ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु
०५ साउन २०८३
•
१ मिनेट पाठ
ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु
ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विद्यालाल कुमार शाहका अनुसार सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुकी ५० वर्षीय सीता बर्देवाको भीरबाट लडेर मृत्यु भएको हो।




साब्लाखुस्थित चुहानडाँडा भीरबाट लडेकी बर्देवा भीरको पुछार क्षेत्र ढाँडवारीमा मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले उनी एक किराना पसलबाट सामान किनेर फर्कने क्रममा भीरबाट लडेको हुनसक्ने अनुमान गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी ताप्लेजुङ जिल्ला अस्पतालमा पोस्टमार्टम पश्चात् आफन्तलाई बुझाइएको छ।

यस्तै, कार्यालय समय बिदा भएपछि घर जान भनी हिँडेका फुङलिङस्थित ग्रामीण लघु वित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी सिद्धार्थ अधिकारी सम्पर्कविहीन भएका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी शाहका अनुसार झापाको भद्रपुर नगरपालिका वडा नं ८ बस्ने २३ वर्षीय सिद्धार्थ अधिकारी सम्पर्कविहीन भएका हुन्।

उनी सम्पर्कविहीन भएको र खोज तलासका लागि प्रहरीकहाँ निवेदन दर्ता भएको समेत शाहले जानकारी दिए। ‘हामीले उहाँको घरमा समेत सम्पर्क गरेका छौँ, परिवारजनले अहिलेसम्म घर नआइपुगेको जानकारी दिनुभएको छ,’ शाहले भने।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालय बिदा भएपछि घरतर्फ हिँडेका अधिकारी सोमबार कार्यालय सुरु हुँदा उपस्थित भइसक्नुपर्ने थियो।

मंगलबार अपराह्नसम्म पनि अधिकारी सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। अधिकारीको फोन मंगलबार अपराह्नसम्म स्विचअफ रहेको समेत प्रहरीले जानकारी दिएको छ।
अर्को समाचार
ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु, वित्तीय संस्थाका कर्मचारी बेपत्ता
०५ साउन २०८३
•
१ मिनेट पाठ
ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु, वित्तीय संस्थाका कर्मचारी बेपत्ता
ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ भने घर जाने क्रममा हिँडेका एक वित्तीय संस्थाका कर्मचारी सम्पर्कविहिन भएका छन्।  




जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट लडेर मृत्यु भएको हो। स्थानीय चुहानडाँडा भीरबाट लडेकी बर्देवा सोही भीरको पुछार क्षेत्र ढाँडवारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

स्थानीयका अनुसार उनी किराना पसलबाट सामान खरिद गरी घर फर्कने क्रममा भीरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाएको जनाएको छ।

यसैबीच, फुङलिङस्थित ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी २३ वर्षीय सिद्धार्थ अधिकारी सम्पर्कविहिन भएका छन्।

झापाको भद्रपुर नगरपालिका–८ निवासी अधिकारी कार्यालय बिदापछि घर जाने क्रममा हिँडेका थिए। तर उनी घर नपुगेपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिध्यालाल कुमार शाहका अनुसार अधिकारीको खोजी सुरु गरिएको भए पनि अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। प्रहरीले परिवारसँग समेत सम्पर्क गरी अवस्थाबारे जानकारी लिएको जनाएको छ।

प्रहरीका अनुसार शुक्रवार कार्यालय बिदापछि घरतर्फ लागेका अधिकारी सोमबार कार्यालय खुल्दा पनि उपस्थित भएका थिएनन्। मंगलबार अपराह्नसम्म पनि उनी सम्पर्कमा नआएको र उनको मोबाइल फोनसमेत बन्द रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अधिकारीको खोजी कार्य जारी राखेको जनाएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस