिएको यात्रुले बताए। तर डोरीले बाँधिएको उक्त साइलेन्सर पाइप सूर्यविनायक पुगेपछि चुँडिएर खसेको उनले बताए।
साइलेन्सर पाइप खसेपछि चालकले पुनः फोन गरेका थिए। तर फोन राखेलगत्तै चालकले बस बनेपा पुगेर बनाउने भन्दै अगाडि बढाए। यात्रुका अनुसार चालकले बनेपा पुगेर बस मर्मतका लागि ग्यारेजमा समेत लगेका थिए। तर ग्यारेजले बत्ती नभएको भन्दै फर्कायो। पाँचखालमा बनाउने भन्दै बस फेरि गुडाइयो।
दुर्घटनास्थलबाट केही मिटर अगाडि बसले अत्यधिक मात्रामा धुवाँ फालेपछि सबै यात्रुले बसलाई रोक्न लगाई बसबाट उत्रिएका थिए। त्यहाँबाट पनि चालकले पुनः फोन गरी अर्को गाडी पठाउन भनिरहेका थिए। तर, फोन राखेपछि चालकले पाँचखालमा बस बनाउने ठाउँ रहेको र बसलाई सुरक्षितसाथ लैजाने भनेपछि सबै यात्रु बसमा चढेका थिए।
‘तर हाम्रो दुर्भाग्य, बस चढेको एक मिनेट नहुँदै घ्याडघ्याड गर्दै भित्तामा गएर ड्याम्मै ठोक्किहाल्यो,' उनले भने, ‘बसमा चढेका सबै यात्री सिटमा समेत राम्रोसँग बसिसकेका थिएनन्।' उनका अनुसार चालकले सबैको ज्यान जोगाउन बसलाई भित्तातिर लगेका थिए। छेउतिर लगेको भए त निकै ठूलो क्षति हुन्थ्यो।
चालक बसेको स्थानतिरै बस ठोक्किएका कारण चालक श्रेष्ठ गम्भीर घाइते हुन पुगेका छन्। नर्भिक अस्पतालमा उपचाररत चालक श्रेष्ठको सातवटा करङ, हातका दुवै पाता, मेरुदण्डको हड्डी भाँचिएको अस्पतालले जनाएको छ। अन्य घाइतेको अवस्था भने उनको भन्दा केही राम्रो छ।