काठमाडौं-महाभूकम्पले प्रभावित जिल्लाका करिब ६० वटा पुरातात्विक सम्पदा पूर्ण रुपमा क्षति भएका छन्। पुरातत्व विभागले बुधबारसम्म गरेको प्रारम्भिक अनुगमनले यस्तो संख्यामा सम्पदा क्षति भएका हुन्।काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायत जिल्लामा यसरी सम्पदा कामै नलाग्ने गरी ध्वस्त भएको विभाग प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। भूकम्पले क्षति गरेका ३१ जिल्लामध्ये १३ जिल्लामा प्रारम्भिक अध्ययनबाट यस्तो विवरण निस्किएको हो। यो संख्या बढ्न पनि सक्ने उनले जानकारी दिए। विभागले २ सय ५० सम्पदा आंशिक क्षति भएको जानकारी दियो। सहरी क्षेत्रका पुरातात्िवक सम्पदामा बढी क्षति पुगेको विभागले जनाएको छ। यसरी क्षति हुने सम्पदामा मठमन्दिर, पार्टी, पौवा, सत्तल, दरबार आदि छन्। काठमाडौं जिल्लामा सबैभन्दा बढी सम्पदा पूर्ण रुपमा क्षति भएको तथ्यांक छ। त्यसपछि ललितपुरमा पूर्ण क्षति भएका छन्। त्यसपछि भक्तपुर र काभ्रेमा छन्।
विभागका अनुसार काठमाडौंमा २४ पूर्ण क्षति र १ सय २५ आंशिक क्षति, ललितपुरमा १७ पूर्ण क्षति र ३० आंशिक क्षति, भक्तपुरमा १४ पूर्ण क्षति र करिब २५ वटा आंशिक क्षति र काभ्रेमा ४ पूर्ण एवं ३० वटा आशिक क्षति भएका छन्। बाँकी गोरखा, धादिङ, लमजुङ, नुवाकोट, कास्की, धनुषा, दोलखाबाट थप विवरण आउन बाँकी रहको कुँवरले जानकारी दिए। ‘हनुमानढोका दरबार क्षेत्रका ९० प्रतिशत सम्पदा कामै नलाग्ने गरी भत्किएका छन्,' उनले भने, ‘अन्य क्षेत्रको क्षतिको प्रतिशत मापन भइसकेको छैन। अन्य ठाउँमा कम क्षति भएकाले अध्ययन भइरहेको छ।'
‘पहिलो चरणमा बढी सम्पदा भएका क्षेत्रको विवरण आएको हो। अन्य पनि अध्ययन भइरहेको छ,' उनले भने, ‘बाँकीको पनि यो हप्ताभित्र आउँछ।' यसबाहेक विभागले धेरै क्षति भएका क्षेत्रमा अध्ययन टोली खटाइसकेको र एक हप्ताभित्र मुख्य सम्पदाहरुको विस्तृत क्षति विवरण आउने जानकारी उनले दिए।