वारुणयन्त्रको जिम्मा सशस्त्रलाई दिने कसरत
२४ असार २०७२
•
६ मिनेट पाठ
वारुणयन्त्रको जिम्मा सशस्त्रलाई दिने कसरत
काठमाडौं- गृह मन्त्रालयले देशभर वारुणयन्त्र सञ्चालनको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पने कसरत थालेको छ। सशस्त्रले वारुणयन्त्र सञ्चालन जिम्मेवारी आफूले पाउनु पर्ने माग गरेपछि गृहले यस्तो कसरत थालेको हो। अन्तर्राष्ट्रिय प्रचलन विपरित सशस्त्रले स्थानीय निकायअन्तर्गत सञ्चालित वारुणयन्त्रको जिम्मेवारी गृह मन्त्रालयमार्फत् लिन खोजेको हो।वारुणयन्त्र व्यवस्थित सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय अध्ययन समितिले पनि वारुणयन्त्र स्थानीय निकायअन्तर्गत नै राख्ने र आवश्यकता अनुसार सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको सहयोग लिन सक्ने सुझाव दिएको छ। पूर्वसचिव अर्जुन अधिकारीको संयोजकत्वमा गठित समितिले वारुणयन्त्र प्रभावकारी सञ्चालन र क्षति न्यूनिकरणका लागि अग्नी नियन्त्रण तथा विपद् व्यवस्थापन विभाग नै गठन गर्न सुझाव दिएको छ। तर, अहिले समितिको सुझाव विपरीत सबै जिम्मेवारी सशस्त्रलाई दिने तयारी भैरहेको छ।




विपद् जोखिम न्यूनिकरण विज्ञका अनुसार अन्तर्राष्ट्रिय रुपमा वारुणयन्त्र स्थानीय निकायअन्तर्गतका निकायहरूले सञ्चालन गर्छन्। स्थानीय निकायद्वारा सञ्चालित वारुणयन्त्रलाई सहयोग चाहिए सेना, सशस्त्र प्रहरी, प्रहरी वा अन्य सुरक्षा निकाय र संस्थाको सहायता लिन सक्छन्। तर, कुनै एक सुरक्षा निकायलाई वारुणयन्त्र सञ्चालन जिम्मा दिँदा ठूलो विपद्का बेला अन्य निकायको सहयोग लिन समस्या पर्नेछ।

सशस्त्रले स्थानीय निकायमा अहिले पर्याप्त जनशक्ति अभावमा दमकलको उपयोग गर्न नसक्दा क्षति न्यूनिकरण हुन नसकेको भन्दै सशस्त्रले आफूले सञ्चालन गर्न पाउनु पर्ने प्रस्ताव गृहमा पठाएको थियो। सशस्त्रको प्रस्ताव अनुसार व्यवस्था मिलाउन गृहले केही दिनअघि स्थानीय विकास मन्त्रालयमा पत्र पठाइसकेको छ।

स्थानीय विकास मन्त्रालयको अग्नी नियन्त्रण तथा विपद् व्यवस्थापन शाखाका उपसचिव ऋषि आचार्यले गृहबाट सशस्त्रलाई जिम्मेवारी दिने विषयमा पत्र आएको स्विकारे। 'पत्र आएको छ। तर यसबारे विज्ञसहित दुवै मन्त्रालयबीच छलफल भैरहेको छ,' उनले भने, 'अग्नी नियन्त्रण प्रभावकारी बनाउन कुन जिम्मेवारी कस्लाई दिने अहिले नै टुंगो लागेको छैन।' उनले वारुणयन्त्र प्रभावकारी सञ्चालन गर्न आवश्यक जनशक्ति अभाव र तालिमको व्यवस्था स्थानीयसँग नभएकाले जिम्मेवारी सशस्त्रलाई दिनेबारे सुझाव संकलन भैरहेको बताए।

'वारुणयन्त्र स्थानीय निकायअन्तर्गत नै सञ्चालन हुनुपर्छ,' विपद् जोखिम न्यूनिकरणविज्ञ सन्तोष ज्ञवालीले भने, 'कुनै पनि बहानामा सैन्य संरचनाका सुरक्षा निकायलाई सञ्चालन जिम्मेवारी दिँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाइने सहयोग बन्द हुन्छ र ठूलो विपद्का बेला समस्या उत्पन्न हुन्छ।'

तर, जनशक्ति अभाव देखाएर भैरहेको संरचना भत्काउने र अन्तर्राष्ट्रिय अभ्यास लत्याउनु नहुने विज्ञ ज्ञवाली बताउँछन्। 'अग्नि नियन्त्रणमा तालिमप्राप्त जनशक्ति त सशस्त्रसँग पनि छैन,' उनले भने, 'सशस्त्रले पनि जिम्मेवारी पाएपछि तालिम र आवश्यक जनशक्ति थप्न बजेट माग्ने निश्चित छ। सशस्त्रलाई दिनुभन्दा आवश्यक रकम अहिलेकै निकायलाई दिए बढी प्रभावकारी हुन्छ।'

विगतमा वारुणयन्त्र गृह मातहतमा रहेकाले फेरि गृहअन्तर्गत नै ल्याउनु पर्ने भन्दै सशस्त्रले जिम्मेवारी मागेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका विपद् विभागका सहसचिव रामेश्वर दंगालले सशस्त्रको प्रस्ताव छलफलका लागि स्थानीयमा पठाइएको बताए।

स्थानीय विकास मन्त्रालयका अनुसार वारुणयन्त्र ०६५ सालअघि गृह मातहत नै थियो। गृहमातहत हुँदा महानगर, उपमहानगर र नगरपालिकामा वारुणयन्त्र सञ्चालन प्रभावकारी नभएको, विदेशी संस्थाले सहयोग नगरेको भन्दै ०६५ कार्त्तिक ९ गते मन्त्रिपरिषद्ले स्थानीयमातहत लगेको थियो। स्थानीय मातहतमा हुनासाथ अग्नी नियन्त्रकका सुरक्षात्मक पोसाक, दमकल र अन्य आवश्यक उपकरणलगायत अर्बौं रकम बराबर वैदेशिक सहयोग आइरहेको स्थानीयका कर्मचारी बताउँछन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस