कपिलवस्तुमा छुट्टा छुट्टै २ स्थानबाट ७ नाल भरुवा बन्दुकसहित ३ जनालई पक्राउ गरेको छ। वाणगंगा नगरपालिका–९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए।
बाणगंगा नगरपालिका वडा नं. २ स्थित मनकामना सामुदायिक बनमा अर्घाखाची शितगंगा नगरपालिका वडा न.पा. १४ बस्ने बर्ष ५० को विर बहादुर सोमै मगर र वर्ष २८ को खिम बहादुर मगर समेतको साथबाट थान–२ एक नाले भरुवा बन्दुक (लोड गरिएको अवस्थामा) फेला पारिएको थियो पक्राउ परेकाहरुलाई हातहतियार मुद्दामा म्याद थप भई थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक कार्कीले बताए।
उता बुद्धभूमि नगरपालिका–४ बुड्ढीस्थित सडकमा नेपालगञ्जबाट बुटवलतर्फ जाँदै गरेको भे.१ ख २९५६ नम्बरको बसमा तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा बस पूर्णरूपमा जलेर क्षति भएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका छन्। ईलाका प्रहरी कार्यालय गोरुसिगे बाट खटिएको प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।