काठमाडौं-बिएन्डबी अस्पतालको बेड नम्बर १०९ ।
रसुवास्थित मैलुङ खोला जलविद्युत आयोजनाका मेकानिकल ओभरसियर लुजः मास्के शल्यक्रिया गरिएको खुट्टा समातेर सुतिरहेका छन् ।
गत वैशाख १२ को महाभूकम्पका बेला उनी रसुवाको पहिरोमा परेका थिए । पहिरो खस्दा आएको चट्टानले उनको दायाँ खुट्टाको कुर्कुच्चा नराम्ररी च्यातिएको थियो । चट्टाने पहिरोले खुट्टा च्यापेर हिँड्नै नसक्ने अवस्थामा पुगेका उनी मिति गुज्रिएको पेनकिलर खाएर एउटा खुट्टा घिसार्दै करिब २५ किलोमिटर हिँडेर ज्यान जोगाउन सफल भएका थिए । तर उनीसँगै रहेका उनका साथी अशोक श्रेष्ठको भने पहिरोमा पुरिएर मृत्यु भएको छ ।चट्टानले च्यातिएको उनको खुट्टाको शल्यक्रिया भइसकेको छ । अस्पतालमा उनको सानाठूला गरेर चार पटक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात बिस्तारै उनको घाउ निको हुँदै गइरहेको छ । तर, सँगै रहेको साथी गुमाउनुपर्दा उनको मनमा लागेको घाउ भने अझै निको हुन सकेको छैन । भूकम्पका क्रममा उनले देखेभोगेको त्रासद र भयानक अवस्था अस्पतालको शड्ढयाबाट उनले यसरी सम्झे।
भयानक भूकम्पले निम्त्याएको विपत्तिपछि पुनर्जन्म पाएको त्यो दुःखद दिन अस्पतालको बेडमा पनि अझै झलझली सम्झन्छु । झन् आफ्नो साथी पहिरोले पुरिएको यादले रुवाउँछ । लगातार ५ दिनको अप्रेसनपछि ४ वटा अप्रेसन सिद्धियो । स्वास्थ्य बिस्तारै सुध्रिँदैछ ।
वैशाख १२ को दिउँसो ।
हाम्रो काम गर्ने साइट र खानेबस्ने स्थान करिब एक किलोमिटर वरपर पर्छ । साथी अशोक र म खाना खान करिब ११ः१५ तिर तल झरेका थियौं । उक्त क्षेत्रको हाम्रो काम लगभग सकिने अवस्थामा थियो । छिटो काम सक्नुपर्ने भएकाले हामी खाना खाएलगत्तै काममा पुनः फर्किहाल्यौं । काम गर्ने स्थानमा मेसिन पु¥याउनु थियो । अरू दिन खाना खाएर केही समय आराम गथ्र्यौं । तर, त्यो दिन खानेबित्तिकै निस्कियौं ।
खाना खाने स्थानबाट काम गर्ने स्थान दुई पहाडको गल्छी हँुदै जानुपर्छ । कच्ची बाटो थियो । गाडी मैले नै चलाइरहेको थिएँ । एक्कासि पहाडबाट ढुंगा खसेको देखियो । किन ढुंगा खस्यो, पत्तो नै पाउन सकिएन । ब्रेक लगाउन खोज्दा केही समय ब्रेक पनि लागेन । गाडी हल्लिएजस्तो भयो । गाडी नै चलाउन नजानेजस्तो भएको थियो । पछि ब्रेक लाग्यो । माथिबाट पहिरो झरिरहेको देखेपछि अगाडि बढ्न सकिँदैन भन्दै हामी दुवै जना गाडीबाट बाहिर निस्क्यौं । पछाडि भाग्यौं ।
अशोकभन्दा म दुई पाइला अगाडि परेँ । दुवैतर्फका पहाडबाट ढुंगा र धुलोमाटो झर्न थालिहाल्यो । माटोले झ्वाप्प छोप्यो । सबैतिर अन्धकार छायो । मनमा बाँच्नु यति नै लेखेको रहेछ भन्ने लाग्यो । तर भाग्न छाडिनँ । भगवानको नाम लिँदै अगाडि बढेँ । केही अगाडि सिमेन्टको कल्भर्ट (ब्लक) देखेँ । हतारिँदै त्यहाँ घोप्टो परेर बसँे । घोप्टे परेर बसेको समयमा मलाई सानो ढुंगाले किच्छ कि ठूलो ढुंगाले भित्र थुनिदिन्छ भन्ने लाग्यो । ढुंगाले च्याप्यो भने त तड्पिएर मर्नुपर्छ भन्ने मनमा आएपछि त्यहाँबाट भाग्नु नै ठीक भनेर अगाडि बढेँ । तर, पहिरो रोकिएको थिएन ।
दौडने क्रममा खुट्टा लरबराउन थालेको थियो । आँखैअगाडि ढुंगामाटो झरिरहेका थिए । पहिरोलाई छल्दै जाँदा माटो जिउमा पथ्र्यो । साना ढुंगाले लाग्थ्यो । कतिपय समय त आँखाभरि माटो पथ्र्यो । त्यही क्रममा पछाडिबाट दाहिने खुट्टाको चप्पल केहीले जोडले तान्यो । खुट्टा दुख्यो । अर्को चप्पल पनि छाडेर अगाडि बढिरहेँ । केही अगाडि बढेपछि थोरै उज्याले देखियो ।
सडक त ठुल्ठूला ढुंगा खसेर बाटो नै छेकिएको रहेछ । ती ढुंगा चढ्दै अगाडि हिँड्ने क्रममा एउटा धारिलो ढुंगामा हात परेछ । देब्रे हत्केला बेस्सरी काटिएछ । केही अगाडि बढेपछि ९÷१० वर्षका दुई जना बहिनी देखेँ । उनीहरु मतिरै दौडिरहेका थिए । उनीहरुले भने, ‘अंकल, कहाँ जाने ? हामीलाई पनि लैजानू ।’
उनीहरु धुलैधुलोले पुरिएका थिए । त्यसपछि मैले आफूलाई नियालेँ । म पनि उस्तै हालतमा थिएँ । आफू आएको बाटोमा भयानक पहिरो झरिरहेकोले उनीहरुलाई म भागिरहेको बाटोतर्फ नै जान भनेँ । उनीहरु पनि पहिरोले छेकिएको सडक छिचोल्दै अगाडि बढिरहे ।
केही पर पक्की पुल देखियो । दौडँदै पुलमुनि बस्यौं । पुलमुनि बस्दा माथि ढुंगा झरेको आवाज जोडले सुनिन्थ्यो । पुलै भाच्ने पो हो कि भन्ने डर लाग्न थाल्यो ।
केहीबेरमा पहिरो रोकियो । पुलभन्दा केही पर पावर हाउसको कम्पाउन्ड थियो । त्यहाँ थुप्रै मानिस भेला भइसकेका थिए । हामी पनि त्यता जान बढ्यौं । तर म जोडले हिँड्नै नसक्ने भएँ । दायाँ खुट्टा दुखेजस्तो भयो । खुट्टा नियालेँ । कुर्कुच्चा फक्लक्क गइसकेछ । ती बहिनीहरु कम्पाउन्डमा पुगिसकेका थिए । म बिस्तारै अगाडि बढेँ । सकीनसकी कम्पाउन्डमा पुग्दा हाइड्रोपावरका स्टाफले ‘ओ हो तपाईं’ भने । मैले उनीहरुलाई अशोक पहिरोमा परेको सुनाएँ ।
त्यहाँ पुगेपछि मात्र मैले थाहा पाएँ, लगातार पहिरो झर्नु र जमिन हल्लिनुको कारण त भूकम्प पो रहेछ । त्यहाँ बस्दा पनि भूकम्प आइरहेको थियो । जति भूकम्पको धक्का आउँथ्यो, माथिबाट पहिरो खसिरहन्थ्यो । हामी बसेको ठाउँमा पनि पहिरो आउने सम्भावना बढ्दै गइरहेको थियो । मलाई आँखा खोल्न गाह्रो भइरहेको थियो । टाउकोमा पानी हालेँ । केही होस आएजस्तो भयो । त्यहाँ भएकालाई पेनकिलर छ भनेर सोधेँ । एक जनाले दिने भयो । तर त्यसको पनि मिति सकिएको रहेछ । त्यही भए पनि काम गर्छ कि भनेर खाएँ । मलाई काम गरेजस्तो लाग्यो ।
