पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम घेराउ
२८ माघ २०७८
•
२ मिनेट पाठ
पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम घेराउ
 राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युथ फोर्स विभागले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम घेराउ गरेको छ। आज दिउँसो विरोध प्रदर्शनसहित संघले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो।  




प्रदर्शनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र युथ फोर्स विभाग प्रमुख पुष्पराज श्रेष्ठले सम्बोधन गरेका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वले सरकारले आयल निगमको घाटा घटाउने नीति लिएको जिकिर गर्दै दुबै नेताले शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त कामलाई गति दिन नसकेको गुनासो गरेका हुन्।

‘जनताको चुलोमा आगो बल्ने अवस्था छैन, निगमले किनेको मूल्य भन्दा दोब्वर मूल्यमा नेपाली जनतालाई पेट्रोलियम पदार्थ बेच्दा पनि घाटा भयो भन्ने झन मूल्यवृद्धि गर्ने नियमको यो नीतिप्रति युवा संघ पूर्णत असहमत भएका कारण आन्दोलनमा उत्रनु परेको हो’, युवा संघका केन्द्रीय सदस्य एवं स्वास्थय विभाग प्रमुख निरोज पौडलले भने। उनका अनुसार आयल निगमले मूल्यवृद्धि नघटाएसम्म यो आन्दोलन जारी रहनेछ।

‘सधै घाटा देखाउने तर खरिद मूल्य भन्दा दोब्बर मूल्य निर्धारण गर्ने सरकारी नीति गलत भयो यसलाई सच्याउनु पर्ने युवा संघको माग छ’, स्वास्थ्य विभाग प्रमुख पौडेलले भने। त्यस्तै संघका नेताहरूले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्। विगत केही समयदेखि नेपाल आयल नियमले नेपाली जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहेकोमा राष्ट्रिय यु्वा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानी लगायत दैनिक उपभोग्य बस्तुहरुको मूल्यवृद्धि भई समग्र जिविकोपार्जन र जनजीवन नै प्रभावित हुँदै आइरहेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदासम्म कुनै नोक्सानी नबेहोरेको निगमको पछिल्लो समय करिब २५ अर्ब नोक्सानी देखिएको छ र निगमको घाटाको पूर्ति गर्ने बाहानामा बारम्बार भइरहने मूल्यवृद्धिको शिकार आम जनता नै बनिरहनुपर्ने स्थिति छ। यसर्थ राष्ट्रिय युवा संघ नेपाल, आयल निगम समक्ष मूल्यवृद्धि फिर्ता गर्न माग गर्दछ’, सो ज्ञापन पत्रमा भनिएको छ।
अर्को समाचार
केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने
०३ माघ २०८०
•
१ मिनेट पाठ
केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने
राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।




जहाँ युवा, त्यहाँ खेलकुद भन्ने मूल नाराका साथ सुरु हुने खेलमा नेपालका ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरू सहभागी हुने अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागी हुने जनाइएको छ।

खेलकुद र मनोरञ्जन मार्फत युवाहरूमाझ प्रभावकारी ढंगले कुरा राख्न सकिने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष थेबेले बताए।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले गर्न लागेको यस्ता प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिन बताए।

नकआउट शैलीमा हुने प्रतियोगिताको सेमिफाइनलसम्मका खेल च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ।

प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस