सार्वजनिक यातायातमा जिपिएस सिस्टम राख्ने तयारी
१४ फागुन २०७१
•
६ मिनेट पाठ
सार्वजनिक यातायातमा जिपिएस सिस्टम राख्ने तयारी
काठमाडौं— लगातारको सवारी दुर्घटनाले ल्याएको विपत्तिसँगै सरकारले सुरक्षित सवारी यात्राका लागि नयाँ व्यवस्था लागु गर्ने भएको छ। सडकमा गुडीरहेका सार्वजनिक बसको बास्तविक स्थान अवस्था, गती, रुट लगायतका कुराहरुको निगरानी गर्न प्रविधिको प्रयोग गर्दै ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) व्यवस्था लागु गर्न लागिएको हो।यातायात व्यवस्था विभागले आगामी महिनाबाट पहिलो चरणमा पाँचवटा सरकारी बसबाट नमुनाको रुपमा जिपिएस व्यवस्था शुरु गर्न लागेको छ। यस्का लागि विभागले आवश्यक पाँच सेट उपकरणहरु ल्याइसकेको छ । तर, ति उपकरण कुन कुन सरकारी बसमा राखेर नुमनाका रुपमा सेवा शुरु गर्ने भन्ने विषयमा भने छलफल गरीरहेको विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले बताए।




'सरकारी बसबाट नै सेवा शुरु गर्ने निश्चित भैसकेको छ,' उनले भने, 'तर कुन कुन निकायका बसमा राखेर सेवा शुरु गर्ने भन्ने विषयमा छलफल भैरहेको छ। केही दिनमा नै सेवा शुरु गर्ने बसको टुंगो लगाएर उपकरण जडान गरी सेवा शुरु हुने छ ।' उनले पहिला सरकारी बसमा केही समय नमुना प्रयोगपश्चातमात्र सार्वजनिक बसहरुमा यो व्यवस्था अनिवार्य गर्ने बताए।

महानिर्देशक बुर्लाकोटीका अनुसार गुडीरहेको बसको बास्तविक अवस्था पत्ता लगाउन शुरु गर्न लागिएको जिपिएस व्यवस्था दुर्घटना न्युनिकरण, बसको स्पिड नियन्त्रण र अपराध न्युनिकरणका लागि उपयोगी हुने छ । उनका अनुसार यो व्यवस्था लागु भएपछि देशभरमा कुन बस कहाँ र कुन रुटमा गुडिरहेको छ तथा बस रोकिराखेको छ वा गुडेको छ भने कति रफ्तारमा गुडिरहेको छ भन्ने जानकारी केन्द्रमा नै बसेर अनुगमन गर्न सकिन्छ।

विभागले भारतको गुजरातका सार्वजनिक सवारीमा लागु भएकै मोडलका आधारमा नेपालमा पनि नयाँ प्रविधि जीपीएस जडान भएका बसहरु सञ्चालनमा ल्याउने तयारी गरेको हो । सवारी दुर्घटना न्यूनीकरण गर्दैै सवारी सुरक्षाका लागि प्रयोग हुने उक्त सिस्टमका लागि बसहरुमा अनिवार्य रुपमा जिपिएस उपकरण जडान गर्नु पर्ने हुन्छ। बसमा जडान गरिने यस्ता उपकरण बढीमा १५ हजारसम्म पर्ने महानिर्देशक बुर्लाकोटी बताउँछन्।

बुर्लाकोटीका अनुसार बसमा जडान भएका जिपिएस उपकरणले सोझै भू–उपग्रह (स्याटेलाइट) मार्फत केन्द्रमा रहेको कन्ट्रोल रुममा सुचनाहरु पठाउने छ। यस्तो सुचनालाई कम्प्युटर मार्फत इन्टेरनेटमा समेत राख्न सकिने छ। 'कन्ट्रोल रुम र गाडीमा रहने जीपीएस डिभाइसको कनेक्सनबाट बसका वास्तविक अवस्थाको जानकारी लिन सकिने छ,' उनले भने, 'यसरी आएको सुचनाका आधारमा यदी बस रुट भन्दा बाहिर वा बढी रफ्तारमा गएको छ भने तुरुन्तै नजिकै रहेको प्रहरीको सहयोगमा कारबाही गर्न सकिने छ।'

चौबीसै घण्टा काम गर्ने उक्त सिस्टममा बसका लागि निश्चित गति समेत निर्धारण गर्न सकिने छ । यदी निर्धारीत गति भन्दा बढी गतिमा सवारी गुडाइएको पाइएमा सिस्टममले अटोमेटिक रुपमा केन्द्रदेखी बसमा नै घण्टी मार्फत जानकारी प्रदान समेत गर्ने महानिर्देशक बुर्लाकोटी बताउँछन् । 'निर्धारीत गतिभन्दा बढी भएलगत्तै तुरुन्तै सिस्टमले अलर्ट गरीहाल्ने छ,' उनले भने, 'उक्त अलर्टका आधारमा बसको गती कम गर्न लगाइनेछ । यदी चालकले गती कम नगरे तुरन्त कारबाहीमा पर्नेछ ।'

गुगल नक्सा र जिपिएस प्रविधिको सहयोगमा स्याटेलाइट मार्फत निगरानी हुने यो व्यवस्था अनुसार बसले निर्धारीत रुटभन्दा बाहिर गएर चलाएको समेत निगरानी गर्न मिल्ने छ । यस्का अलवा बस दुर्घटना भएमा कस्तो अवस्थामा थियो भन्ने जानकारी समेत पाउन सकिने छ । 'दुर्घटनाको अनुसन्धानका लागि पनि यो प्रणालीले सहयोग गर्नेछ,' बुर्लाकोटीले भने, 'रोकिराखेको बसमा अर्कोले आएर ठक्कर दिएको हो वा तिव्र गति तथा अन्य कारणले दुर्घटना भएको हो भन्ने अनुसन्धान गर्न यो उपयोगी हुने छ ।' उनका अनुसार पहिलो चरणमा यो प्रणालीको निगरानीका लागि विभाग, ट्राफिक प्रहरी, प्रहरी तथा अन्य सरोकारवाला निकायहरुले हेर्न मिल्ने गरी युजेर नेम र पासवर्ड बनाएर उपलब्ध गराइने छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस