बुटवलको तामनगरमा सडकमा रोकी राखेको ट्रकमा कार ठोक्किदा तीन जनाको मृत्यु भएको छ। दुई जना गम्भिर घाइते भएका छन्। मृत्यु हुनेमा कारमा सवार बुटवल १३ का वर्ष २७/२८ का सविन थारु(चौधरी),सोही स्थानकै गोविन्द चौधरी र ३० वर्षका नवीन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपि ठगबहादुर केसीले बताए।
एक जनाको घटना स्थलमै र दुइ जनाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। घाइते दुई जना मध्ये बुटवल १३ कै भागिरथ चौधरी र बुटवल १२ का अनिश जिसिको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। भागिरथको अवस्था गम्भिर रहेको र अनिशको अवस्था सामन्य रहेको डिएसपि केसीले जानकारी दिए।
बुटवल उपमहानगर १२ स्थित तामनगरमा पुर्वपश्चिम राजमार्गमा रोकीराखेको ना २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार आज बिहान सबेरै ठोक्किएको हो। अत्याधिक स्पिडमा रहेको कारले सडक छेउमा रोकी राखेको ट्रकलाइ ठक्कर दिएको प्रहरीले जनाएको छ।
पराल लोड गरेको ट्रक सडकमा किनारमै रोकीराखेको भएपनि सो ट्रकमा देखिने गरी कुनै संकेत वा चिन्ह भने नराखीएको स्थानीयले बताएका छन्। सवारी साधन बिग्रेर या अन्य कुनै कारणले लामो समयसम्म सडकको भाग ओगटेर राख्नु परे त्यस्तो सवारी साधनको वरपर देखिने गरी कुनै संकेत राख्नु पर्ने भएपनि राखेको पाइँदैन। सुरक्षा निकायले पनि त्यसखालको लापरबाही प्रति वेवास्ता गर्नाले दुर्घटना निम्तीने गरेको छ।