जेब्राक्रसमा झन् जोखिम
०७ फागुन २०७१
•
९ मिनेट पाठ
जेब्राक्रसमा झन् जोखिम
काठमाडौं- महोत्तरीका ६२ वर्षीय अरुण कोइरालालाई बुधबार राजधानीको बबरमहलस्थित आठ लेन सडकको जेब्राक्रसमै मोटरसाइकलले ठक्कर दियो।
मध्याह्न १२ बजेतिर जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भए। रफ्तार बढाएर भाग्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको पर्यटक बसमा ठोक्कियो। मोटरसाइकलमा पछाडि बस्ने यात्रुको ठाउँको ठाउँ ज्यान गयो।




सुरक्षित रूपमा बाटो काट्न सडकमा तोकिएको ठाउँ हो जेब्राक्रसिङ। तर, राजधानीमा रहेका सडकका जेब्राक्रसिङमा ढुक्क होइन, झन् डराउनुपर्छ। किनकि, जेब्राक्रसमा चालकले झन् रफ्तार बढाएर सवारी चलाउँछन् र दुर्घटनाको खतरा उत्तिकै बढाउँछन्।

मंसिर अन्तिम साता १४ वर्षीया स्नेहा शाह पनि जेब्राक्रसिङमै दुर्घटनामा परिन्। विद्यालयबाट फर्कने क्रममा तीनकुनेमा तोकिएको स्थानबाटै बाटो काटिरहेकी उनलाई काभ्रे मिनिबस व्यवसायी संघद्वारा सञ्चालित बा२ख २२०७ नम्बरको बसले ठक्कर दियो। काठमाडौंको वर्षा स्कुलमा ९ कक्षामा अध्ययनरत स्नेहाको टाउकोमा चोट लाग्यो। लामो समय नर्भिक अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ।

'गाडी निकै पर थियो, तैपनि हात उठाँउदै जेब्राक्रसबाट बाटो काटिरहेकी थिएँ,' स्नेहाले नागरिकसँग भनिन्, 'बेस्सरी आएको बसले बाटो काटिनसक्दै मलाई हानिहाल्यो। भुइँमा लड्न पुगेँ।' जेब्राक्रसबाट बाटो काट्दा सुरक्षित हुन्छ भन्ने पढेकी स्नेहा त्यहीँ दुर्घटनामा परेकी थिइन्।

अरुण र स्नेहा दुर्घटनामा पर्नुको कारण एकै थियो– बसको तीव्र गति। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जेब्राक्रसमा मात्र सानाठूला गरी दैनिक तीनदेखि पाँच दुर्घटना हुने गरेका छन्। जेब्राक्रसमा अहिलेसम्म भएका दुर्घटनामा मानवीय क्षति उल्लेख्य नभए पनि चालकले लापरबाहीपूर्वक तीव्र गतिमा गाडी हुइँक्याउँदा दुर्घटना दर भने बढिरहेको ट्राफिक प्रहरी बताउँछन्।

पैदल यात्रुले ढुक्क भएर सडक पार गर्ने जेब्राक्रसमै किन दुर्घटना बढिरहेका छन् त?

'जेब्राक्रसमा बढी दुर्घटना हुनुमा चालकले रफ्तार बढाउनु प्रमुख कारक देखिन्छ,' महानगरीय ट्राफिक महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्दले भने, 'यस विषयमा हामीले विस्तृत अनुसन्धान सुरु गरेका छौं।' जेब्राक्रसमा रफ्तार कम नगर्ने र पैदल यात्रीलाई पेलेर चलाउनेलाई कारबाही अभियान चलाउन लागेको पनि उनले जानकारी दिए।

डिआइजी चन्दका अनुसार जेब्राक्रस आउनुभन्दा केही मिटरअगाडिबाटै चालकले सवारीको गति कम गर्दै लानुपर्ने नियम छ। अधिकांश चालक भने केही मिनेटका लागि हतार गरेर झन् रफ्तार बढाउने गर्छन्।

सवारी तथा यातायात व्यवस्था ऐनको धारा १३२ मा जेब्राक्रसमा सवारी रोक्नुपर्ने उल्लेख छ। यसो नगरे २ सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना लाग्छ। अझ जेब्राक्रसमा दुर्घटना भए त दुर्घटना गराउने चालकलाई ज्यानमुद्दासमेत लगाउन सकिने कानुनी व्यवस्था छ। तर, ऐन कार्यान्वयन हुन नसक्दा चालक जेब्राक्रसप्रति जिम्मेवार छैनन्। ट्राफिक प्रहरीले जेब्राक्रसमा लापरबाही गर्ने र रफ्तार बढाउने चालकलाई कारबाही गर्न नसक्दा चालकको मनपरी बढेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ बताउँछन्।

