दुई मोटरसाइकल एकआपसमा ठोक्किदा चालकको मृत्यु
१७ चैत्र २०७८
•
१ मिनेट पाठ
दुई मोटरसाइकल एकआपसमा ठोक्किदा चालकको मृत्यु
पर्साको पोखरीया ४ स्थित दुर्घटनास्थलमा प्रहरी। तस्बिरः नागरिक
पर्साको पोखरियामा बिहीबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुबै मोटरसाइकलका चालकहरुको मृत्यु भएको छ। पोखरीया नगरपालिका ४ स्थित नहरछेउको सडकडमा बिहीबार बिहान साढे १० बजे दुर्घटना भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।  




प्रहरीका अनुसार विपरीत दिशाबाट आएका प्रदेश २–०३–००४ र ना ३ प १०२६ नम्बरको मोटरसाइकलहरु आपसमा ठोक्किएका हुन्। दुर्घटनामा दुवै मोरटरसाइकलका दुई चालकको घटनास्थलमैं मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ। अधिक गतिमा रहेका दुवै मोटराइकलहरु आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पर्साको धोबीनी गाउँपालिका वडा नम्बर २ गुलरीया घर भएका ३५ वर्षीय ललन पटेल र सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ एकडरवा घर भएकाका २९ वर्षका हरिन्दर सहनी रहेका छन्।

मोटरसाइकलमा सवार रहेका धोेबीनी गुलरियाका एक जना रोजदिन मियाँ, एकडरवाका दुई जना रन्जित महत्तो र सुपेन राउत उक्त दुर्घटनामा गम्भीर घाइते भएका छन्। तीनै जना घाइतेहरुको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए।
अर्को समाचार
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु
२८ कार्तिक २०८३
•
१ मिनेट पाठ
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।




जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा धनकुटाको धनकुटा नगरपालिका-५ का अन्दाजी २२ वर्षीय रोजन परियार रहेका छन्।

शनिबार दिउँसो पौने १ बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र ०२-०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा दिउँसो २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको र उनका आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी गणेश बमले बताए।

ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका-१० का २६ वर्षीय शोभितमान बस्नेत र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बमले जानकारी दिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस