रौतहट–टयाक्टरको ठक्करबाट रौतहटमा एक दलित महिलाको ज्यान गएको छ। स्थानीय मौलापुर बजार नजिक बुधबार दिउसो ना३त १९१७ नम्बरको तीव्र गतिमा गुडिरहेको ट्याक्टरले बाटो काटने क्रममा ठक्करदिँदा सन्ततपुर दोस्तिया गाविस– ३ की ४५ वर्षीया तेतरी देवी रामको घटनास्थल मै मृत्यु भएको हो।
मौलापुर बजारवाट दैनिक घर खर्चका सामान किनमेल गरेर फक्रिने क्रममा एक्कासी विपरित दिशावाट तीब्र गतिमा आएको ट्याक्टरले ठक्कर दिँदा महिलाको ज्यान गएको थियो। मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। ट्याक्टर चालक फरार छन भने ट्याक्टरलाई नियन्त्रणमा लिइएको तथा फरार चालकको खोजी भइरहेको प्रहरी उपरिक्षक सानुवावु थपलियाले जानकारी दिए।