सडक सुधार्न निर्देशिका
०३ फागुन २०७१
•
७ मिनेट पाठ
सडक सुधार्न निर्देशिका
काठमाडौं- नेपालभर निर्माण भएका तथा भविष्यमा निर्माण एवं स्तरोन्नति गरिने सडकलाई भरपर्दो एवं स्तरीय बनाई सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले नयाँ निर्देशिका बनाउन लागेको छ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण र यातायात क्षेत्रको बेथिति कम गर्न सरकारले सडक निर्माण क्रममै सडकको अवस्थाका आधारमा उक्त सडकमा केकस्ता गाडी र कति क्षमताको गाडी चल्न सक्नेछ भन्ने स्पष्ट किटान गरी सञ्चालित अनुमति दिन नयाँ निर्देशिका बनाउन लागेको हो।




साँघुरा र इन्जिनियरिङ मापदण्ड नै पूरा नगरी बनाइएका सडकमा ठूला सवारी चलाउँदा दुर्घटना बढेको भन्दै सडक विभाग र यातायात व्यवस्था विभागको संयुक्त प्रयासमा 'सडक निर्माण (मर्मतसम्भार तथा स्तरोन्नति), प्रयोग र व्यवस्थापन निर्देशिका' बनाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले बताए।

दसैंयता लगातार भएको दुर्घटनापश्चात दुर्घटना न्यूनीकरणको उपाय खोज्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले दिएको सुझावकै आधारमा सरकारले उक्त निर्देशिका ल्याउने तयारी भएको हो। भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौलाको संयोजकत्वमा गठित समितिले नेपालभरको सम्पूर्ण सडकको रोड म्यापिङ गरी कुनकुन सडकमा केकति गतिमा केकस्ता सवारी साधन सञ्चालन गर्न दिने सम्बन्धमा स्पष्ट मापदण्ड तयार गरी लागु गर्न सुझाव दिएको थियो। समितिले सडकको अवस्था र मापदण्डका आधारमा मात्र सार्वजनिक सवारी साधनको किसिम निर्धारण गर्न सुझाव दिएपछि नयाँ निर्देशिकाको तयारी भएको हो।

महानिर्देशक बुर्लाकोटीका अनुसार निर्देशिकामा सडकको अवस्था र मापदण्डका आधारमा सडकलाई विभिन्न भागमा वर्गीकरण गरिनेछ। 'सडक निर्माणका क्रममा नै उक्त सडकमा कति टन क्षमताका सवारी र कति सिट क्षमताका सवारी कुदाउन मिल्ने हो, पहिले नै किटान हुनेछ,' उनले भने, 'यसले सडकका कारण हाल भइरहेको दुर्घटनाको दर कम गर्न धेरै सहयोग पुर्याकउनेछ।' उनका अनुसार निर्देशिकाले सहरी, ग्रामीण, राजमार्ग तथा कृषि सडक सबैको मापदण्ड तोक्नेछ र सडकको अवस्थाका आधारमा नै सवारी सञ्चालनको अनुमति दिने व्यवस्था गर्दछ।

महानिर्देशक बुर्लाकोटीका अनुसार उक्त निर्देशिकाको मस्यौदा तयार भइरहेको छ। निर्देशिकाको मस्यौदामा सडक विभाग एवं स्थानीय निकायले निर्माण गर्ने सबै सडक तथा स्तरोन्नति गर्दा निर्देशिकामा उल्लेख मापदण्ड नै पालना गर्नुपर्ने स्पष्ट लेखिएको छ। देशभरमा सडक विभाग र स्थानीय विकास मन्त्रालय अन्तर्गत सडक निर्माण भइरहेका छन्।

उक्त निर्देशिकाले नयाँ सडकमा मात्र नभई हाल भइरहेका सडकको समेत वर्गीकरणसहित सडकमा कस्ता सवारी गुड्ने, स्पष्ट पार्नेछ। यसका लागि यातायात विभाग र सडक विभागले देशभरका सडकहरुको नक्सांकन गरिरहेको छ। 'देशभरमा कस्ता सडक र कुन अवस्थाका सडक छन् ति सबैको विवरण संकलन गर्ने काम भैरहेको छ,' बुर्लाकोटीले भने, 'विवरण आएपछि मर्मत गर्नुपर्ने, स्तरोन्नति गर्नुपर्ने सडकलाई तत्काल निर्माण गरिनेछ।'

उनले सडकको अवस्थाको वास्तविक तथ्यांक आइसकेपछि सवारीको रुट निर्धारण गर्न सहयोग पुग्ने बताए। उनका अनुसार हाल धेरै स्थानमा सडकको अवस्थाको मूल्यांकन नै नगरी हचुवाका भरमा सवारी सञ्चालनका लागि अनुमित दिइँदै आएको पाइएको छ। 'सडकको अवस्थाबारे जानकारी नै नलिई हचुवाका भरमा रुट दिँदा नै ठूला दुर्घटना भएका छन्,' उनले भने, 'त्यसकारण रुट पर्मिट दिँदासमेत वैज्ञानिक र सडकको अवस्था बुझेर मात्र दिन सकियोस् भनेर नयाँ व्यवस्था ल्याउनुपरेको हो।'

सडक विभागका उपमहानिर्देशक अर्जुन थापाका अनुसार हाल देशभरमा करिब ६३ हजार किलोमिटर सडक छन्। तीमध्ये सडक विभागले १२ हजार ६ सय किलोमिट निर्माण गरेको हो भने ५१ हजार किलोमिट सडक स्थानीय विकासले निर्माण गरेको हो। निर्माण भएका सडकमध्ये विभागले बनाएको साढे ७ हजार र स्थानीयले बनाएको करिब ५ हजार किलोमिटर सडकमात्र कालोपत्र र पक्की छन्। स्थानीयले बनाएको सडकमा सहरी क्षेत्रका सडकसमेत पर्ने थापाले जानकारी दिए।

थापाका अनुसार ग्रामीण भेगमा निर्माण भएका सडकमा सार्प बेन्ड, ब्लाइन्ड स्पेस र ब्लाक स्पट मापदण्ड अनुरुप नहुनु, प्राविधिक रुपमा अध्ययन नगरी सडक निर्माणमा तीव्रता दिनु, सार्प स्लोप/उच्च ग्रेडियन्टयुक्त सडक निर्माण गरिनु, सडकको नियमित मर्मतसुधार हुन नसक्नु, समयमै सडकका खाल्डाखुल्डी नपुरिनु, चिप्लो र ओसिलो सडकमा थप सुधार कार्य नगरिनु, पहिरो पन्छाउँदा सवारी साधन पार गराउने मनसाय मात्र केन्द्रित हुनु, निर्माणको समयमा सडकको अवस्था झल्काउने पर्याप्त ट्राफिक संकेत तथा चिह्न प्रयोग नगरिनु जस्ता कारणले दुर्घटना बढेको पाइएपछि आगामी दिनमा सडक निर्माण क्रममा यस्ता गल्ती दोहोरिन नदिने व्यवस्था गरिन लागिएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस