'मापसे' कस्दै सरकार, ५० हजारसम्म जरिवाना
०१ चैत्र २०७१
•
७ मिनेट पाठ
'मापसे' कस्दै सरकार, ५० हजारसम्म जरिवाना
काठमाडौं- सरकारले मादक पदार्थ सेवन (मापसे) तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउने चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद तथा चालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ।यातायात व्यवस्था विभागले सवारी तथा यतायात व्यवस्था ऐन २०४९ को दफा १ सय ४२ मा उल्लिखित मापसेसम्बन्धी व्यवस्था संशोधन गरी कडा प्रावधान ल्याउन लागेको हो। विभागले यातायात सचिव तुलसी सिटौला संयोजकत्वको दुर्घटना न्यूनीकरण समितिको सिफारिसका आधारमा ऐन संशोधन प्रस्ताव तयार पारेको हो।

हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ जरिवाना, लाइसेन्स प्वाल पार्ने र चेतनामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ। यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी नआएपछि चालकलाई कस्न सजायको दयरा बढाउन लागिएको हो। ट्राफिक प्रहरीले मापसेलाई सवारी दुर्घटनाको प्रमुख कारण मानेको छ।

ऐन संशोधन मस्यौदाले सार्वजनिक तथा निजी यातायातलाई दुई भागमा बाँडेर सजायको दायरा बढाएको छ। सार्वजनिक यातायातका हकमा मापसे गर्ने चालकलाई पहिलोपटक १० हजार जरिवाना र ६ महिना लाइसेन्स निलम्बन गरिनेछ। दोस्रोपटकमा ५० हजार जरिवाना र १ वर्ष लाइसेन्स निलम्बन गरिनेछ। तीनपटकभन्दा बढी कारबाही भए आजीवन लाइसेन्स खारेज वा सार्वजनिक यातायात चलाउन अयोग्य ठहर गर्ने प्रस्तावमा छलफल भइरहेको स्रोतले बतायो।

निजी सवारीका हकमा पहिलोपटक ५ हजार जरिवाना र ३ महिना लाइसेन्स निलम्बन तथा दोस्रोपटक २५ हजार जरिवाना र ६ महिना लाइसेन्स निलम्बन गरिनेछ। तेस्रोचोटिका लागि छलफल हुँदैछ।

सार्वजनिक तथा निजी दुवैका हकमा ठाउँको ठाउँ जरिवाना तिराइनेछ। लाइसेन्स पनि तत्कालै निलम्बन गरिनेछ। कसैले जरिवाना तिर्न सकेनन् भने अनिवार्य कैद बस्नुपर्नेछ। 'मापसेमा समातिने व्यक्ति कम्तीमा एक रात भए पनि कैद बस्नुपरोस् भन्ने उद्देश्यले यस्तो प्रावधान राखिएको हो,' विभाग स्रोतले भन्यो।

स्रोतका अनुसार मापसे गरी सवारी चलाउँदा दुर्घटना भए सजाय अझ बढी हुनेछ। यसलाई 'जानीजानी गराइएको दुर्घटना' का रूपमा परिभाषित गरिनेछ, जसअनुसार मापसे गर्ने चालकलाई ज्यान मुद्दा लाग्नेछ। प्रहरी ऐनको दफा १६१ को उपदफा १ अनुसार 'जानीजानी दुर्घटना गराउनेलाई सर्वश्वसहित आजीवन कारावास सजाय हुने' व्यवस्था छ।

लगातार दुर्घटनापछि सरकारले भौतिक पूर्वाधार तथा यातायात सचिव सिटौलाको संयोजकत्वमा मंसिर २५ गते उच्चस्तरीय समिति बनाएको थियो। समितिले डेढ महिना लगाएर तयार पारेको प्रतिवेदनले मापसे गरी सवारी चलाउनेलाई निरुत्साहित गर्न कानुन कडा बनाउनुपर्ने सुझाव दिएको थियो।

विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले समितिको सुझावकै आधारमा मापसेसम्बन्धी प्रावधान संशोधन गर्न लागेको जानकारी दिए। 'अहिलेको कानुनमा सजाय कम हुँदा चालकले डर नमानी मनपरी गरेको पाइयो,' उनले आइतबार नागरिकसँग भने, 'सजाय नै फितलो हुँदा मानिसमा कुनै डर रहेन। यो संशोधन प्रस्ताव कार्यान्वयनमा आएपछि कम्तीमा जरिवानाको डरले पनि मापसे गरी सवारी चलाउनेहरू हच्किनेछन्।'

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्दले संशोधन प्रस्ताव कार्यान्वयनमा आए मापसे सेवन गरी सवारी चलाउने प्रवृत्ति 'लगभग बन्द हुने' आशा व्यक्त गरे। 'अहिलेसम्म चालकले कमजोर कानुनको फाइदा उठाएका हुन्,' उनले भने, 'धेरै सजाय हुने भएपछि मान्छे कानुनदेखि डराउँछन्।'

ट्राफिक प्रहरीले २०६८ पुसबाट मापसे गरी सवारी चलाउनेलाई कारबाही गर्न थालेको हो। सुरुमा हजार रुपैयाँ जरिवाना र चेतनामूलक कक्षा मात्र लिने व्यवस्था थियो। यसले मापसे गरी सवारी चलाउनेको संख्यामा कमी नआएपछि सरकारले २०६९ मंसिर २२ बाट लाइसेन्समा प्वाल पार्ने व्यवस्था सुरु गर्योन। तर, पाँचपटक प्वाल पारेको लाइसेन्स ६ महिनापछि फेरि अर्को बनाउन पाइने भएपछि मापसेको क्रम फेरि बढ्यो।

'सामान्य सजायले चालक सुध्रने छाँट देखिएन, त्यही भएर कडा सजायको प्रावधान ल्याउनुपरेको हो,' महानिर्देशक बुर्लाकोटीले भने।

ट्राफिक महाशाखाका अनुसार मापसे कारबाही सुरु भएयता तीन वर्ष अवधिमा उपत्यकामा १ लाख ७२ हजार ५ सय ५७ चालक कारबाहीमा परेका छन्। तीमध्ये ९३ हजार ७ सय २१ जनाको लाइसेन्समा प्वाल पारिएको छ। १ सय ३५ जनाको लाइसेन्समा ६ वटा प्वाल परेकाले निलम्बन गरिएको छ।

यो आर्थिक वर्ष मात्र २६ हजार ७५ जना चालक मापसे कारबाहीमा परेको महाशाखाले जनाएको छ। मापसेमार्फत महाशाखाले हालसम्म १५ करोड ९३ लाख ८९ हजार रुपैयाँ जरिवाना उठाइसकेको छ। चालु आर्थिक वर्ष २ करोड ५७ लाख ९७ हजार जरिवाना उठाएको छ। मापसेमा हालसम्म ५ सय ५० जनालाई मुद्दा चलाइएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस