काठमाडौं-नेपालमा शक्तिशाली भूकम्प गएको तीन सातासम्म पनि भूकम्पका पराकम्पन रोकिएका छैनन्। शनिबार मात्रै ८ वटा पराकम्पन आएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तीन सातामा चार म्याग्निच्युडभन्दा माथिका २ सय ३८ पटक धक्का आइसकेका छन्।गोरखाको बारपाकमा वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि सबैभन्दा बढी पराकम्पन सिन्धुपाल्चोक जिल्लामा गएको छ । सिन्धुपाल्चोकपछि दोलखामा बढी पराकम्पन गएको छ । ती जिल्लामा पराकम्पन अझै रोकिएका छैनन् ।
केन्द्रका अनुसार शक्तिशाली भूकम्प गएको १७ औं दिन वैशाख २९ गते दोलखा केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएपछि उक्त पराकम्पन आउने क्रम ह्वात्तै बढेको छ । दोलखामा गएको भूकम्पले पनि लगभग पूर्वदेखि पश्चिम नेपालका अधिकांश भूभाग हल्लाएको थियो । पाँच दिनअघिको दोलखाको ठूलो भूकम्पलाई पनि भूगर्भविदले गत १२ गते गोरखामा गएको शक्तिशाली भूकम्पको पराकम्पन नै भनेका छन् ।
शक्तिशाली भूकम्पको प्रमुख केन्द्र गोरखा भए पनि पराकम्पनका केन्द्र भने अन्य जिल्लाको तुलनामा गोरखामा निकै कम गएको देखिन्छ । गोरखामाभन्दा सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ जिल्लामा धेरै पराकम्पन गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार काठमाडौं उपत्यकामै ८ पटक केन्द्र बनाएर भूकम्पका पराकम्पन गइसकेका छन् ।
खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा भूगर्भविद डा. सोमनाथ सापकोटाले हालसम्म गएका सबै धक्कालाई गोरखाको बारपाकमा गएकै भूकम्पको पराकम्पन भनेका छन् । उनले शक्तिशाली भूकम्पको तीन साता बितिसक्दा पनि ५.५ म्याग्निच्युडका पराकम्पन आइरहेको बताए ।
शनिबार आएका ८ पराकम्पनमध्ये दोलखामा मात्रै तीनपटक केन्द्र परेको छ । शनिबार बिहान २ बजेर १५ मिनेटमा गोरखा केन्द्र भएर ४, ४ बजेर २८ मिनेटमा दोलखामा ४.१ र त्यसको १० मिनेटपछि दोलखामै ४.१ म्याग्निच्युडको भूकम्प आएको थियो । दोलखामा गएको पराकम्पनको दुई घन्टा नबित्दै नुवाकोटमा ४ र गोरखा तथा धादिङ केन्द्रमा पनि ४ म्याग्निच्युडकै भूकम्प आएको छ । त्यस्तै, शनिबार नै सिन्धुपाल्चोकमा ९ बजेर २४ मिनेटमा ४.२, ललितपुर र मकवानपुरबीच ४.२ र साँझ ५ बजेर १७ मिनेटमा दोलखामा ५.५ म्याग्निच्युडको पराकम्पन आएका छन् ।
सापकोटाका अनुसार वैशाख १२ को भूकम्पले दोलखादेखि गोरखाबीचका चट्टानमा बनाएको धाँजामा पराकम्पन आइरहेको जानकारी दिए । उनका अनुसार बारपाक केन्द्रविन्दु आएको पहिलो शक्तिशाली भूकम्पले चिरा पारेको चट्टानबाट पराकम्पन निस्किरहेका छन् । १२ गतेको ७.६ म्याग्निच्युडको भूकम्प र त्यसपछिका पराकम्पनले गोरखादेखि दोलखाबीचको करिब १ सय ३० किलोमिटर लम्बाइ र करिब ३० किलोमिटर चौडाइबीचमा धक्का दिइरहेका छन् । गोरखा, नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र दोलखाबीचमा पराकम्पन आइरहेका छन् । यी क्षेत्र भूकम्पका दृष्टिकोणले तत्काललाई संवेदनशील मानिएका छन् ।
भूगर्भविदका अनुसार ५ म्याग्निच्युडभन्दा कमलाई साना, ५ देखि ६ म्याग्निच्युडका लाई मध्यम, ७ देखि ८ म्याग्निच्युडका लागि शक्तिशाली र ८ म्याग्निच्युडभन्दा माथिका लाई महाभूकम्प भनिन्छ । युरोएसियन र इन्डियन प्लेटबीचको घर्षणबाट उत्पन्न ऊर्जाले गर्दा भूकम्प गइरहेको छ । इन्डियत प्लेटको गोरखादेखि दोलखाबीचका खण्डलाई भूगर्भविदहरूले संवेदनशील क्षेत्र भनेका हुन् ।