विप्लव नेतृत्वको नेकपा लगायत सात दलिय मोर्चाले आयोजना गरेको नेपाल बन्दका कारण रोल्पा जिल्लाका साना ठुला सबै बजारहरु सुनसान बनेका छन्। जिल्ला बाहिर र भित्र चल्ने कुनै सवारी साधन चलेका छैनन् भने शिक्षण सस्था पनि ठप्प छन्।
एमसिसीको बिरोध स्वरुप गरिएको बन्दले जनजीवन प्रभावित बनेको हो। बन्दका कारण बैङ्किङ क्षेत्र पनि बन्द गरिएका छन्। बल्ल बल्ल खुलेका बिद्यालयमा पठनपाठन बन्द भए पछि विद्यार्थीहरु रुस्ट बनेका छन्।
विकल्प नखोजेर गरिने पटक पटकका नेपाल बन्दले आम नागरिकले कष्ट भोग्नु परेको तर्फ कहिल्यै कसैले ध्यान दिने गरेको पाईँदैन। यसैबीच बन्दका कारण बुधवार जिल्ला अस्पताल रोल्पामा आयोजना गरिएको स्वास्थ्य शिविर प्रभावित भएको अस्पतालले बताएको छ।
विप्लव नेतृत्वको नेकपा लगायत विभिन्न दलले घोषणा गरेको नेपाल बन्दको प्रभाव मंगलबार रोल्पाको जनजीवन प्रभावित बनेको छ। सदरमुकाम लिवाङ बजार लगायत जिल्लाका सुलिचौर, घर्तीगाउँ, होलेरी लगायतका सबै बजार बन्द छन्।
विद्यालय लगायतका शैक्षिक संस्थाहरु बिहानै देखि खुलेका छैनन्। जिल्ला बाहिर र भित्र चल्ने सवारी साधन चल्न सकेका छैनन्। बन्द सफल गराउन भन्दै विप्लवका कार्यकर्ताहरु बिहानै देखि चोकहरुमा बसिरहेका छन्।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सदरमुकाम लिवाङमा बन्द सफल गराउन भन्दै ¥याली समेत निकालेका थिए। पटक पटकका बन्दले जनजीवन प्रभावित भएको भन्दै स्थानीयहरुले गुनासो गर्ने गर्नेछन्।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...