उपचारमा निजी अस्पतालले रकम असुलेपछि भूकम्पका घाइते भन्छन्- सरकार, कहिले पाइन्छ हाम्रो उपचार खर्च?
२० जेष्ठ २०७२
•
८ मिनेट पाठ
उपचारमा निजी अस्पतालले रकम असुलेपछि भूकम्पका घाइते भन्छन्- सरकार, कहिले पाइन्छ हाम्रो उपचार खर्च?
काठमाडौं-गोरखा आरुपोखरी–४ का १५ वर्षीय सुशील अधिकारी भूकम्पका घाइते हुन्। उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अस्पतालमा उपचार भइरहेको छ। सरकारले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने भने पनि अधिकारीको उपचारका लागि परिवारले एक लाख १० हजारभन्दा बढी खर्च गरिसकेको छ।गत वैशाख १२ गते तीनकुनेमा अंकलको फोटो स्टुडियोमा काम गरिरहेका समयमा गएको भूकम्पले घरको छत खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। अस्पतालले सुरुमा उनको टाउकोभित्र जमेको रगत निकालेर शल्यक्रिया गर्योम। शल्यक्रिया क्रममा टाउकोका दुईवटा हड्डी निकालेर दुई सातापछि मात्र हड्डी राख्न मिल्छ भन्दै डिस्चार्ज गरिदियो।
दुई सातापछि अस्पतालले पुनः उनको टाउकाको हड्डी राखेर शल्यक्रिया गरेको छ। तर पहिलो पटक गरिएको शल्यक्रियाका क्रममा अस्पतालले शल्यक्रियाबापत खर्च छुट गरे पनि औषधि भने आफैं किन्नुपरेको थियो। दोस्रो पटकको शल्यक्रियाका क्रममा त अस्पतालले आधा खर्च मात्र छुट गर्योर। 
‘घाइतेको सम्पूर्ण उपचार निःशुल्क भनेर सरकारले भने पनि हामीले छोराको उपचारक्रममा अस्पतालले छुट दिएबाहेक पनि एक लाखभन्दा बढी खर्च गरिसकेका छौं,' सुशीलका बाबु ईश्वरले नागरिकसँग भने, ‘निःशुल्कका विषयमा सरकारले उपयुक्त जानकारी नदिँदा हामीलाई ऋण थपियो।' उनले निःशुल्क उपचारका नाममा सरकारले झुक्याउँदा ऋण लागेकाले सरकारले उक्त रकम फिर्ता गर्नुपर्ने बताए। 
अधिकारी जस्तै सीता थापामगरले आफ्ना घाइते श्रीमानको उपचार क्रममा निजी अस्पतालमा ५० हजारभन्दा बढी खर्च गर्नुपर्योः। बसुन्धरास्थित काठमाडौं डेन्टल तथा जेनरल अस्पतालमा उपचार क्रममा अस्पतालले औषधि, चिकित्सकको राउन्ड लगायत शीर्षकमा रकम लिएपछि थापामगर उपचारबापतको खर्च उपलब्ध गराउनुपर्ने माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नै पुगेकी थिइन्।
सरकारले घाइतेको उपचारको सबै खर्च निःशुल्क भने पनि अस्पतालले खुट्टा भाँचिएका श्रीमान रामबहादुरको उपचार क्रममा रकम लिएपछि थापामगर उपचार खर्चबापतको रकम उपलब्ध गराइदिन भन्दै मन्त्रालय पुगेकी हुन्। थापामगर भन्छिन्, ‘सरकारले निःशुल्क भने पनि अस्पतालले विभिन्न बहानामा रकम लिएपछि बाध्य भएर मन्त्रालय आएकी हुँ।'
अहिले स्वास्थ्य मन्त्रालयमा दैनिक १० जनाभन्दा बढी घाइतेले उपचार खर्चबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै फोन गर्न थालेका छन् भने केही त मन्त्रालय नै पुग्ने गरेका छन्। सरकारले भूकम्पको दिनमा नै सबै घाइतेको सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो। तर, उक्त घोषणाविपरीत निजी अस्पतालले घाइतेसँग रकम असुल्न थालेपछि घाइतेले मन्त्रालयमा हारगुहार गर्न थालेका हुन्।
मन्त्रालयको आपतकालीन स्वास्थ्य सेवा केन्द्रमा दैनिक दसभन्दा बढी फोन घाइतेका आफन्तले उपचारमा खर्च भएको रकम सरकारले कहिले र कसरी दिन्छ भनेर आउने गरेको मन्त्रालयको चिकित्सक सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनी बताउँछन्। लोहनीका अनुसार घाइतेका आफन्तले ‘हामीले उपचारबापत तिरेको रकम कहिले पाउँछौं?' सरकारले निःशुल्क भने पनि अस्पतालले रकम लिएकाले हाम्रो रकम उपलब्ध गराउनुपर्ने जस्ता प्रश्न गर्दै फोन आउन थालेको हो।
उनले त्यस्ता जिज्ञासा राख्नेलाई सुरुमा गरिएको उपचार खर्च निःशुल्क हुने र त्यसपछि फलोअपका क्रममा सरकारी अस्पतालमा गए पूर्ण निःशुल्क तथा निजीमा गए आधा रकम तिर्नुपर्ने जवाफ दिने गरेको बताए। 
‘सुरुकै उपचार क्रममा रकम लिएको विषयमा हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं,' उनले भने, ‘कुनै अस्पतालले पहिलो अप्रेसन तथा उपचार क्रममा बिरामीसँग रकम लिएको फेला परे त्यस्तो रकम बिरामी पक्षलाई फिर्ता गर्ने काम भइरहेको छ।' उनले निःशुल्क उपचारका क्रममा घाइतेलाई कतिसम्म निःशुल्क दिने भन्ने स्पष्ट जानकारी सुरुमै दिन नसक्दा समस्या आएको बताए।
डा. लोहनीका अनुसार मन्त्रालयले अस्पताललाई घाइतेको मेजर अप्रेसन गरेबापत २५ हजारका दरले करिब दुई करोड रुपैयाँ वितरण गरिसकेको छ। सामान्य घाइते तथा माइनर अप्रेसन गरेका बिरामीको उपचार खर्च दिने वा नदिने भन्ने निर्णय अझै हुन सकेको छैन। घाइतेहरु फलोअपमा आउँदा सरकारी अस्पतालमा कति समयसम्म वा कति पटकसम्म निःशुल्क गर्ने भन्ने विषयमा समेत अन्योल छ।
‘फलोअपमा सरकारी अस्पतालमा आउने घाइतेलाई निःशुल्क उपचार गरिने भन्ने निर्णय भएको छ। तर कति समयसम्म दिने भन्ने अझै टुंग्याउन सकिएको छैन,' उनले भने, ‘केही घाइते वषर्ौं फलोअपमा आउनुपर्ने खालका छन्। त्यसकारण यस्ता केसमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ।' 
भूकम्पको उपचार क्रममा स्पाइनल इन्जरी भएका, न्युरोको समस्या भएका तथा बहुअंगमा असर परेका बिरामीको उपचार क्रममा २५ हजारभन्दा बढी खर्च लागेकाले अस्पतालले बिरामीसँग रकम उठाउनुपरेको गुनासो गरेपछि त्यस्ता समस्या भएका घाइतेको शल्यक्रियाबापत ५० हजारका दरले अस्पताललाई रकम उपलब्ध गराउने तयारी भइरहेको छ। मन्त्रालयले गम्भीर र ठूला शल्यक्रिया गरेकाको विवरण हेरेर ५० हजार दिने प्रस्ताव मन्त्रालयमा लाने तयारी गरेको हो। यस्तै, आफैंले उपचार गरेकाको हकमा बिलअनुसार रकम दिने वा नदिने भन्ने विषयमा भने अझै स्पष्ट हुन नसकेको बताइएको छ। 
मन्त्रालयका अनुसार भूकम्पपछि विभिन्न अस्पतालमा गरी दुई हजार ६ सय ९६ को मेजर शल्यक्रिया गरिएको छ। मेजर शल्यक्रिया गरेकामध्ये २ सय ५३ घाइतेलाई दीर्घकालीन पुनःस्थापनाको आवश्यकता छ भने ४ सय ३९ जना घाइतेको उपचार लामो समय गर्नुपर्ने भएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस