काठमडौं- राजधानीको तीनकुनेमा नेपाल यातायातले ३ वटा मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
बा२ख ४८४१ नम्बरको पेप्सिकोला-कालिमाटी चल्ने नेपाल यातायातको बसले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको हो। गम्भीर घाइते हुनेमा बा५९प ५१६२ नम्बरका पल्सर बाइकचालक र बा५८प ३०९१ नम्बरको स्कुटरचालक रहेको ट्राफिक प्रहरीले जनाएको छ। अर्को बा५५प १३२१ नम्बरको इन्टाइसरचालक सामान्य घाइते छन्।
गम्भीर घाइते पल्सर बाइकचालकको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुईको सुविधानगरस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
तीनकुनेबाट बानेश्वरतर्फ आउनुपर्ने नेपाल यातायात एयपोर्टतर्फ गएर रेडलाइट क्रस गरी मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयले नेपाल यातायात तोडफोड गरेका छन्।