काठमाडौं-सरकारले तीनकुने–माइतीघर विस्तारित आठ लेन सडक खण्डमा पर्ने वाग्मती र धोबीखोलामा पुल बनाउने कामलाई प्राथमिकतामा नराखी अस्थायी डाइभर्सन निर्माणमा डेढ करोड रुपैयाँ खर्च गर्न लागेको छ।सडक विस्तार क्रममै पुल निर्माणको योजना बनाएर सडक र पुल सँगै बनाउनुपर्नेमा सरकारले अझै पुलको कामलाई बेवास्ता गर्दै विस्तारित सडकमा सवारी आवागमन सहज बनाउने बहानामा डेढ करोड खर्चेर ‘डाइभर्सन' (सर्भिस ट्र्याकका सवारीलाई हाल रहेको पुलबाट आउन नदिई अर्कै अस्थायी बाटोबाट जाने व्यवस्था) बनाउन लागेको हो।
उक्त सडक बनाउनुभन्दा निकै ढिला निर्माणको काम अगाडि बढाएको चीनको प्राविधिक टोलीले कोटेश्वर–कलंकी खण्डको सडकमा विस्तारित सडक निर्माणको काम अघि नबढ्दै पुल निर्माणको काम लगभग सकाइसकेको छ।
तर, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विस्तारसँगै आठ लेनको सडक निर्माण गरेको तीनकुने–माइतीघर खण्डमा पर्ने वाग्मती र धोबीखोलामा बनाउने भनिएको पुलको डिजाइन अहिलेसम्म तयार हुन सकेको छैन। विस्तारित सडक पूर्ण रुपमा बनिसकेको वर्षदिन बितिसक्दा आयोजना भने अझै डिजाइनको काम असारभित्र बनाइसक्ने भन्दै पुलको काममा आलटाल गर्दै आइरहेको छ।
आयोजना प्रमुख प्रभातकुमार झाले सडक निर्माणका क्रममा नै पुल निर्माणको काम अगाडि नबढाउँदा अहिले समस्या आएको बताए। ‘पहिला नै पुलको काम अगाडि बढाइएको भए समस्या आउने थिएन,' उनले भने, ‘तर अहिले ८ लेन सडकमा चार लेनको पुल हुँदा सवारी आवागमनमा समेत समस्या हुँदै आइरहेको छ।'
उनले आयोजनाले विस्तारित सडकको दुवै खोलामा सवारीलाई समस्या भएपछि डाइभर्सन बनाएर आवागमन सहज बनाउन लागिएको बताए। ‘डाइभर्सन निर्माणको मतलब पुल नबनाउने भन्ने होइन,' उनले भने, ‘हामीले पुल निर्माणको काम पनि सँगसँगै अगाडि बढाएका छौं। तर, पुल बनाउन समय लाग्ने देखिएपछि विकल्पका रुपमा डाइभर्सन बनाउन लागेका हौं।' उनले आयोजनाले पुल निर्माणको कामलाई समेत प्राथमिकतामा राखेको बताए।
आयोजनाकै अनुसार दुई दशमलव ६ किलोमिटर लामो उक्त सडक खण्डमा पर्ने दुवै खोलामा पुल बन्न अझै तीन वर्ष लाग्नेछ। पुल बन्ने समयसम्मका लागि फराक सडकका दायाँबायाँ दुवैतर्फ रहेको सर्भिस ट्र्याकका सवारी आवतजावत गर्न डाइभर्सन बनाउन लागिएको झाले बताए। उनका अनुसार डाइभर्सन निर्माणका लागि ठेक्का लागिसकेको छ।
आयोजनाले वाग्मती र धोबीखोलामा हाल पुल रहेको स्थानबाट माथि एकएक र तल पनि एकएक गरी चार वटा डाइभर्सन निर्माण गर्न लागेको हो। दुवै खोलामा निर्माण गरिने डाइभर्सन सिनामंगलमा विगतमा पुल भाँचिएपछि बनाइएको जस्तै हुने आयोजनाले जनाएको छ।
आयोजना प्रमुख झाका अनुसार डाइभर्सन निर्माण गर्दा खोलामा सिमेन्टका हिमपाइप बिछ्याइनेछ। हिमपाइपमाथि ग्राभेल गरेर सवारी आवतजावत गर्न मिल्ने बनाइनेछ। यसका साथै डाइभर्सनमा सवारी आवागमनलाई सहज बनाउन ससाना कंक्रिटसमेत राखिनेछ।
तर, यत्ति कामका लागि मात्र डेढ करोड रुपैयाँ भने खर्च नहुने आयोजनाकै कर्मचारी बताउँछन्। आयोजनाकै एक कर्मचारीका अनुसार चार वटा डाइभर्सनमा बढीमा ४० वटा हिमपाइप राखिनेछ र त्यसमाथि त्यहीँ भएको माटो राखेर सवारी आउजाउ गराइने भएकाले त्यत्रो खर्च गर्नुपर्ने आवश्यकता देखिँदैन।
आयोजनाले वाग्मतीमा बनाइने दुइटा डाइभर्सन निर्माणका लागि ८४ लाखको ठेक्का लगाइएको छ। धोबीखोलाका लागि भने ६६ लाखको ठेक्का लगाइएको छ। दुवै खोलामा बनाइने डाइभर्सन हालको सर्भिस ट्र्याकभन्दा केही माथि र तल हुनेछन्। ‘सर्भिस ट्र्याकको सिधा पुलको काम अगाडि बढाउनुपर्ने भएकाले केही तलमाथि डाइभर्सन निर्माण गर्नुपरेको हो,' झाले भने, ‘यस्तो हुँदा सर्भिस ट्र्याकका सवारीले केही घुम्नुपर्ने हुन्छ।' उनले हाल चार लेनको मात्र पुल रहेको स्थानमा सवारीले यु टर्न गरेर मोड्दासमेत सवारी आवागमनमा समस्या देखिएकाले सवारीलाई पुलमुनिबाट मोड्न मिल्ने गरी ट्र्याक निर्माणको काम गरिने बताए।
पुल निर्माणका लागि कम्तीमा तीन वर्ष लाग्ने भएपछि आयोजनाले ट्राफिक प्रहरीको अनुरोधमा डाइभर्सन निर्माण गर्न लागेको जनाएको छ। आयोजनाले उक्त खण्डको वाग्मतीमा पुल निर्माणको जिम्मा पप्पु कन्सट्रक्सनलाई दिएको छ। उक्त कन्सट्रक्सनसँग आयोजनाले ४२ महिनाभित्र पुल निर्माण सक्ने गरी पुसमा सम्झौता गरेको छ। यस्तै, धोबीखोलाको पुल निर्माणको जिम्मा जेई कन्सट्रक्सनलाई दिएको छ। उक्त कम्पनीले ३६ महिनामा काम सक्ने गरी पुसमै सम्झौता गरेको थियो।
दुवै कम्पनीले निर्माण गरिने पुलको डिजाइन चालु आर्थिक वर्षभित्र सक्ने जनाएका छन्। विस्तारित सडकमा ती दुई खोलामा हाल भएको पुलभन्दा माथि एकएक र तल पनि एकएक गरी चार वटा पुल निर्माण हुनेछ। आयोजनाका अनुसार वाग्मतीमा ८४ मिटर लामो र धोबीखोलामा ५२ मिटर लामो पुल निर्माण हुनेछ। चारवटै पुलको चौडाइ भने १२ मिटरको हुनेछ। चारवटै पुल दुईदुई लेनको हुने र फुटपाथसहित साइकल लेन पनि हुनेछ।