त्यहीँ रहेका बेला एकैछिनमा खबर आयो— काठमाडौंको धरहार लड्यो, काष्ठमण्डप ढल्यो अनि पोखरामा ताल भासियो । त्यसपछि मलाई नेपाल पूरै ध्वस्त भयो भन्ने लाग्यो । धेरै डराएँ । घरमा फोन गरेर आफू ठिक रहेको जानकारी दिएँ । घाइते छु भन्दा उनीहरु डराउलान् भनेर ठिक छु मात्र भनेँ । घरमा पनि सबै ठिक भएको खबर पाएपछि ढुक्क भएँ । तर लगातार आइरहेको पहिरोले हामी मर्छौं कि बाँच्छौं भन्ने ठेगान नै थिएन ।
काठमाडौंमै भएको विध्वंसको खबरले मलाई हामीले यति टाढा तत्काल उद्धार पाउँछौं भन्ने आस पनि थिएन । यस्तो खोचमा कसको ध्यान जाने ? डर र त्रासमा त्यो रात त्यहीँ बित्यो । तर, त्यो रात पनि दुइटा ठूला पहिरो आयो र निकै तर्सायो । घाइते र अन्य मानिस रोइरहे ।
माथि काम गरिरहेका हाम्रो टिमका १७÷१८ जना सबै सकुशल भएको खबर आयो तर अशोकको खबर आएन । मनमा त्रास बढी नै रह्यो । मलाई भोलि बिहानको सूर्योदय नै देख्न पाइँदैन कि भन्ने भइरहेको थियो ।
बिहान भयो । पहिरोले सबै बाटोमा ढुंगा थुप्रेको थियो । उद्धार आउँदैन भन्ने लागेपछि मैले काठमाडौंतिर हिँडेरै भए पनि जाने निर्णय गरेँ । बिहान साढे सात बजे हिँड्न थालँे । बाटो पूरै ढुंगामाटोले भरिएको थियो । कतिपय स्थानमा रुख ढलेका थिए । मनमा डर थियो । अनि खुट्टामा गहिरो दुखाइ । तर पनि आँट भने गरेरै अगाडि बढेँ । मिति सकिएकै पेनकिलर खाएर पनि अगाडि बढिरहेँ ।
अगाडि बढिरहेका बेला एकजना स्थानीयले मेरो साथी पहिरोको ढुंगामा च्यापिएको र ज्युँदै रहेको बताए । त्यसपछि मैले काठमाडौंमा खबर पठाएँ । उद्धारका लागि त्यहाँ नजिकका सैनिक ब्यारेकमा भने । सैनिकका मानिस पनि पहिरोमा परेको रहेछ । काठमान्डुका साथीहरुले पनि हेलिकप्टर बन्दोबस्त गर्न सकेनन् र प्राइभेट हेलिकप्टर पनि गृह मन्त्रालय अन्तर्गत रहेछ । सबैतिरबाट केही नलाग्ने देखियो । मनमा साथी बाँचोस् भन्ने प्रार्थना गरेँ ।
हिँड्दै शान्ति बजारको मैदान आइपुगेँ । केहीबेरमा फेरि भूकम्प आयो । पहाडबाट पहिरो झर्यो । सबैजना यताउता भाग्न थाले । टाउको उठाएर हेरेँ । त्यो पहिरो मसम्म आउँदैन भनेर सुतिरहँे । केहीबेरको बसाइपछि पुनः अगाडि बढेँ । मोबाइल स्विच अफ थियो । त्रिशूलीका केही मान्छेसँगै हिँड्दै थिएँ म । उनीहरुसँग फोन मागेर भाइसँग कुरा गरेँ । भाइ मलाई लिन मोटरसाइकल लिएर आइरहेको रहेछ । भाइलाई पहिरो आइरहेकाले धेरै अगाडि नआउन भनेँ । हिँड्दै आगाडि बढ्ने क्रममा बाटोमा अशोकको भाइलाई देखेँ । ऊसँग केही कुरा भयो । मलाई त्यतिबेलासम्म अशोक बाँच्छ जस्तो लागेको थियो ।
करिब २२ किलोमिटर हिँडेपछि भाइसँग भेट भयो । आँखाबाट बरर्र आँसु झर्यो । भाइको अँगालोमा रोएँ, ऊ पनि रोयो । त्यसपछि बाइकमै बसेर उपचारका लागि बिएन्डबी अस्पताल आएँ । यहाँ आएर अहिले सम्झिरहेछु— म कसरी बाँचेँ ? अथक प्रयासले पनि अशोकलाई बचाउन सकिएन र जिन्दगीमा बिर्सन नसकिने छाप बस्यो ।