भाडा घटाउन व्यवसायी अटेरी
२९ माघ २०७१
•
८ मिनेट पाठ
भाडा घटाउन व्यवसायी अटेरी
काठमाडौं-सरकारले सार्वजनिक सवारीको भाडा घटाए पनि यातायात व्यवसायीको दादागिरीका कारण भाडा घट्न सकेको छैन। पेट्रोलियम पदार्थमा आएको गिरावटसँगै सरकारले यातायात व्यवसायीकै सहमतिमा बुधबारबाट लागु हुने गरी भाडा घटाउने निर्णय गरेको थियो।यातायात व्यवस्था विभागमा २५ गते आइतबार महानिर्देशक मधुसुधन बुर्लाकोटीको संयोजकत्वमा व्यवसायीसमेत रहेको भाडा निर्धारण समितिले नयाँ भाडादर निर्धारण गरेको थियो। तर, भाडा घटाउन सहमति जनाएका तिनै व्यवसायीले पुरानै दरमा भाडा लिँदै आइरहेका छन्।
यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा घटाउने विषयमा सरकारले आधिकारिक पत्र नपठाएको बहानाबाजीमा घटेको भाडादर कार्यान्वयनमा ल्याउन दिइरहेको छैन। तर, विभागले भने महासंघलाई पत्र पठाइसकेको छ। विभागका महानिर्देशक बुर्लाकोटीले घटेको भाडादर कार्यान्वयनमा ल्याउन महासंघ कार्यालयमा विभागले पत्र पठाइसकेको बताए।
‘हामीले उहाँहरुलाई नयाँ भाडादर अनुसार भाडा घटाउन पत्राचार गरिसकेका छौं,' उनले भने, ‘पत्र नपाएको भन्दै भाडा घटाउँदिनँ भन्न मिल्दैन।' उनले नयाँ भाडादर कार्यान्वयनमा आए/नआएको विषयमा विभागले अनुगमन गर्न लागेको र अनुगमनमा दोषी देखिएकालाई कारबाही गरिने बताए।
महासंघका महासिचव सरोज सिटौला भाडा घटेका विषयमा सरकारका तर्फबाट अहिलेसम्म आधिकारिक पत्र नआएको दाबी गर्छन्। ‘हामीलाई कुनै पत्र आएको छैन,' उनले भने, ‘आधिकारिक पत्र नआई हचुवाका भरमा र हल्लाका भरमा हामी भाडा घटाउन सक्दैनौं।' उनले विभागसँग २५ गते भएको सहमति कार्यान्वयन गर भनेर आधिकारिक पत्र नआएसम्म देशभरको भाडा नघट्ने बताए।
विभागले व्यवसायीसँग भएकै सहमतिका आधारमा घटेको नयाँ भाडादरको सूची मंगलबार नै सार्वजनिक गरेको थियो। तर, महासंघले पत्रपत्रिकामा आएको सूचीलाई नमान्ने भन्दै पत्रको बहानाबाजीमा यात्रुसँग बढी भाडा असुलिरहेका छन्।
यातायात भाडा बढ्ने निर्णय गरेको पाँच मिनेट पनि नबित्दै देशभर एकैपटक भाडा बढाउने व्यवसायीले भाडा घटेर कार्यान्वयनमा ल्याउनु भनेको तीन दिन बितिसक्दा पनि घटाएका छैनन्। पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु भएपछि सरकारले झन्डै दुई वर्षपछि गत पुस ९ गते पनि सवारी भाडा घटाएको थियो। त्यतिबेला भाडा घटाउन आलटाल गरेका व्यवसायीले विद्यार्थी तथा उपभोक्तावादीहरुले सर्वत्र विरोध जनाएपछि घटाएका थिए।
यसअघि सरकारले २०६९ फागुन २५ गते सवारीको भाडादर बढाएको थियो। त्यतिबेला व्यवसायीसँग सहमति भएकै दिन देशभरका सवारीको भाडा एकैपटक बढेको थियो। व्यवसायीले त्यतिबेला विभागको आधिकारिक पत्र कुरेर बसेका थिएनन्। तर, अहिले भाडा घटाउने विषयमा आफैंले सहमति जनाएको भाडादरलाई लत्याउँदै व्यवसायीहरुले यात्रु ठग्दै आइरहेका छन्।
विभागले पेट्रोलियम पदार्थमा आएको कमीलाई आधार मानेर वैज्ञानिक हिसाबमा सार्वजनिक सवारीको भाडा २ दशमलव शुन्य ३ प्रतिशत घटाएको थियो। ट्याक्सी र पर्यटकीय सवारीमा एक दशमलव ६२ प्रतिशत भाडा घटाइएको छ। मालवाहक सवारीको हकमा भने सरकारले सबैभन्दा बढी तराईमा ५ दशमलव ८ प्रतिशत भाडा घटाएको छ। नारायणगढ–पोखरा र नारायणगढ काठमाडौं चल्ने मालवाहक सवारीको भाडा भने ४ दशमलव ३७ प्रतिशत घटेको छ। पहाडी जिल्लामा चल्ने बसमा ४ दशमलव ३७ प्रतिशत भाडा घटाइएको छ। मिटर जडित ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायत सवारी साधनमा ५ दशमलव २८ प्रतिशत भाडा घटाइएको छ।
यस्तै, काठमाडौं उपत्यका र सहरी क्षेत्रका सवारीको भाडा बढीमा ७२ पैसामात्र घट्ने देखिएपछि सरकारले ती क्षेत्रमा एक रुपैयाँ भाडा घटाउने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकामा हाल न्यूनतम भाडा १३ रुपैयाँ भएको छ भने बढीमा २५ रुपैयाँ भाडा कायम गरिएको छ। यस अधारमा हेर्दा राजधानी तथा अन्य सहरी क्षेत्रमा शून्यदेखि ४ किलोमिटरसम्म १३ रुपैयाँ भाडा दिनुपर्ने हुन्छ। त्यसपछि क्रमशः किलोमिटरका आधारमा भाडा बढ्दै जानेछ। दस किलोमिटरसम्म यात्रा गर्नेले १९ रुपैयाँ र १९ किलोमिटरसम्म यात्रा गर्नेले २५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने हुन्छ। यसअघि उपत्यकामा न्यूनतम भाडा १४ र अधिकतम भाडा २६ थियो। तर, यात्रुले भने पुरानै दरका आधारमा भाडा तिर्दै आइरहेका छन्।
यातायातको भाडा निर्धारण समितिले दुई वर्षअघि भाडा बढाउँदा इन्धनमा पाँच रुपैयाँसम्म घटे वा बढे मूल्य समायोजन गर्ने निर्णय गरेको थियो। सोही अनुसार अहिले नयाँ भाडादर निर्धारण गरिएको हो। सरकारले पछिल्लो चार महिना अवधिमा पेट्रोलियम पदार्थको मूल्य लगातार ७ पटक घटाइसकेको छ। यो अवधिमा प्रतिलिटर एक सय पाँच रुपैयाँ रहेको डिजेलको भाउ घटेर ८६.५० र पेट्रोलको भाउ एक सय ३५ बाट घटेर एक सय ९ मा झरेको छ। २०६९ फागुन २५ गते सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा पेट्रोल प्रतिलिटर १२३ तथा डिजेल प्रतिलिटर ९९ रुपैयाँ थियो।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस