काठमाडौं-भारतले नौबिसे दुर्घटनामा घाइते आफ्ना सबै नागरिकलाई विशेष विमानबाट स्वदेश लैजाने तयारी गरेको छ। विमानमा मृत्यु भएकाको शव पनि लगिनेछ।
भारतीय विदेश मन्त्रालयले दुर्घटनामा मृत्यु भएका सबै १७ जनाको शव र घाइतेलाई उद्धार गर्न बुधबार राति नै सैन्यजहाज नेपाल पठाएको छ। विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सामाजिक सञ्जल टि्वटरमा दुर्घटनामा मारिएका यात्रु र घाइतेलाई लिन आइएल ७६ विशेष विमान पठाइएको जानकारी दिएका छन्।
‘सबै मृतकको शव र घाइतेलाई भारत ल्याउन विशेष विमान काठमाडौं पठाइएको छ,' उनले लेखेका छन्, ‘बुधबार राति काठमाडौं पुग्ने विमानले बिहीबार सबै प्रक्रिया पूरा गरी मृतकका शव र घाइते लिएर आउनेछ।'
घाइतेलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका नेपालका लागि भारतीय राजदूत रणजित रेले घाइतेलाई उच्चस्तरीय उपचार सेवा प्रदान गर्न सबै बिरामीलाई थापाथलीस्थित नर्भिक अस्पताल सार्न लगाएका थिए। उनले शिक्षण अस्पतालको आकस्मिक कक्षमा रहेका ७ जना बिरामीलाई भेटेर अवस्था बुझेका थिए। घाइते २८ मध्ये बुधबार राति अबेरसम्म १४ जनालाई नर्भिक सारिसकिएको छ भने बाँकीलाई सार्ने क्रम जारी छ।
सुरुमा गम्भीर अवस्थाका र धेरै चोट लागेकालाई उच्चस्तरीय उपचार प्रदान गर्न नर्भिक सारिएको दूतावासले जनाएको छ। दूतावासले दिएको जानकारीअनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुको नर्भिकमै उपचार भइरहेको छ।
नर्भिकले उपचारका लागि आएका बिरामीमध्ये ३ जनाको शल्यक्रिया गरिसकेको छ भने अन्यको आवश्यक उपचार गरिरहेको छ। ‘तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्थाका तीन जनाको सफल शल्यक्रिया भइसकेको छ,' अस्पतालका सञ्चार प्रमुख आरपी मैनालीले भने, ‘अन्य अस्पतालबाट घाइते ल्याउने काम पनि भइरहेको छ। सम्भवतः बिहानसम्म सबै घाइतेलाई नर्भिक ल्याइसकिनेछ।' उनका अनुसार अन्य घाइतेको अवस्था सामान्य छ।
दुर्घटनालगत्तै घाइतेलाई राजधानी ल्याइएको थियो। सुरुमा मेघा अस्पतालमा ४ जना, शिवज्योति अस्पतालमा ८, सहिद मेमोरियलमा दुई, टिचिङमा ७, दिर्घायु अस्पतालमा ४ जना, बयोधामा एक, एपिएफमा १ र नर्भिकमै १ र ओम समाज अस्पतालमा बाँकी बिरामी लगिएको थियो।