विराटनगर-मोरङ, सुनसरी र सप्तरीमा भएका छुट्टा-छुट्टै सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार तीन दुर्घटनामा परी दुईजना घाइते भएका छन्।मोरङको कटहरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्। को १ त ८२५५ नम्बरको ट्याक्टरले ठक्कर दिंदा को २१ प १५९ नम्बरको मोटरसाइकल पछाडी सवार मोरङ भातिगछ–२ बस्ने बर्ष ६० की चन्द्राबती राजबंशीको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंगलबार राती मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक गम्भीर घाइते भएकाले प्रतिष्ठानमै उपचार भइरहेको छ।
उता, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भाण्टाबारीमा बसको ठक्करबाट स्थानीय एक बालकको मृत्यु भएको छ। ना३ख ५४५६ नम्बरको बसले ब्याक गर्नेक्रममा हरिपुर–७ का १२ वर्षीय विजय खत्वेलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो। हरीपुर–९ स्थित भाण्टाबारी चौकमा पूर्वतर्फबाट आएको उक्त बसले ब्याक गर्ने क्रममा पछाडि उभिएको बालकलाई ठक्कर दिएको थियो। बालकको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीका अनुसार बस तथा चालकलाई नियन्त्रणमा लिइएको छ।
उता सप्तरीको हनुमानगर–राजविराज सडक खण्डमा कल्भर्टमा मोटरसाइकल ठोक्किंदा एक जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
राजबिराजतर्फ जादै गरेको स १प ८४१० नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा बमनगामाकट्टी–९ मा कल्भर्टसंग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलका चालक सप्तरी बरमझिया–३ बस्ने बर्ष २५ को मोहमद रजिनको उपचारको क्रममा राजविराज अन्चल अस्पतालमा मृत्यु भएको थियो।
मोटरसाइकल पछाडी सवार रहेका हनुमाननगर–३ बस्ने बर्ष २२ को मोहमद इरसाद गम्भीर घाइते भएका छन्। घाइतेको सगरमाथा अन्चल अस्पतालमा उपचार भइरहेको छ।