काठमाडौं-होली पर्वमा उपत्यकालाई दुर्घटनारहित बनाउन विशेष ट्राफिक सुरक्षा लागु गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले ७ सय ८ सवारी चालकलाई कारबाही गरेको छ। उपत्यकाका सबैजसो सवारी रुटलाई समेटेर ५३ स्थानमा ट्राफिक चेक प्वाइन्ट स्थापना गरेको महाशाखाले साँझ ७ बजेसम्म ती सवारी चालकलाई कारबाही गरेको हो।महाशाखाका डिएसपी राजेन्द्र पोखरेलका अनुसार सामान्य पाँचबाहेक उपत्यकामा ठूला दुर्घटना भएको छैन। उनले उपत्यकाका सबै चेकिङ प्वाइन्टमा सवारी चेकिङ कडाइसाथ लागु भइरहेको बताए। कारबाहीमा पर्नेमा ५१ जना मापसेमा, ३८ तीव्र गतिमा, ३ सय ४७ कागजपत्र नबोकेका र बाँकी हेलमेट नलाएको, मोटरसाइलकमा तीन जना बोक्ने, जिकज्याक गरी चलाउने छन्।
महाशाखाले कारबाहीमा परेका सबैको सवारी साधन नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सवारी साधनमध्ये कागजपत्र नबोक्नेको सवारी राति ७ बजेपछि आवश्यक कागजपत्र ल्याएपछि फिर्ता गरिएको थियो। अन्यलाई भने एक हजार रुपैयाँ जरिवाना लिइएको र शुक्रबार महाशाखा कार्यालयमा सचेतना कक्षा लिएपछि मात्र सवारी फिर्ता दिइनेछ।
महाशाखाले होली सुरक्षाका लागि उपत्यकालाई विभिन्न चारवटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा डिएसपीको नेतृत्वमा विशेष सुरक्षा टोली परिचालन गरेको थियो। होलीको समयमा मापसे गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, हेलमेट नलगाई दुईपांग्रे सवारी चलाउने, ओभरलोड वा मोटरसाइकल लगायत २ जनाभन्दा बढी मानिस राखी सवारी चलाउने, ठूलो हर्न र ठूलो आवाजमा चलाउने, जिकज्याक गरी चलाउने, मोटरसाइकल मोडिफाई गरी चलाउने र अन्य गम्भीर खालका लापरबाही गर्नेलाई विशेष निगरानी गरी कारबाही गरिएको छ।
पोखरेलका अनुसार सबै चेकपोस्टमा गरी ५ सय ५० भन्दा बढी ट्राफिक प्रहरी खटिएका थिए। उनले प्रत्येक चेक पोइन्टमा ट्राफिक प्रहरी अधिकृतको कमान्डमा कम्तीमा ५ जना ट्राफिक प्रहरी खटिएको बताए। यसबाहेक ७ वटा मोबाइल गाडीले समेत निरन्तर रुपमा चेक पोइन्टलाई सपोर्ट गर्नुका साथै उपत्यकाभर मोबाइल गस्ती गरिएको छ।