सुराकीलाई ट्राफिकले रिचार्ज कार्ड दिने
१८ फागुन २०७१
•
५ मिनेट पाठ
सुराकीलाई ट्राफिकले रिचार्ज कार्ड दिने
काठमाडौं- • 'सार्कपछि धेरै ठाँउमा डिभाइडर हटाइयो। विशेष गरी पुतलीसडक र थापाथलीमा जहाँ पायो त्यहीँबाट सवारी साधन दायाँबायाँ मोड्ने गरेको पाइन्छ। त्यसले गर्दा हामी नियम पालना गरेर हिँड्नेहरुलाई समस्या हुने गरेको छ। त्यस्तो जथाभाबी सवारी मोड्नेलाई कारबाही गर्नुपर्योि ट्राफिकले?' -रामकुमारी झाँक्री• 'बौद्ध चुच्चेपाटीमा आमा हेल्मो यातायातले सडकमै घँटौं पार्किङ गर्छ, कारबाही हुँदैन तर ट्याक्सी एकैछिन राख्दा/यात्रु चढाउँदा ओराल्दा पनि कारबाही हुन्छ, किन?' -योगनाथ ढकाल

• माइतीघर चोकमा जेब्रा क्रसिङमै रोकेर यात्रु चढाउने–ओराल्ने गरेको देखिन्छ, त्यस्तोलाई कारबाही भएको देखिँदैन नि? -ट्याक्सी चालक, गर्बुलाल लो, भक्तपुर

अनेरास्ववियुकी पूर्व अध्यक्ष रामुकमारी, बौद्धका ढकाल र ट्याक्सी चालक गर्बुलाले मात्र होइन, सडकमा देखिएका ट्राफिक समस्या, चालकको लापरबाही तथा नियमविपरीत भएका कामबारे आइतबार महानगरिय ट्राफिक प्रहरी महाशाखामा टेलिफोनमार्फत ९ वटा उजुरी आए। ती सबै उजुरीका विषयमा महाशाखाले ट्राफिक रेडियोमार्फत जवाफ पनि फर्कायो।

तर, अब महाशाखाले सडकमा देखिएका ट्राफिक नियमविपरीत भएका यस्ता कामको उजुरी सुन्ने र जवाफ दिने मात्र नभई नियम मिच्नेविरुद्ध सूचना दिनेलाई पुरस्कार दिने भएको छ। महाशाखाले ट्राफिक नियम मिचेर सवारी हाँक्ने जो कोहीविरुद्ध प्रमाणसहितको सूचना प्रदान गर्नेलाई पुरस्कार स्वरुप मोबाइलमा पैसा राख्ने रिचार्ज कार्ड प्रदान गर्न लागेको हो।

सडकमा बढेको मनपरी, चालकको लापरबाहीलाई कम गर्न र सडक अनुशासनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन रिचार्ज कार्ड दिने व्यवस्था गरिएको महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्दले जानकारी दिए। उनका अनुसार यसरी सूचना दिनेको सूचना प्रमाणित भएपछि पुरस्कारस्वरुप एक सय रुपैयाँको रिचार्ज कार्ड दिइनेछ।

'ट्राफिक प्रहरीको आँखा छलेर नियम उल्लंघन गर्नेलाई निरुत्साहित गर्न यस्तो नयाँ व्यवस्था ल्याएका हौं,' उनले भने, 'यो व्यवस्थाअनुसार नियम मिचेको सूचना प्रमाणित भएपछि नियम मिच्नेलाई गल्तीअनुसार कारबाही र सूचना दिनेलाई पुरस्कारस्वरुप सय रुपैयाँको मोबाइल फोन रिचार्ज कार्ड दिइनेछ।' उनका अनुसार सूचना दिनेले मोबाइलमा वा क्यामेराबाट फोटो खिचेर, रेकर्ड गरेर, एसएमएस गरेर, नजिकै रहेको ट्राफिक प्रहरीलाई खबर गरेर वा ट्राफिक प्रहरीको नम्बर तथा १०३ नम्बरमा फोन गरेरसमेत सूचना दिन सक्नेछन्।'

महाशाखाले गलत सूचना दिनेलाई कारबाहीसमेत गर्ने छ। 'सूचना दिने बहानामा ट्राफिकलाई दुःख दिनेलाई कारबाहीसमेत गर्नेछौं,' डिआइजी चन्दले भने। उनका अनुसार यो व्यवस्था अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दमकल, भिआइपी सवारीको हकमा भने लागु हुने छैन।

उनका अनुसार सडकमा जथाभाबी सवारी रोक्ने, फुटपाथमै सवारी पार्क गर्ने, जेब्राक्रसमा नरोक्ने, फुटपाथ तथा सडकमा निर्माण सामग्री राख्ने, दुर्घटना गराएर भाग्ने, आरक्षण सिट कार्यान्वयनमा नल्याउने, गलत दिशाबाट सवारी ओभरटेक गर्ने, ट्याक्सी मिटरमा ठगी गर्ने, ट्राफिक संकेत नमान्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने लगायत विषयमा उजुरी गर्न सक्नेछन्।

महाशाखाले पहिलो चरणमा पुरस्कारस्वरुप ल्याएको रिचार्ज कार्ड दिने व्यवस्थालाई बिस्तारै बढाउँदै जाने तयारी गरेको छ। गल्ती गर्ने चालकको दोषका आधारमा त्योभन्दा बढी थप पुरस्कार दिने कार्यक्रमसमेत ल्याउने तयारी भइरहेको डिआइजी चन्दले बताए। 'दुर्घटना गराएर भाग्ने हिट एन्ड रनको केस बढी छ। त्यसकारण यस्तो गल्ती गरेर भाग्नेविरुद्ध सूचना दिनेलाई थप पुरस्कार प्रदान गर्ने तयारी भइरहेको छ,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस