तेजाब हमलामा प्रहरी अनुसन्धान 'शून्य'
२९ फागुन २०७१
•
६ मिनेट पाठ
तेजाब हमलामा प्रहरी अनुसन्धान 'शून्य'
काठमाडौं-राजधानीको वसन्तपुरस्थित ट्युसन सेन्टरमा तीन छात्रामाथि तेजाब हमला भएको २० दिनपछि महानगरीय प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्यो । ले घटनाका विषयमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गर्योल। प्रहरीले नै पत्रकार सम्मेलनको आयोजना गरेपछि सबैले एउटै लख काटे 'एसिड आक्रमणकारी पक्राउ परे' भन्ने।




तर, जब रानीपोखरीस्थित महानगरिय प्रहरी कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले २ बजेको पत्रकार सम्मेलनमा आक्रमणकारीको पक्राउ मात्र नभई पहिचानसमेत हुन नसकेको जानकारी दिएपछि सबै सञ्चारकर्मी छक्क परे। ठूलै तामझामका साथ आयोजित पत्रकार सम्मेलनमा एआइजी शर्माले आक्रमणकारी पहिचानको विषयमा प्रगति शुन्य अवस्थाका बारेमा जानकारी गराएपछि सञ्चारकर्मीले तुरुन्तै जिज्ञासा राखिहाले 'प्रगति नै नभएको भए घटनाको २० औँ दिनमा यत्रो तामझामकासाथ किन पत्रकार सम्मेलन गरीयो त?'

एआईजी शर्माले भने, 'घटना भएको यति लामो समयसम्म प्रहरीले केही काम गरेन भन्ने गलत सन्देश बाहिर गएकाले यस बिचमा प्रहरीले अनुसन्धानका क्रममा गरिरहेको कामको जानकारी गराउन।' उनले यस बिचमा प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र अनुसन्धानका क्रममा झण्डै ५ सय भन्दा बढीसँग सोधपुछ तथा बयान लिने काम भैसकेको जानकारी दिए।

उनका अनुसार घटनामा घाइते भएका तीनै जनाका तर्फबाट आक्रमणकारीको सहि हुलीया आउन नसक्दा आक्रमणकारीको पहिचान हुन नसकेको हो। 'मानविय तथा प्राविधिको भरपुर उपयोग गरेर अनुसन्धान भैरहे पनि आक्रमणकारीको सही हुलीया पाउन नसक्दा प्रगती शुन्यजस्तो देखिएको हो,' उनले भने, 'घटनामा घाइते भएका तीन जनाले तीनथरीको हुलिया दिए पनि हामीले अनुसन्धानलाई धेरै कोणबाट अगाडी बढाइरहेका छौँ।'

एसएलसी परीक्षाको तयारी गरिरहेका संगीता पुलामी मगर, सीमा बस्नेत र हेमु मुखर्जीलाई फागुन १० गते आइतबार बिहान साढे ६ बजे ट्युसन सेन्टरको कक्षाकोठामै छिरेर तेजाब छ्यापिएको थियो। तीन छात्रामध्ये गम्भीर घाइते भएकी संगीताको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ भने सीमा वीर अस्पतालमा उपचाररत छिन्। अर्की घाइते हेमु भने सामान्य रहेकाले उनी घरमा नै छिन्।

शर्माका अनुसार घाइतेमध्ये संगिताले आक्रमणकारीले क्याप लगाएको, सिमाले मंगोलियन नाक र हेमुले रातो हुड लगाएको हुलिया बताएका छन्। 'एकै कोठामा भएका उनीहरुबाट नै एकैखालको हुलिया नआउँदा अनुसन्धानमा केही समस्या आइरहेको छ,' उनले भने।

हनुमानढोका प्रहरी कार्यालयबाट तीन सय मिटरभन्दा कम दुरीमा भएको हमलाको २० दिनसम्ममा पनि प्रहरीले घाइतेहरुले दिएको हुलियाका आधारमा सम्भावित आक्रमणकारीको स्केच बाहेक अरु प्रगति गर्न सकेका छैनन्। ती आक्रमणकारी को हुन् र आक्रमणको उद्देश्य के हो भन्ने अझै अन्यौलमा नै रहेको छ।

शर्माले २० दिनको यो अवधिमा प्रहरीले एसिड बिक्रि गर्ने ५ वटा होलसेलर, तिनका ९९ सय वटा ग्राहक, टियुसन सेन्टरका ४ शिक्षक, १५ विद्यार्थी, उक्त ट्युसन सेन्टर अगाडीको अर्को सेन्टरका ६ जना विद्यार्थी, तीन वटा विद्यालयका शिक्षकहरु, प्रधानाध्यापक गरी एक सय ४७ जनासँग सोधपुछ गरिएको बताए। यस्तै अनुसन्धानकै क्रममा प्रहरीले घाइते परिवार र तिनका सात घर छिमेकीका एकसय २२ सदस्यहरु ल्गायत केही स्थानीयहरुसहित गरी कुल ५ सय भन्दा बढीसँग सोधपुछ र बयान लिएको जानकारी दिए।

सोधपुछ र बयान लिने काम बाहेक प्रहरीले यो बिचमा घटनाको समयमा उक्त क्षेत्रमा बिटिएस प्रविधिको सहयोगमा एक सय ३ वटा मोवाइल फोनको रकर्ड अनुसनधान गर्ने तथा कल डिटेलहरु लिने काम समेत गरेको छ। यस्का साथै महेन्द्र सालिक र झोछेमा रहेको सिसिटिभ फुटेजलाई अध्ययन गर्ने काम समेत भएको शर्माले जानकारी दिए।

शर्माका अनुसार आक्रमणको समयमा तेजाब प्रहार गर्दा आक्रमणकारीको हातमा समेत परेको हुन सक्ने आशंकमा प्रहरीले यो बिचमा उपत्यकाका विभिन्न ८३ वटा अस्पताल तथा स्वास्थ्य संस्थामा समेत बुझ्ने काम गरेको छ। 'आक्रमणका क्रममा उसको आतमा परेको रहेछ भने उपचारका लागि अस्पतालमा जानसक्छ भनेर अस्पतालहरुमा अनुसन्धान गरेका हौँ,' उनले भने, 'तर त्यसबाट पनि आक्रमणकारी भने पत्ता लगाउन सकिएन।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस