सेतो नम्बर प्लेटका गाडी पनि निगरानीमा
१० चैत्र २०७१
•
५ मिनेट पाठ
सेतो नम्बर प्लेटका गाडी पनि निगरानीमा
काठमाडौं-सडकमा निजी र सार्वजनिक नम्बर प्लेटका सवारी ट्राफिक प्रहरीको चेकिङमा सँधैजसो पर्छन। तर सेता नम्बर प्लेटको सरकारी गाडी भने निर्वाध रुपमा बिना चेकिङ हुँकिरहेका हुन्छन्।
तर, आगामी वैशाख १ गतेदेखी भने निजी र सार्वजनिक सवारीझैँ सरकारी सवारीसाधनहरु पनि ट्राफिक प्रहरीको चेकिङमा पर्ने भएका छन्। बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न र सरकारी गाडीको दुरुपयोग रोक्न सरकारले सरकारी गाडीको पनि चेकिङ शुरु गर्न लागेको हो।सरकारी नम्बरप्लेटका सवारी देखेपछि ट्राफिकले पनि चेकिङ नगर्दा सरकारी कार्यालयका सवारी कर्मचारीहरुले निजी प्रयोगमा बढी गरिरहेको पाइएपछि यातायात व्यवस्था विभागले वैशाखबाट ट्राफिक प्रहरीलाई अख्तियारी दिँदै सरकारी गाडीको पनि चेकिङ शुरु गर्न लागेको हो।
हालसम्म सडकमा ट्राफिकले सरकारी गाडीमा मापसे चेकिङ र बिदाको दिनको सवारी पास बाहेक अन्य चेक गर्दैन। जसका कारण सरकारी नम्बर प्लेटका सवारी साधन धेरैजसो कर्मचारीका आफन्त वा छोराछोरीले समेत घरायसी काममा प्रयोग गर्दै आइरहेको छन्। विशेषगरी मोटरसाइकलको दुरुपयोग अत्याधिक रहेको ट्राफिक प्रहरीले नै बताउँदै आइरहेका छन्।
सरकारी गाडीमा भैरहेका यस्ता दुरुपयोग रोक्न मुख्य सचिव लिलामणी पौडेलले नै विभागमा सोमबार पत्र पठाएका छन्। विभागले मुख्य सचिव पौडलेको पत्रका आधारमा सरकारी गाडी चेकिङलाई वैशाखबाट तिव्र रुपमा अगाडी बढाउन लागेको हो। विभागले आफैँ सरकारी गाडीको छड्के चेकिङ गर्नुका साथै ट्राफिकले हरेक दिन सडकमा सवारी रोकेर चेक गर्न सक्ने व्यवस्था लागु गर्न लागेको हो।
मुख्य सचिव पौडेलले माघ ५ गते बसेको सचिवस्तरीय वैठकमा भएको निर्णय कार्यान्वयन गर्न सोमबार विभागमा पत्र पठाएका हुन्। पत्रमा हरेक सरकारी गाडीको चैत मसान्त भित्रमा तेस्रो पक्ष बिमा गरिसक्नु पर्ने र उक्त कुराको अनुगमन गरी नगर्नेलाई कारवाही गरिने उल्लेख छ।
विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले मुख्य सचिवको पत्रका आधारमा र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४६ र ४७ अनुसार सरकारी गाडीको अनिवार्य चेकिङ गर्न लागिएको बताए। उनका अनुसार सरकारी गाडीको चेकिङका क्रममा चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबकु, चालकको सम्बनिधत कार्यालयको परिचयपत्र र तेस्रो पक्ष बिमाको प्रतिलिपि हेरीने छ।
‘केही कार्यालयका सवारी साधनहरु कार्यालयका काममा भन्दा निजी काममा प्रयोग भैरहेका भन्ने गुनासो आइरहेको छ,' उनले भने, ‘त्यसकारण अब सडकमा चेकिङका क्रममा सवारीको कागजपत्रसहित सम्बिन्धत कार्यालयको चालक हो वा होइन भन्ने परिचयपत्र समेत हेरिनेछ।' उनले यो नियम लागू भएपछि कार्यालयका सवारी घरमा लगेर छोराछोरी वा आफन्तलाई चलाउन दिने अवस्थाको धेरै हदसम्म अन्त्य हुने बताए।
महानिर्देशक बुर्लाकोटीले सबै सरकारी कार्यालयका सवारीको तेस्रो पक्ष बिमा अनिवार्य रुपमा चैत भित्र गरिसक्न कार्यालयहरुमा पत्र पठाउने काम अगाडी बढेको समेत जानकारी दिए। ‘सवारीको दुरुपयोग सहित सरकारी गाडीबाट हुने दुर्घटना न्युनिकरणका लागि समेत यो नियम निकै प्रभावकारी हुने छ', उनले मंगलबार नागरिकसँग भने।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी जयबहादुर चन्दले सरकारी गाडीका सबै कुराहरु चेकीङको पुर्ण अधिकार पाएर कार्य अगाडी बढ्ने हो भने धेरै हदसम्म सरकारी गाडीमा भैरहेको दुरुपयोग कम हुने बताए। ‘सबै कार्यालयमा समस्या त छैन। तर केही कार्यालयहरुमा भने सवारीको विभिन्न बहानामा दुरुपयोग भएको गुनासो आइरहेको छ,' उनले भने, ‘अहिलेसम्म हामीले अधिकार नपाएर चेकिङ गर्न र कारवाही अगाडी बढाउन सकेका थिएनौँ।'


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस