नेताका अस्पताललाई आधा अर्ब अनुदान
२० चैत्र २०७१
•
८ मिनेट पाठ
नेताका अस्पताललाई आधा अर्ब अनुदान
काठमाडौं-विभिन्न दलका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका चर्चित व्यक्तित्वका नाम जोडेर चलाएका अस्पतालले पहुँच र दबाबकै भरमा राज्यबाट करोडौं अनुदान लिने गरेको खुलेको छ।
स्वास्थ्य मन्त्रालयले बाँड्ने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनुगमनसमेत हुँदैन। प्रस्ट नीतिबिनै बाँडिने रकम चरम दुरूपयोग हुने गरेको छ।कांग्रेस नेता बिपी कोइराला, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, कम्युनिस्ट पार्टी संस्थापक पुष्पलाल र कम्युनिस्ट नेता मनमोहन अधिकारीका नाममा खुलेका अस्पतालसमेत यसरी रकम कुम्ल्याउनेमा पर्छन्। रकम पाउने अधिकांश निजी तथा सामुदायिक अस्पतालले सेवाशुल्कका नाममा बिरामीसँग पनि चर्को शुल्क असुल्दै आएका छन्।
स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख गुणराज लोहनीले सामुदायिक अस्पताललाई प्रदान गरिने अनुदान वितरणसम्बन्धी स्पष्ट नीति नहुँदा राजनीतिक पहुँचवालाले धेरैजसो रकम लैजाने गरेको बताए।
‘अनुदानका नाममा धेरै ठूलो रकम लैजानेमा नेताकै नाममा खुलेका अस्पताल छन्,' लोहनीले नागरिकसँग भने, ‘अन्यले पनि राजनीतिक पहुँचकै आधारमा रकम पाउने हुन्।'
उनका अनुसार चालु आर्थिक वर्षमा मात्र ३५ भन्दा बढी सामुदायिक तथा निजी अस्पतालले मन्त्रालयबाट ५३ करोड १३ लाख रुपैयाँ अनुदान बुझेका छन्।
यस आर्थिक वर्ष सबैभन्दा बढी मनमोहन सामुदायिक अस्पताल, ठमेलले ५ करोड लगेको छ भने कम पाउनेमा अपांग बाल अस्पताल छ। यसले १० लाख रुपैयाँ पाएको छ।
हरेक वर्ष ४ देखि ५ करोड रुपैयाँ अनुदान लैजाने मनमोहनमा एमालेनिकट नेता–कार्यकर्ता सञ्चालक छन्।
डेढ वर्षअघिबाट मात्र सञ्चालनमा आएको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले पनि पहुँचकै भरमा यस वर्ष ५ करोड अनुदान लगेको छ। भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधि संरक्षक रहेको यो अस्पतालमा कांग्रेस नेता तथा कार्यकर्ता सञ्चालक छन्।
एमाले नेताकै नाममा सञ्चालित पुष्पलाल अस्पताल, कांग्रेसनिकटले सञ्चालन गरेको बिपी स्मृति अस्पताल, सुष्मा कोइराला मेमोरियल ट्रस्ट अस्पताल, जिपी कोइराला श्वासप्रश्वास केन्द्र, बिपी नेत्र अध्ययन प्रतिष्ठान, मनोहरा तथा एमाओवादी निकटले सञ्चालन गरेको सहिद स्मृति अस्पतालले समेत करोडौं रकम पहुँच र दबाबकै भरमा लैजान सफल छन्।
चालु आर्थिक वर्È पुष्पलाल अस्पतालले ४ करोड, बिपी स्मृति अस्पतालले २ करोड, सुष्मा कोइराला मेमोरियल ट्रस्ट अस्पतालले १ करोड र सहिद स्मृति अस्पतालले १ करोड रुपैयाँ लगेको मन्त्रालयको तथ्यांक छ। बिपी नेत्र अध्ययन प्रतिष्ठान, मनोहराले गत वर्ष ४ करोड रुपैयाँ लगेको थियो।
मन्त्रालयले गरिब जनतालाई सर्वसुलभ एवं निःशुल्क दरमा उच्चस्तरीय सेवा प्रदान गरेको विवरणका आधारमा अनुदान रकम उपलब्ध गराउने बताउँदै आएको छ। मन्त्रालयले यस्तो रकम लिन दर्ता नवीकरण र कर तिरेको हुनुपर्ने, दस प्रतिशत सेवा निःशुल्क दिएको हुनुपर्नेलगायत सर्त तोकेको छ।
पहुँचवाला अस्पतालले कुनै सर्त पूरा नगरी दबाबकै भरमा भटाभट रकम लगिरहेका छन्। यसरी लगिएको रकमलाई भौतिक पूर्वाधार र उपकरण खरिदमा खर्च गर्नुपर्ने प्रावधान छ तर अस्पतालहरूले कर्मचारीको तलबभत्ता, बैंकको ऋण तिर्न र अस्पतालको घरभाडा तिर्न खर्च गरिरहेको मन्त्रालय स्रोतको दाबी छ।
मन्त्रालयसँग अनुदान उपलब्ध गराउने स्पष्ट निर्देशिका नरहेको र अनुगमन प्रणालीसमेत नरहेकाले पहुँचवालाले बढी रकम लैजाँदै आएको लोहनी स्विकार्छन्। ‘अस्पतालहरूले आफ्ना भागमा जति रकम पार्न सफल छन्, उनीहरूलाई तपार्इंको भागमा परेको रकम लिन आउनु भन्नेबाहेक अरू केही भन्न सकिएको छैन,' उनले भने, ‘लगिएको रकमको सदुपयोग भयो/भएन अनुगमनसमेत हुँदैन।'
उनका अनुसार अनुदान रकम लैजाने अस्पतालले गरिब तथा विपन्नलाई के–कस्ता सुविधा दिएका छन्, अनुदानबापतको रकमले कति विपन्नले सेवा पाए, कस्ता उपकरण खरिद भएजस्ता विवरण स्वास्थ्य मन्त्रालयमा अनिवार्य बुझाउनुपर्छ। तर, अधिकांश अस्पतालले मन्त्री तथा उच्च तहका दलका नेताको दबाबमा रकम लैजाने हुँदा विवरण नै पठाउँदैनन्।
मन्त्रालयले विवरण पठाउन निर्देशन दिँदा पनि पहुँचवाला अस्पतालले अटेरी गरिरहेको स्रोतको भनाइ छ। ‘उपचारका नाममा व्यापार गरिरहेका संस्थालाई नै सरकारले अनुदान उपलब्ध गराएर राष्ट्रिय ढुकुटीको दुरूपयोग गरिरहेको छ,' मन्त्रालयस्रोतले नागरिकसँग भन्यो, ‘यसरी सरकारले नै रकम दुरूपयोग गर्न छुट दिँदा नेताका नाममा खुलेका अस्पतालले समेत स्वास्थ्य क्षेत्रमा विकृति बढाइरहेका छन्।'
अनुदान लैजाने अस्पतालले ‘टर्म्स अफ रिफरेन्स' (टिओआर) समेत पूरा गरेका छैनन्। राजनीतिक प्रभाव र उच्चपदस्थसँगको सम्बन्धका आधारमा उपलब्ध गराइने यस्तो रकमको सदुपयोग/दुरुपयोगका विषयमा खोजी गरिँदैन।
स्रोतका अनुसार अनुदान रकम पाउन लायक अस्पतालले नपाउने तर उपचारका नाममा महँगो शुल्क उठाएर व्यापार गरिरहेका अस्पतालले नै लैजाने गर्दा राष्ट्रको आधा अर्बभन्दा बढी रकम हरेक वर्ष खेर गइरहेको छ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस