सशस्त्र प्रहरी बलले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साबाट खटिए टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले जानकारी दिए।
सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे वीरगन्जको गण्डक चोक नजिकबाट ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धनका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको उनले बताए।
नियन्त्रणमा लिइएका ट्रकमा ना ७ ख ९४२ र ना २ ख ९५४३ प्रज्ञापन पत्र नभएको सशस्त्र प्रहरीको पर्सा कार्यालयले जनाएको छ। कार्यालयले जनाए अनुसार ९४२ नम्बरको ट्रकमा कपडा र अन्य समान गरी ५१ लाख ९२ हजार रुपैयाँ बराबरको मालसामान रहेको छ।
त्यस्तै, ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको औषधी, चिकित्सक्ीय सामग्री तथा अन्य सामानहरू रहेको छ। यसरी दुई वटा मालबाहक ट्रकमा एक करोड ४६ लाख बराबरको माल समानको पैठारी बैध भए नभएको सम्बन्धी अनुसन्धान हुने भएको छ।