दमक—झापाको दमकमा आज बिहान मालवाहक ट्रकको ठक्करबाट स्थानीय एक साइकलयात्रीको घटनास्थलमा नै मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक–१५ स्थित चियादोकान चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२४५ नम्बरको मालवाहक ट्रकको ठक्करबाट दमक–९ का ५० वर्षीय शैलेश खनालको घटनास्थलमा नै मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । यसैबीच, क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै मृतकका आफन्त र छिमेकीले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । रासस