निर्माण लापरबाहीले सडक लथालिंग
२७ असार २०७२
•
७ मिनेट पाठ
निर्माण लापरबाहीले सडक लथालिंग
काठमाडौं- बिस्तारित सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार कम्पनीको लापरबाहीले मैतीदेवी–डिल्लीबजार र पुतलीसडक–बागबजार सडक खण्ड बेहाल बन्न पुगेको छ। सम्झौताअनुसार निर्माणको म्याद नाघिसक्दा पनि दुवै सडकमा अहिलेसम्म करिब ४० प्रतिशत मात्र काम भएको छ। सम्झौताअनुसार ठेकेदार कम्पनीले निर्माण कार्य सकेर चिल्ला र फराकिला बनाउनुपर्ने सडकमा अहिले निर्माण सामग्रीको थुप्रो, हिलो, खाल्डाखुल्डी र वर्षापछि जमेको पानीको पोखरी मात्र भेटिन्छ। दुवै सडक खण्ड निर्माणको जिम्मेवारी महालक्ष्मी र वर्ल्डवाइडले संयुक्त रूपमा लिएका छन्।दुई खण्ड गरी करिब २ किलोमिटर सडक निर्माण गर्न ठेकेदार कम्पनीले करिब १० करोड रुपैयाँको सम्झौता काठमाडौं उपत्यका सडक बिस्तार आयोजनासँग गरेका छन्। सम्झौताअनुसार कम्पनीले चार करोडभन्दा बढी रकम भुक्तानी लिइसकेका छन्। तर, अनेक बहानामा निर्माण कार्यमा आलटाल गरिररहेको आयोजनाका कर्मचारी बताउँछन्।




आयोजनाकै एक कर्मचारीले ठेकेदारको चरम लापरबाहीले निर्माण अवधि गुजि्रसक्दा पनि काम नभएपछि दुवै सडक खण्ड अस्तव्यस्त बनेको बताए। 'निर्माण मिति सकियो, तर आयोजना ठेकेदारकै बहानाबाजी पत्याएर रमिता हेरेर बसेको छ,' उनले भने, 'कारबाही गर्ने अधिकार हुँदा पनि आयोजना चुप लागेर बस्दा ठेकेदार कम्पनीले हेप्दै गएका हुन्।'

आयोजना प्रमुख प्रभातकुमार झा भूकम्प तथा निरन्तर वर्षाका कारण निर्माण कार्य ढिला भएको बताउँछन्। 'निर्माण कम्पनीको काम केही सुस्त भएकै हो,' उनले भने, 'तर, काम गर्नुपर्ने पिक समयमा नै भूकम्प गएको र त्यसपछि वर्षा भएकाले केही दिन ढिला भएको छ।'

उनले भूकम्पका कारण रोकिएको कामका आधारमा ठेकेदार कम्पनीलाई निश्चित समय थपेर निर्माण सम्पन्न गर्न समय दिने बताए। 'थपिएको अवधिमा समेत निर्माण सम्पन्न नभए नियमअनुसार कारबाही हुन्छ,' उनले भने।

समयमा नै निर्माण नसकिँदा सवारीसाधन खाल्डाखुल्डी र साँघुरा सडकमा गुडिरहेका छन्। पैदलयात्रीलाई ती सडक खण्डमा हिँड्ने ठाउँसमेत छैन। घाम लाग्दा धुलाम्मे हुने सडक पानी परेका बेला भने हिलाम्य र आहाल बन्छ।

बिस्तार र निर्माण गर्न दुवै सडक खण्डमा दुई वर्षयता भत्काउने काम मात्र हुँदा र निर्माणमा ढिलाइ हुँदा व्यापारमा समेत असर परेको स्थानीय व्यापारीहरूले बताएका छन्। 'पहिला भत्काउने बेलामा पनि अलिअलि गर्दै लामो समय लगाए,' बागबजारमा कपडाको व्यापार गर्दै आएका कृष्णलाल प्रजापतीले भने, 'अहिले बनाउने बेलामा पनि अनेक बहाना गरेर काम नै रोकिरहेका छन्।' उनले दुई वर्षमा करिब ६० प्रतिशत व्यापार खस्केको बताए।

महालक्ष्मी–वर्ल्डवाइडले पुतलीसडक–बागबजार खण्ड ६ महिनाभित्र निर्माण सक्ने गरी ०७१ मंसिर १३ गते आयोजनासँग सम्झौता गरेको थियो। तर, त्यतिबेला क्रसर उद्योगहरू बन्द रहेकाले आयोजनाले क्रसर बन्द भएको भन्दा केही दिन बढी समय दिएर असार १० गतेभित्र काम सक्ने गरी समय थप गरिदिएको थियो। थपिएको समयसमेत सकिएको दुई साता बितिसकेको छ। तर, उक्त खण्डमा अहिलेसम्म ४० प्रतिशतसमेत काम हुन सकेको छैन।

आयोजना प्रमुख झाका अनुसार पुतलीसडक–बागबजारमा हालसम्म फुटपाथ निर्माणको काम ४० प्रतिशत र स्ट्रम वाटर ड्रेनेज (पानी बहने ठाँउ) निर्माणको काम मात्र भएको छ।

मैतीदेवी–डिल्लीबजार खण्डको निर्माणको जिम्मा पनि ती दुवै कम्पनीले लिएका हुन्। मैतीदेवीदेखि डिल्लीबजार कालिकामोडसम्म करिब एक किलोमिटर सडक निर्माणका लागि दुई खण्डमा विभाजन गरी ०७१ मंसिर १७ गते र फागुन २९ गते करिब ४ करोड ४५ लाखमा सम्झौता भएको थियो। तीमध्ये कालिकामोडदेखि डिल्लीबजार पीपलबोटसम्म वैशाख २९ गतेभित्र निर्माण भइसक्ने सम्झौता छ। त्यहाँदेखि मैतीदेवीसम्म जेठ ३० भित्र सक्ने सम्झौता भएको थियो।

तर, दुवै खण्डको निर्माण समयावधि सकिसक्दा पनि ४० प्रतिशत काम हुन सकेको छैन। ती खण्डमा पनि फुटपाथ र स्ट्रमवाटर ड्रेनेजको काम ४ प्रतिशत मात्र भएको छ। कालोपत्रे, सबबेस निर्माण, बेस निर्माणको काम एक प्रतिशत पनि हुन सकेको छैन।

निर्माणमा भएको ढिलाइले उक्त सडक खण्ड अझै कहिलेसम्म बनिसक्ने हो भन्ने टुंगो लाग्न सकेको छैन।

वैशाखमै सकिसक्नुपर्ने कामलाई समेत कम्पनीले वर्षात र भूकम्पलाई दोष दिइरहेको छ। यस्तै विद्युत, टेलिफोन र खानेपानीले समयमा नै काम गर्न नदिएकाले समेत काममा ढिला भएको जनाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस