दबाबपछि काम धमाधम
२६ असार २०७२
•
१० मिनेट पाठ
दबाबपछि काम धमाधम
काठमाडौं- सडक निर्माणको माग राख्दै स्थानीयले दबाब सिर्जना गरेपछि पुरानो बानेश्वर सडक खण्डमा धमाधम काम अगाडि बढेको छ। सरकारी निकाय र ठेकेदार कम्पनीको लापरबाही र हेपाइका कारण दुई वर्षदेखि सडक बेहाल बनेको भन्दै पुरानो बानेश्वर क्षेत्रका बासिन्दाले शुक्रबारमा प्रदर्शन गरेका थिए। मध्य सहरको दुई किलोमिटर सडक खण्ड निर्माणमा भएको चरम लापरबाही र ढिलाइले आजित स्थानीयले आक्रोश पोखेपछि ठेकेदार कम्पनी 'लामा बिल्डर्स–बिरुवा–च्याङमिला' ले शनिबार बिहानैदेखि बानेश्वर खण्डमा सडक निर्माण कार्य अगाडि बढाएको छ।सिनामंगल–पुरानो बानेश्वर–सेतो पुल सडक खण्डअन्तर्गत पुरानो बानेश्वर चोकदेखि सिनामंगलतर्फ करिब दुई सय मिटर सडकको अवस्था बेहाल थियो। स्थानीयका अनुसार ठेकेदार कम्पनीले उक्त क्षेत्रमा सबैभन्दा पहिला खन्न सुरु गरे पनि निर्माणमा भने पूरै बेवास्ता गरेको थियो। जसका कारण उक्त क्षेत्रमा कतै हिलो, कतै खाल्डैखाल्डा त कतै पानीको आहाल मात्र थियो।




ठेकेदार कम्पनीले शनिबार बिहानदेखि उक्त क्षेत्रका सबै हिलो पन्छाउने, खाल्डा पुर्ने र सडकलाई कालोपत्रका लागि उपयुक्त हुने गरी तयार पार्ने काम थालेको छ। कम्पनीका तर्फबाट उक्त स्थानमा पुगेका इन्जिनियर निरञ्जन न्यौपानेले काम तीव्र रूपमा अगाडि बढेकाले मौसमले साथ दिए एक साताभित्रमा उक्त स्थानमा कालोपत्र गरिने बताए।

'काम अगाडि बढाउने क्रममा केही समय ढिला हुन गएको हो,' उनले भने, 'अब हामी यो क्षेत्रको काम तुरुन्तै सक्ने गरी अगाडि बढेका छौं।' उनले आइतबारभित्र सडकको बेस निर्माण सकिने जानकारी दिए।

लापरबाहीविरुद्ध आवाज उठाएलगत्तै काम अगाडि बढेपछि स्थानीय केही खुसी भएका छन्। तर, उनीहरू कम्पनीले काम गुणस्तरहीन गर्ने हो कि भन्ने चिन्तामा छन्। 'हाम्रो विरोधपछि अगाडि बढेको कामलाई कम्पनीले आलटाल गर्ने हिसाबले बनाउँछ कि भन्ने शंका छ,' स्थानीय शंकर प्रधानले भने, 'काम गुणस्तरीय हुनुपर्छ भनेर हामी खबरदारी गरिरहन्छौं।' उनले उक्त खण्डको सडक ६ महिना नपुग्दै बिग्रने भत्कने भए थप जनदबाब सिर्जना हुने बताए।

पसल अगाडिको हिलो बिहानै पुरेर काम अगाडि बढेकामा स्थानीय पसले मनोज सिपाई पनि खुसी छन्। 'यो देशमा चुप लागेर नहुने रहेछ। जति चुप लाग्यो त्यति हेप्ने रहेछन्,' उनले भने।

उनले समयमा नै उक्त खण्डमा काम नहुँदा आसपासका धेरै व्यापारीले पसल नै बन्द गरेर अन्त सर्नुपरेको बताए। उनले आफ्नो पसलको व्यापारसमेत दुई वर्षदेखि घटेको सुनाए।

इन्जियिनर न्यौपाने काम गुणस्तरहीन नहुने दाबी गर्छन्। 'कम्पनीले गर्ने हरेक काम गुणस्तरीय नै हुन्छ,' उनले भने, 'यो खण्डमा निर्माण हुने सडक पनि अन्य कुनै निकायले नखने वर्षौंसम्म टिक्ने बलियो हुन्छ।' उनले पुरानो बानेश्वर चोकदेखि सेतो पुलसम्म र सिनामंगल पुलदेखि एवान कम्प्लेक्ससम्मको सडक कालोपत्र गर्न मिल्ने गरी तयार भइसकेको जानकारी दिए।

'अब बीचको १ सय ७० मिटर सडक मात्र कालोपत्रका लागि उपयुक्त बनाउन बाँकी छ,' उनले आइतबार नागरिकसँग भने, 'यो पनि मौसमले साथ दिए दुई–तीन दिनमा कालोपत्रका लागि उपयुक्त हुनेछ।' उनले सेतो पुलतर्फबाट कालोपत्र गर्दै पुरानो बानेश्वर भएर सिनामगंल पुलसम्म पुग्ने गरी तयारी भएको बताए।

स्थानीय अमर बराइलीले निर्माण क्रममा ठेकेदार कम्पनीसहित सरकारी इन्जिनियरले समेत लापरबाही गर्दा सडक बेहाल बन्न पुगेको बताए। 'खन्न नहुने समयमा खन्छन्। अनि डिजाइन पनि पानी जम्ने गरी बनाउँछन्,' उनले भने, 'डिजाइन नै नमिल्दा पटक–पटक सडक खन्नुपरेको थियो।'

उनले कम्पनीले निर्माणका लागि बिहीबार राति ७ बजे ल्याएर खन्याएको निर्माण सामग्री त्यही दिन राति नै उठाएर लगेपछि जनमानसमा आक्रोश उत्पन्न भएको बताए। 'बल्लतल्ल निर्माण सामग्री ल्याएर थुपारेका थिए,' उनले भने, 'सामान ल्याए अब बन्छ होला भनेको त राति नै उठाएर नयाँ बानेश्वरतिर लगेछन्। त्यसपछि हामी बाध्य भएर सडकमा आर्लनुपरेको हो।' उनले काममा हुने लापरबाहीमा स्थानीयले सधैं खबरदारी गर्ने बताए।

वर्षातका बेला उक्त सडक खण्ड खहरेमा परिणत भएपछि बिहीबार र शुक्रबार स्थानीयले सडकमा रोपाइँ गरेका थिए। उनीहरूले शुक्रबार सडकमा टायरसमेत बालेका थिए। त्यस क्रममा केही समय झडपसमेत भएको थियो। त्यसपछि प्रहरीले निर्माण कम्पनीका प्रतिनिधि बोलाएर तत्काल सडक निर्माण सक्ने सहमति गराएको थियो। सरकारी निकाय, स्थानीय र ठेकेदार प्रतिनिधिबीच दुई दिनभित्र हिलो पन्छाएर सडक बेस तयार गर्ने र तीन दिनसम्म पानी नपरे पिच सुरु गरिहाल्ने सहमति भएको थियो। सहमतिअनुसार नै ठेकेदारले शनिबार काम अगाडि बढाएको हो।

सडक निर्माणको जिम्मेवारी पाएको कम्पनीले समयमा नै काम गरेको भए यो खण्ड अहिलेसम्म कालोपत्रे भइसकेको हुन्थ्यो। १४ मिटर फराकिलो उक्त सडकमा न हिलो हुन्थ्यो, न त धुलो नै। पैदालयत्राीले समेत निर्बाध रूपमा फुटपाथमा हिँड्न सक्थे।

राजधानीको व्यस्त स्थानको दुई किलोमिटर लामो सडक निर्माणका लागि 'लामा बिल्डर्स–बिरुवा–च्याङमिला' कम्पनीले करिब ९ करोड ६४ लाख रुपैयाँ सरकारी निकायबाट लिएर जानेछ। सडक खाडलमा परिणत हुँदै गए पनि निर्माण कम्पनीले भने कुल लागतको ४० प्रतिशत रकम लगिसकेको छ।

सम्झौताअनुसार कम्पनीले सडक निर्माणको काम असार १३ गते नै सकिसक्नुपर्ने थियो। तर, समयसीमा सकिँदा पनि उक्त खण्डको ५० प्रतिशतभन्दा बढी काम बा"की छ।

अनुगमन गर्ने सरकारी निकाय काठमाडौ उपत्यका सडक बिस्तार आयोजनाले सडक निर्माणको प्रगतिलाई वास्ता नगरी ठेकेदार कम्पनीको बहानाबाजीमा सही थापिरहेको स्थानीयको गुनासो छ। आयोजना प्रमुख प्रभात झाका अनुसार कम्पनीलाई काम छिटो गर्न दबाब दिइरहेको बताए। उनले असार मसान्तभित्रमा बागमती पुलदेखि पुरानोबानेश्वर–सेतोपुलसम्म कालोपत्रे गरिसक्ने गरी कम्पनीले काम अगाडि बढाएको बताए।

'भूकम्पका कारणले पनि निर्माणको काम केही दिन पछाडि सरेको हो,' उनले भने, 'हामीले त्यहीअनुसार कम्पनीलाई असारभित्र कालोपत्र गरिसक्न भनेको छौं।'

कम्पनीका प्रतिनिधि पेम्बा लामाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र भूकम्पले गर्दा सडक निर्माणमा ढिलाइ भएको बताए। 'केयुकेएलले खानेपानीको पाइप ओछ्याउन आठ/नौ महिना लगायो। त्यसपछि भूकम्प आयो, प्राविधिकहरू आ–आफ्नो घर लागे। त्यसैले ढिलो भएको हो,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस