काठमाडौं-अस्पतालको शल्यकक्षमा अर्थबेहोस अवस्थामा पेट चिरिएकी एक महिला। शल्यक्रियाबाट बच्चा निकालेपछि चिकित्सकले महिलाको चिरिएको घाउ सिलाउँदै थिए। चिकित्सकको हातमा शल्यक्रियाको घाउ सिलाउने सुचार (सियो–धागो) र धागो काट्ने कैंची थियो। चिकित्सकले महिलाको पाठेघर सिइसकेका थिए। तर, पाठेघरबाहिरको दुई भाग रेक्टससिथ (पाठेघर र छालाबीचको भाग) र बाहिरको छाला सिउने काम बाँकी नै थियो।चिकित्सकले सुचारलाई पेटमा पुर्याथउन लाग्दा सामान्य हात हल्लियो। फेरि सिलाउन खोजे तर हात सिउनुपर्ने ठाउँमा नपुगी अन्तै गयो। त्यसपछि झ्याप्पै शल्यकक्षको बत्ती निभ्यो। महिलालाई सुताइएको बेड हल्लियो। लगत्तै समग्र भवन नै हल्लिएपछिमात्र पाटन अस्पतालको प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. वसन्त लामिछाने र उनको टिमले भूकम्प गएको चाल पाए।
डा. लामिछानेसहित चार जनाको टिमले शल्यक्रिया गरिरहेका बेला नर्स र एनेस्थेसिया डाक्टर हत्तपत्त बाहिर निस्के। तर, डा. लामिछाने र उनका सहयोगी डा. दुर्गा श्रेष्ठ भने भर्खरै छोराकी आमा बनेकी ललितपुरकी २१ वर्षीया रमिता थिङको बेड समातेर नै बसे। ‘अर्थबेहोस अवस्थामा पेट चिरिएको अवस्थामा रहेकी महिलालाई त्यसै छाडेर भागौं भन्ने नै मनमा आएन,' डा. लामिछानेले नागरिकसँग भने, ‘मलाई डर पनि लागेको थिएन। अरु सबै चिच्याउँदै भागे पनि म भने त्यहीँ बसेँ।'
उनका अनुसार वैशाख १२ गते शनिबार ११:५६ बजे गएको महाभूकम्पको ठूलो धक्काले शल्यकक्ष नजिकैका अन्य कक्षमा रहेका अक्सिजनका सिलिन्डर लडाउन थालेको थियो। लडेका सिलिन्डरले ठूलो आवाज निकालिरहेको थियो। मानिसहरु चिच्याउँदै बाहिर भागिरहेका थिए, कोही रोइरहेका थिए। हाम्रै टिममै रहेका दुई जना बाहिर निस्किसकेका थिए। जोडले भवन हल्लिँदा शल्यकक्षमाथि राखेको पाइप लाइन भने भाँचिएला जस्तो गरी हल्लिएको थियो। ‘पाइपलाइन खसेर चोट लाग्छ कि भन्ने डरचाहिँ भएको थियो,' उनले भने, ‘तर एकछिनमा रोकिइहाल्छ भनेर धैर्य गरेर बस्यौं।'
उनका अनुसार शल्यकक्षमा महिलालाई सुताइएको बेड उत्तर–दक्षिणतर्फ फर्काएर राखिएको थियो। भूकम्पको धक्का पनि त्यसै दिशातर्फ भएकाले महिला बेडबाट खस्नबाट जोगिइन्। ‘चिकित्सकका नाताले आफू अगाडि रहेको बिरामीलाई जोगाउनुपर्थ्यो। त्यसैले उहाँलाई ढाडस दिन मैले तपार्इं नआत्तिनुहोस्, हामी यहीँ छौं, केही हुन्न भनेँ,' डा. लामिछानेले भने, ‘पेटभन्दा तलको भाग बेहोस बनाएर बेडमा राखिएको रमिताजीले पनि धेरै धैर्य गर्नुभयो। उहाँको सकारात्मक सहयोगले हामीलाई काम गर्न थप बल दियो।'
रमिताको पेटबाट शल्यक्रियामार्फत ११:४३ मा ३ दशमलव ७ ग्रामको बच्चा निकालिएको थियो। आमाको पेटमा अनुमान गरेभन्दा ठूलो बच्चा देखिएपछि शल्यक्रिया गर्नुपरेको डा. लामिछानेले जानकारी दिए। ‘बच्चा निकालेपछि सिलाउने काम जारी थियो तर सिलाउँदा सिलाउँदै भूकम्प आयो र केहीबेर काममा अवरोध भयो,' डा. लामिछानेले भने। उनले सहयोगी डा. श्रेष्ठको मद्दतमा भूकम्पको ठूलो धक्का रोकिएलगत्तै रमिताको बाँकी रहेको भागलाई तुरुन्त सिलाइएको जानकारी दिए।
उनका अनुसार भूकम्प गएलगत्तै निभेको बत्ती करिब एक मिनेटपछि आएको थियो। ‘बत्ती आएपछि उहाँको सिलाउन बाँकी भाग सिलाइहालौं भनेर मैले काम सुरु गरेँ,' डा. लामिछानेले भने, ‘पछि सिलाउने क्रममा पनि सामान्य धक्काको महसुस भएको थियो। तर हामीले ती धक्काको बेवास्ता गर्दै काम जारी राख्यौं।'
शल्यक्रियापछि काटिएको भाग सिलाउने काम सकिएपछि डा. लामिछानेसहित ती महिलालाई अस्पताल भवनबाहिर निकालियो। त्यतिबेलासम्ममा अस्पताल आएका सबै बिरामी र अस्पतालका चिकित्सक तथा कर्मचारी अस्पतालबाहिरको चौरमा आइसकेका थिए।
रमिताको चिरिएको पेट सिलाइसकेपछि बाहिर निस्कने क्रममा मात्र डा. लामिछानेले श्रीमती र घरमा फोन गर्न मोबाइल निकाल्न खोजे। उनले गोजीबाट मोबाइल निकाल्न खोज्दा नै दमकमा रहेकी श्रीमतीको फोन आइहाल्यो। श्रीमती र भर्खरै जन्मेको आफ्नो बच्चा सकुशल रहेको जानकारी पाएपछि उनले सामाखुसीमा रहेका आमाबुबाबारे जानकारी लिन फोन डायल गरे। तर, फोन लागेन। ‘श्रीमती र बच्चा सुरक्षित रहेको खबरले केही ढुक्क भएको थिएँ तर घरमा रहेको आमाबुबाको फोन नलागेपछि डर लागिरहेको थियो,' उनले भने, ‘करिब ३ बजेतिर भिनाजुले भूकम्पको समयमा आमाबुबाहरु बाहिर निस्कँदै गरेको खबर सुनाएपछि बल्ल ढुक्क भएँ।'
भूकम्पको धक्का आइरहेका बेला शल्यक्रिया गरेका डा. लामिछानेले त्यसपछि थप दुई जना महिलाको शल्यक्रिया गरे। भूकम्पका कारणले भयाभह अवस्था सृजना भइरहेको समयमा डा. लामिछानेले दिउँसो साढे ४ बजे भक्तपुरकी सुनिता शाक्यको र राति सवा ११ बजे बनेपाकी अनिता श्रेष्ठको शल्यक्रिया गरे। उनले सोही दिन अस्पतालमा आएका अन्य महिलाको सामान्य सुत्केरीमा समेत सहयोग गरे।
डा. लामिछानेका अनुसार भूकम्प आएको दिन पाटन अस्पतालमा १५ जना महिला सुत्केरी भएका थिए। तीमध्ये ६ जनाको शल्यक्रिया गर्नुपरेको र बाँकी नौ जनाको सामान्य सुत्केरी भएको थियो। ६ वटा शल्यक्रियामध्ये डा. लामिछानेले नै चार जनाको शल्यक्रिया गरेका थिए। भूकम्पआगाडि नै एउटा शल्यक्रिया भइसकेको थियो। शल्यक्रिया मात्र होइन, डा. लामिछानेले भूकम्पपश्चात सामान्य सुत्केरी भएका महिलाको हुन नसकेको स्टिचसमेत गरेका थिए। उनका अनुसार अस्पतालको चौरमा पर्दा तथा पालले छोपेर सामान्य सुत्केरी गराउने काम र स्टिच लगाउने काम भएको थियो।