आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नुवाकोटका २ लाख ३७ हजार ४ सय ३४ जनाले मताधिकार गर्न पाउनेछन्।
निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो। स्वीकृत गरेको मतदाता नामावली अनुसार नुवाकोटका १ लाख २२ हजार ४ सय २ जना पुरुष, १ लाख १५ हजार २९ जना महिला र तेश्रो लिङ्गी ३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन्।
यस्तै नुवाकोटको १२ स्थानीय तह मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा र सबै भन्दा कम किस्पाङ गाउँपालिकामा मतदाता रहेका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार विदुर नगरपालिकामा ४४ हजार १ सय ७९ र किस्पाङ गाउँपालिकामा १२ हजार १ सय ६१ जना मतदाता रहेका छन्। यस्तै ककनी गाउँपालिकामा २१ हजार ८ सय ९७, तादी गाउँपालिकामा १५ हजार ३ सय ६०, तारकेश्वर गाउँपालिकामा १४ हजार ९ सय ६३, दुप्चेश्वर गाउँपालिकामा १७ हजार ३ सय ७५, पञ्चकन्या गाउँपालिकामा १४ हजार ९ सय ६४, वेलकोटगढी नगरपालिकामा ३३ हजार ४ सय ८१ र म्यागङ गाउँपालिकामा १२ हजार ५ सय ७८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
यस्तै लिखु गाउँपालिकाका १५ हजार ४ सय ६८, शिवपुरी गाउँपालिकाका २० हजार ४ सय ८१ र सूर्यगढी गाउँपालिकाका १४ हजार ५ सय २७ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन्। निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि सार्वजनिक गरेको हो।
नुवाकोटमा मतदान स्थल १ सय ३२ र मतदान केन्द्र २ सय ८७ कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।