नियमअनुसार चालकले जेब्राक्रस आउन लागेलगत्तै बसको रफ्तार कम गर्दै जानुपर्ने हुन्छ र जेब्राक्रसमा सवारी रोक्नुपर्छ। चालकले जेब्राक्रसमा पैदलयात्रु नभए पनि रफ्तार घटाएर दायाँबायाँ हेरेर मात्र सवारी अगाडि बढाउनुपर्छ। तर, यहाँ चालकले जेब्राक्रसिङमा पैदल यात्रुले बाटो काट्न लागेका देखे झन् बसको रफ्तार बढाउने र चर्को स्वरमा हर्न बजाउँदै पैदल यात्रुलाई तर्साउने गरेको महाशाखाका पूर्वप्रमुख डिआइजी केशव अधिकारीले बताए।

'सबै स्थानमा ट्राफिकले हेर्न भ्याउँदैनन्, चालकले त्यस्तो बेला नै लापरबाही गरिहाल्छन्,' उनले भने, 'जेब्राक्रस आउन लागेको थाहा पाएपछि ब्रेक लगाउनुपर्नेमा उल्टै एक्सिलेटर थिच्छन् र रफ्तार बढाउँछन्। जसका कारण पैदल यात्रुले जेब्राक्रसमै ढुक्कले बाटो पार गर्न पाएका छैनन्।' रफ्तार बढाउने चालकमा गन्तव्य पुग्ने हतारभन्दा बढी पैदल यात्रीलाई हेप्ने बानी परेको उनले सुनाए।

जेब्राक्रसमा चालकले रफ्तार बढाउने गरेको ड्युटीमा खटिएका ट्राफिक प्रहरीसमेत स्विकार्छन्। ललितपुर ट्राफिक प्रहरीवृत्तका प्रमुख सीताराम हाछेथूका अनुसार ट्राफिक नभएको क्षेत्रमा जेब्रा क्रसिङ देखियो भने चालकले रफ्तार बढाउने गरेको पाइन्छ। 'बाटो काट्ने मानिसलाई रोक्दा ढिलो हुन्छ भन्दै पेलेर चलाइरहेका हुन्छन्,' उनले भने, 'यसले जेब्राक्रसमा पैदल यात्रीलाई ठक्कर दिने घटना बढेका हुन्।'

उनका अनुसार जेब्राक्रसमा हिँडेको मान्छेलाई गाडीले हान्नु सडकको पेटीमै गएर किचेजस्तै हो। उनले जेब्राक्रस भएका क्षेत्रमा ट्राफिक लाइट नहुँदासमेत समस्या भएको सुनाए।

भाडाका सवारी मात्रै नभई निजी सवारीचालकले समेत यस्तो गल्ती गरिरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भाडाका सवारीमा आफूभन्दा अगाडि रहेको बसले अगाडिको बसस्ट्यान्ड वा चोकमा यात्रु पाउँछ भन्ने लोभले अस्वस्थ प्रतिस्पर्धा गर्दा जेब्राक्रसको समेत बेवास्ता गर्दै बस हुइँक्याउने क्रम बढ्दो छ।

जेब्राक्रसमा रफ्तार बढाउनेमा मोटरसाइकल र साना सवारीसाधन एक नम्बरमा पर्ने गरेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चालकको लापरबाहीले ७६ प्रतिशत दुर्घटना हुने गरेका छन्। त्यसमा पनि तीव्र गतिकै कारण झन्डै २५ प्रतिशत दुर्घटना हुने गरेका छन्। कतिपय चालकमा जेब्राक्रसबारे जानकारी नहुँदासमेत दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछन्।

चालकहरू भने बटुवाले जहाँ पायो त्यहीँबाट बाटो काट्ने गर्दा जेब्राक्रसमा रोक्न नसकिएको बताउँछन्। ऐनको धारा १३७ मा पैदल यात्रुले पनि बाटो काट्नुपर्दा जेब्राक्रस, सब–वे, ओभरहेड ब्रिज प्रयोग गर्नुपर्ने उल्लेख छ। ती स्थानबाहेक अन्यत्रबाट बाटो काटे सवारीचालकलाई जति नै जरिवाना यात्रुलाई गर्न सकिने प्रावधान ऐनमा छ तर यो अहिलेसम्म कार्यान्वयनमा छैन। महाशाखाले जथाभाबी बाटो काट्ने पैदल यात्रीलाई समेत कारबाही अभियान चलाउने तयारी गरेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस