तत्काल दूधको मूल्य बढाउन किसानको माग
१७ माघ २०७८
•
१ मिनेट पाठ
तत्काल दूधको मूल्य बढाउन किसानको माग
चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन्। उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो।




दूधको मूल्यमा प्रतिलिटर १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ। सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए। सरकारले एक लिटरमा १० मूल्य बढाएर किसानलाई रू.सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ।

उनकाअनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए। अध्यक्ष न्यौपानेले भने, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ। त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।' सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ। सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ।
अर्को समाचार
दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग
१८ माघ २०७९
•
२ मिनेट पाठ
दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग
निजी क्षेत्रको संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाउँदै अगुवा कृषक।
म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन्। आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत् राख्दा किसानहरू मारमा परेको भन्दै आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रले म्याग्दी उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको छ।




बजारका सम्पूर्ण बस्तुहरूको मूल्य पटक–पटक बढ्दा अहिलेकै मूल्यमा आफूहरूको लागत पनि नउठ्ने भन्दै केन्द्रका अध्यक्ष कमल पौडेलले म्याग्दी उवासंघका अध्यक्ष बेलबहादुर कटुवाललाई किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग समन्वय गर्न समेत अनुरोध गरेका छन्। 

अध्यक्ष पौडेल, सचिव सुरेश ढुंगाना, कोषाध्यक्ष कृष्णप्रसाद शर्मा र सदस्य दुर्गादत्त शर्माले ध्यानाकर्षण गराउँदै अहिलेको अवस्थामा प्रतिलिटर २० प्रतिशत मूल्य वृद्धिको माग गरेका थिए। 

'डेरीहरूले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठ्न नसक्ने भएकाले मूल्य समायोजन नभए पेसाबाटै पलायन हुनुपर्ने जोखिम छ,‘हामीले बाध्य भएर दूधको मूल्य बढाउन माग  गर्नुपरेको छ’ सचिव ढुंगानाले भने।
उनका अनुसार अहिले पानीरहित दूधलाई किसानले प्रतिलिटर १ सय १० रुपैयाँमा दूध बिक्री गर्दै आएका छन् भने डेरीले उपभोक्तालाई १ सय ३० रुपैयाँमा बिक्री गर्ने गरेका छन्। दुग्ध किसानले प्रति लिटर २० रुपैयाँ बढेमा बजारको मूल्यलाई थेग्न सक्ने बताएका छन्। दुग्ध उत्पादक किसानले गोठबाटै सिधै डेरीमा लैजाने गरेको र मेसिनको प्रयोग गरी जिरो वाटर भएपछि बिक्री गर्ने गरेको केन्द्रका अध्यक्ष पौडेलले बताए।

‘हाम्रो अवस्थाका बारेमा बुझ्न सबै सरोकारवाला निकायलाई अनुरोध गर्दछौ,‘अनुदानभन्दा पनि मूल्य समायोजनको आवश्यकता छ‘ अध्यक्ष पौडेलले भने। 
बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा रहेका दुग्ध उत्पादक कृषक समस्यामा छन्। ज्ञापनपत्र बुझ्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले दुग्ध किसानको समस्याका बारेमा स्थानीय तह, सरोकारवाला निकाय र डेरीसँग आवश्यक छलफल गर्ने बताए। उनले किसान, डेरीवाला र उपभोक्तालाई सहज हुने गरी मूल्य निर्धारणको आवश्यकता रहेको बताए।

कृषकलाई सहुलियत ऋण उपलब्ध हुनुपर्ने, पशु बिमा कार्यक्रमलाई प्रभावकारी लगायतका कार्यक्रमहरूलाई समेत प्राथमिकता दिन सरकारी निकायलाई अनुरोध गर्ने अध्यक्ष कटुवालको भनाई छ। म्याग्दीमा कोरोना काल यता दुग्ध पालक कृषक पलायन हुने क्रम बढेको छ। 

बेनी नगरपालिकामा साना ठुला गरी २५ देखि ३० जना व्यवसायीक कृषक भएपनि हाल घटेर १७ देखि २० रहेको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रले जनाएको छ। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस