रोल्पा–जिल्लाको मिझिंग–८बखि्रमा अरेसबाट सुलिचौरतर्फ जाँदै गरेको रा१त ११४० नम्बरको ट्याक्टर आइतबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन्।ट्याक्टरमा सवार २८ जनामध्ये चालकसमेत १९ जना दुर्घटनामा घाइते भएपछि उपचारको लागि सुलिचौरतर्फ पठाएकोमा रोल्पा अरेस–७ बस्ने ६० वर्षीय भिमबहादुर रोकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनालाई थप उपचारको लागि नेपालगन्ज पठाएको छ।दुर्घटनास्थलमा प्रहरीले उद्धार कार्यको साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकोछ।
अर्को समाचार
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १८ घाइते
अर्को समाचार
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
रुकुम, असार ९- जिल्लाको स्यालापाखा गाविसमा गएराति भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। सदरमुकाम खलङ्गाबाट रुकुमकोटतर्फ गइरहेको रा१त ८९५ नम्बरको ट्याक्टर वडा नम्बर ४ कैलादेउमा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुने पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शालिग्राम पौडेलले बताए।। घाइते हुनेहरूमा पिपल गाविस-७ का ४७ वर्षीय थलवीर नाथ र २० वर्षीया धनकुमारी विसी रहेका छन्।
घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर सडकबाट २० मिटर तल खसेको बताइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। रासस