पीडित बालबालिका अनधिकृत ओसारिँदै
२४ वैशाख २०७२
•
८ मिनेट पाठ
पीडित बालबालिका अनधिकृत ओसारिँदै
काठमाडौं-भूकम्पप्रभावित बालबालिका उद्धारका नाममा राजधानीको एक विद्यालयले कानुनी प्रक्रिया नै पूरा नगरी ४६ बालबालिकालाई काठमाडौं ल्याउँदै गरेको फेला परेको छ।




ललितपुर, नक्खुस्थित निर्मल सेकेन्डरी स्कुलले धादिङका दुई गाविसका बालबालिका सम्बन्धित निकायलाई जानकारीसमेत नदिई काठमाडौं ल्याँउदै गर्दा धादिङ जिल्ला बालकल्याण समितिले फेला पारेको हो।

उक्त विद्यालयले जिल्लाको झार्लाङ गाविसका २० र री गाविसका २६ बालबालिकालाई उद्धारका नाममा प्रक्रियाविपरीत काठमाडौं ल्याउन लागेको जानकारी पाएपछि समितिको टोलीले धादिङबेसी पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

समितिको टोली पुगेपछि विद्यालयकी प्रिन्सिपल सिपोरा अधिकारी लामा र बालबालिका गाउँबाट ल्याउन सहयोग गरिरहेका एनिजर तामाङले आफूहरूले ती बालबालिकालाई जिल्ला बालकल्याण समितिमै लैजान लागेको दाबी गरेका थिए। विद्यालयकी प्रिन्सिपलले दुःखमा परेका बालबालिकालाई राम्रो नियतले नै लैजान लागेको बताएपछि समितिको टोलीले उनीहरूलाई प्रमुख जिल्ला अधिकारीसमक्ष पुर्‍याएको थियो।

प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले बालबालिका लैजाने व्यक्ति र विद्यालयको पूर्ण विवरण लिई तत्कालका लागि उद्धारकर्तासँगै बालबालिका पठाउन निर्देशन दिएका थिए। लगत्तै टोलीले ती बालबालिकालाई काठमाडौं नै पठाएको थियो।

समितिले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बालबालिका राजधानी पठाइएको विवरण केन्द्रीय बालकल्याण समितिलाई समेत गराएको छ।
केन्द्रीय बालकल्याण समितिले भने विपतको मौकामा विगतमा पनि बालबालिका तस्करी र बिक्रीलगायत कार्य भएकाले तत्काल नपठाउन भनेको थियो। तर, प्रमुख जिल्ला अधिकारीले नै तत्काललाई विवरण संकलन गर्ने र पछि कानुनी प्रक्रिया पूरा गरौंला भनेपछि जिल्ला समितिले विद्यालयको टोलीलाई बालबालिका जिम्मा लगाएको थियो।
जिल्ला समितिका बालअधिकार अधिकृत हरि उप्रेतीले विद्यालयले प्रक्रिया पूरा नगरे पनि प्रमुख जिल्ला अधिकारीले भनेअनुसार नै सबै विवरण संकलन गरी बालबालिकालाई काठमाडौं पठाइएको जानकारी दिए। ‘सबै विवरण लिएर हामीले केन्द्रीय समितिलाई जानकारी गराइसकेका छौं,' उनले भने, ‘अब केन्द्रीय समितिले त्यहाँको सबै अध्ययन–अनुसन्धान गर्नेछ।'
उनका अनुसार विद्यालयकी प्रिन्सिपल लामाले समितिको टोलीलाई भूकम्पमा परी समस्यामा परेका बालबालिका पीडा सहन नसकी विद्यालयले राम्रो नियतले नै उद्धार गर्न लागेको बताएकी थिइन्।
‘हामी सबै विवरण उपलब्ध गराउन तयार छौं। हाम्रो नियत खराब छैन। बालबालिकाको पीडा देखेर हाम्रो हृदय जलेर आएका हौं,' प्रिन्सिपल लामालाई उद्धृत गर्दै उप्रेतीले भने, ‘हामी बच्चाहरूलाई खान, लगाउन र पढाउने व्यवस्था गर्नेछौं।'

नियमअनुसार आमाबाबु गुमाएका, नातेदार नभएका र छिमेकीले समेत संरक्षण गर्न तयार नभएका बालबालिकालाई गाविसको सिफारिसमा प्रहरी प्रमाणीकरणपछि मात्र संस्थाहरूले जिम्मा लिन पाउँछन्। उक्त विद्यालयले भने त्यस्तो कुनै पनि प्रक्रिया पूरा गरेको छैन। विद्यालयले ल्याएका भनिएका बालबालिकामध्ये धेरैका आफन्त तथा आमाबुबासमेत रहेको बताइएको छ।
भूकम्पमा परी झार्लाङमा ३९ र री गाविसमा ६५ जनाको ज्यान गुमेको छ। ज्यान गुमाउनेमध्ये एकाध बालबालिकाको मात्र अभिभावक परेको जनाइएको छ।
केन्द्रीय समितिका कार्यकारी निर्देशक तारक धितालले नियन्त्रणमा लिइएको उक्त विद्यालयको नियत सफा हुन सक्ला तर प्रक्रिया पूरा नगरेकाले शंका उत्पन्न भएको बताए। ‘विपतको समयमा उहाँहरूले राम्रै नियतले बालबालिका ल्याएको हुन सक्छ,' उनले भने, ‘तर कसैलाई पनि जानकारी नगराई ल्याउन लागेको फेला परेपछि केही शंका उत्पन्न भएको हो। अब उहाँहरू हाम्रो निगरानीमा आइसकेकाले यहाँ ल्याइएका ती बालबालिका सबै सुरक्षित नै हुनेछन्।'

उनका अनुसार विपतका समयमा खराब नियत भएका मानिसले उद्धारका नाममा बालबालिका तस्करी गरेका विगतमा धेरै घटना भेटिएका छन्। ‘यस्तो समयमा उद्धारका नाममा बालबालिका थप शोषणमा पर्ने खतरा बढ्न सक्छ,' उनले भने, ‘त्यसकारण यस्तो समयमा हत्तपत्त कसैलाई विश्वास गरी बालबालिका जिम्मा लगाउनु हुँदैन।' उनले विपतका समयमा अभिभावक गुमाएका, परिवारबाट बिछडिएका र अलपत्र बालबालिकाको उद्धार, संरक्षणका लािग सम्बन्धित जिल्ला बालकल्याण समिति तथा केन्द्रीय बालकल्याण समितिमा सम्पर्क गर्न आग्रह गरे।
धितालले विपतको मौका पारेर बाल यौनदुराचारीले बालबालिकालाई बलात्कार लगायत यौन दुर्व्यवहार गरेका सूचनासमेत आइरहेको बताए। ‘विभिन्न स्थानबाट खराब नियत भएकाले दुर्व्यवहार गरेका खबर आइरहेका छन्,' उनले भने, ‘त्यसकारण यस्तो समयमा आफन्तले बालबालिकालाई एक्लै नछाड्ने, अस्थायी बासस्थानमा सधैं समूहमा बस्न र राहत पाउने लोभ वा अन्य बहानामा अपरिचित व्यक्तिसँग बालबालिकालाई पढाउनु हुँदैन।'

उनले अपरिचित र शंकास्पद व्यक्तिमाथि नजर राखी प्रहरीलाई खबर गर्न तथा बालबालिकाको आपतकालीन उद्धारका लागि बाल हेल्पलाइनको निःशुल्क फोन नम्बर १०९८ मा र बालबालिकाको खोजतलास समन्वय केन्द्रको नम्बर १०४ मा सम्पर्क गर्न आग्रह गरे।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस