काठमाडौं-विपत व्यवस्थापन सेवालाई प्रभावकारी बनाउन सेनाले सरकारसँग करिब ३ अर्ब रुपैयाँ मागेको छ। सेनाले नयाँ हेलिकप्टर खरिद र हाल ग्राउन्डेड हेलिकप्टर मर्मतसम्भारका लागि सरकारसँग बजेट मागेको हो।‘विपत व्यवस्थापनालाई थप प्रभावकारी बनाउन र आगामी दिनमा आइपर्न सक्ने विपत सामना गर्न सेनाले आफ्ना हेलिकप्टर मर्मतसम्भारका लागि रकम मागेको छ,' रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेलले नागरिकसँग भने, ‘सेनालाई ठूला नयाँ हेलिकप्टर पनि चाहिएको छ।'
वैशाख १२ गतेको ठूलो भूकम्पपछि उद्धार तथा राहत वितरणमा विदेशी हेलिकप्टरसमेत मगाउनुपरेपछि सेनाले ग्राउन्डेड हेलिकप्टर मर्मतसम्भार र नयाँ हेलिकप्टर किन्न सरकारसँग बजेट मागेको हो। सेनासँग पर्याप्त हेलिकप्टर नहुँदा भूकम्पपछि उद्धारमा कठिनाइ भएको थियो। हेलिकप्टर अपुग भएपछि अति विशिष्ट व्यक्तिको उडानमा मात्र प्रयोग गरिँदै आएको सुपरपुमा हेलिकप्टरसमेत उद्धारमा प्रयोग गरिएको थियो।
भूकम्पपछि घाइतेको उद्वार तथा राहत वितरणमा एउटा एमआई–१७ सहित सेनाको ५ वटा हेलिकप्टर प्रयोगमा छन्। यस्तै, भारत, अमेरिका र चीनबाट करिब डेढ दर्जन हेलिकप्टर उद्धारका निम्ति आएका थिए। तीमध्ये एउटा अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त भएको थियो।
मनसुन सुरु भएपछि भूकम्प प्रभावित जिल्लामा मोटरबाटोबाट राहत सामग्री लैजान प्रायः असम्भव छ। अझ भूकम्पले चर्केका पहाडहरू वर्षासँगै खस्न थालेपछि पीडितसम्म पुग्ने एउटै माध्यम हेलिकप्टर मात्र हुनेछ। अहिले अमेरिका र चीनबाट आएका हेलिकप्टर फर्किसकेका छन् भने केही भारतीय हेलिकप्टर राहत वितरणमा प्रयोगमा छन्।
‘सेनाको साना धेरै हेलिकप्टर ग्राउन्डेड छन्, चाहिने एमआई–१७ वा यस्तै ठूला हेलिकप्टर हुन्। मर्मतसम्भारका लागि आएको प्रस्ताव हामीले अर्थमा पठाइसकेका छौं,' रक्षा सचिव पौडेलले भने।
रक्षा सचिव पौडेलका अनुसार सेनासँग अहिले ठूलो एउटा मात्र हेलिकप्टर (एमआई–१७) चालु अवस्थामा छ। अर्को ठूलो एमआई–१७ हेलिकप्टरको मर्मत भइरहेको छ। दुई वर्षअघि रुससँग खरिद प्रक्रिया अघि बढाइएका दुईवटा एमआई–१७ हेलिकप्टर पनि दुई साताभित्र नेपाल आइपुग्नेछन्। ‘दुई सातापछि सेनासँग ४ वटा एमआई–१७ हेलिकप्टर हुनेछन्,' रक्षा सचिव पौडेलले भने।
सेनाको मध्य एयर बेसमा रहेका २६ वटा जहाज तथा हेलिकप्टरमध्ये ७ वटा मात्र चालु छन्। सेनाका १६ वटा जहाज तथा हेलिकप्टर बेचालु (ग्राउन्डेड) छन् भने ३ वटा दुर्घटनामा परेका थिए। यी जहाज तथा हेलिकप्टरमध्ये ४ वटाका निर्माता कम्पनीले उत्पादन बन्द गरसकेका छन् भने ६ वटा लिलाम गर्नुपर्ने अवस्थामा छन्।
सेनाले बजेट अभाव हुँदा हेलिकप्टर मर्मतसम्भार गर्न नसकेको बताउँदै आएको छ। सेनाको हेलिकप्टर अतिविशिष्ट व्यत्ति (भिभिआइपी) को प्रयोजनमा समेत प्रयोग हुने गरेको छ, तर यस्ता उडान भरेवापत सेनाले पाउनुपर्ने रकम पाएको छैन। त्यसकारण सेनाको हेलिकप्टरमा लाग्ने खर्च बढ्दै गएको छ। विभिन्न संघसंस्था र राजनीतिक दल तथा तिनका नेताले पनि सेनाको हेलिकप्टर प्रयोग गर्ने गरेका छन् जसवापतको भाडा उठाउन सेनालाई धौधौ पर्दै आएको छ।
सेनाका अनुसार २०३४ सालदेखि हालसम्म सैनिक हेलिकप्टर प्रयोग गरेका ५८ संघसंस्था तथा व्यक्तिबाट करिब ६ करोड रुपैयाँ भाडा उठ्न बाँकी छ। यस्तै २०४२ सालयता भिभिआइपीको प्रयोजनमा प्रयोग भएवापत १७ संस्थासँग साढे १ करोड रुपैयाँ भाडा सेनाले पाउन सकेको छैन। ‘हामीले पाउनुपर्ने रकम प्राप्त भए पनि ग्राउन्डेड हेलिकप्टर मर्मत सम्भार गर्न सजिलो हुन्थ्यो। सबै हेलिकप्टर चढ्छन्, भाडा तिर्न मान्दैनन्,' एक उच्च सैनिक अधिकृतले भने।
मनसुनसँगै बाढीपहिरोले निम्त्याउन सक्ने विपतसँग जुध्न सेनाले तयारी सुरु गरिसकेको छ। अहिले प्रमुख भूकप्प प्रभावित १४ जिल्लाका ५ सय ७० भन्दा बढी स्थानमा सेनाको प्लाटुन पुगेको छ। एउटा प्लाटुनमा ४० जना सैनिक जवान हुन्छन्। सेना भूकम्प प्रभावित प्रत्येक गाविसमा एउटा प्लाटुन पुर्यालउने योजनाअर्न्तगत अघि बढेको छ। सेनाले राहत सामग्री वितरण र पुनर्निमर्िाणमा सघाउन सहज हुने गरी प्लाटुन राखेको छ।
बाढीपहिरोले सडक अवरुद्ध भए पनि सहज रूपमा वितरण गर्न सकिने गरी सेनाले प्लाटुन खटाएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए। यसका लागि पर्याप्त हेलिकप्टर आवश्यक पर्ने सेनाले जनाएको छ।