सर्लाहीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १४ की ५५ वर्षीया मुसङमाया तामाङ रहेको प्रहरीले जनाएको छ।
भीरबाट लडेर गम्भीर घाइते भएकी तामाङलाई उपचारको लागि ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो। महिलाको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखेर घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराएका छन्।