काठमाडौं– संविधान सभा भवनलाई लक्ष्यित गर्दै प्रदर्शन भएपछि तिनकुने–माइतीघर सडकखण्डमा चल्ने सार्वजनिक सवारी साधनमा रोक लगाइएको छ। सो रुटमा सवारी चल्न नदिएका कारण उपत्यकाका विभिन्न स्थानहरुको सवारी आवागन प्रभावित भएको छ।विभिन्न संघ संस्थामा तथा व्यक्तिहरु बिजुली बजारस्थित मुख्य सडक भेला भएर बसेका कारण सवारी साधनहरु चल्न नसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सवारी साधनहरुलाई ट्राफिकले थापाथलीतर्फ पठाइरहेको छ। तिनकुनेबाट नयाँ वानेश्वरतर्फ आउने सवारी साधनहरुलाई सिनामंगल र कोटेश्वरतर्फ पठाइएको छ।
त्यसैगरी पद्मोदय मोडबाट हनुमानथान हुँदै थापागाउतर्फ जाने सवारी साधनहरुलाई सिधै सिंहदरबारतर्फ पठाइएको छ। नयाँ वानेश्वर माईतीघर हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरिएको कारण थापाथली, माइतीघर, सिंहदरबार, हनुमानथान, थापागाउ, तिनकुने, कोटेश्वर लगायतका स्थानमा सवारी साधनहरुहरुचाप रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।
मैतिदेवीचोक हुँदै डिल्लीबजारतर्फ आउने सवारी साधन आज पनि चल्न सकेका छैनन्।