१५ लाख बराबरको राहत सामाग्री वितरण
२७ असार २०७२
•
२ मिनेट पाठ
१५ लाख बराबरको राहत सामाग्री वितरण
काठमाडौं–समाजसेवी फुर्पा लामाको व्यक्तिगत पहलमा भूकम्प अति प्रभावित जिल्लामा १५ लाख रुपैयाँ बराबरको सोलार बत्ति तथा अन्य राहत सामग्री वितरण गरेका छन्।माको व्यत्तिगत पहलमा विदेशमा रहेका साथी तथा संघसंस्थामार्फ उपलब्ध भएका विभिन्न राहत सामग्री वितरण गरेका हुन। उनले सिन्धुपाल्चोकको विभिन्न गाविसमा सोलार बत्ती, घर बनाउने जस्तापाता, त्रिपाललगायतका सामग्री वितरण गरेका हुन।
Relif




भूकम्पपीडितलाइ साेलार वितरण गर्दै लामा ।
लामाले अमेरिकन सोलर बत्ती भूकम्प अति प्रभावित जिल्लामा वितरण गर्दै आएका छन्। उनले अहिलेसम्म ७० थान सोलार, ८५ बन्डल जस्तापाता र ३० बन्डल त्रिपाल वितरण गरिसकेका हुन।उनले पहिलो चरणमा राहत स्वरुप त्रिपाल वितरण गरे। त्यसपछि बस्ने बास बनाउनका लागि जस्तापाता र अहिले विजुली बाल्नका लागि सोलार बाडेका हुन। जलबायु परिवर्तन सम्वन्धी काम गर्दै आएका लामाले गत बैशाख १२ पछिदेखि हालसम्म राहतका सामग्री निरन्तर बाड्दै आएका हुन।

उनका अनुसार केही दिनमा दोलखा र नुवाकोटका केही विद्यालय तथा सार्वजनिक स्थलमा पनि सोलार राखिदिने छ। उक्त सोलार अमेरिकी एक संस्थासँग अर्डर गरिसकेको बताए। उक्त सोलारको प्रतिथान मूल्य ५० हजारदेखि ७० हजारसम्म पर्ने बताए। त्यसबाट १ सय ५० वाट विजुली निकाल्न सकिने क्षमताको छ।

उनले निकट भविष्यमा  रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटलगायतका जिल्लामा विभिन्न सामग्री वितरण गर्ने याेजना बनाएका  छन्। त्यसैगरी, भूकम्पबाट प्रभावित जिल्लामा मानिसलाई राहत स्वरुप रकम समेत उपलब्ध गराइसकेको छ।
अर्को समाचार
डिसिएको दुई करोड बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग
३१ जेष्ठ २०७७
•
२ मिनेट पाठ
डिसिएको दुई करोड बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग
स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरूले स्वास्थ्य सामाग्री, क्वारेन्टिन सेन्टर व्यवस्थापन तथा राहत वितरण कार्य गरिरहेको छन् । डेनमार्क स्थित गैह्र सरकारी संस्था डिसिएले स्थानीय संस्थाहरूको सहकार्यमा दुई चरण गरेर विभिन्न जिल्लामा लगभग दुई करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।




हाल सम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली, डोटी, अछाम, धादिङ र गोरखा जिल्ला गरी चार हजार एक सय ३४ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिम खाद्य सामाग्री वितरण गरिसकेको छ भने दुई हजार ८८ घर परिवारलाई थप स्वच्छता सामाग्री सेट (हाईजिन किट) पनि हस्तान्तरण गरेको छ ।

त्यस्तै कन्चनपुर जिल्लामा गर्भवति तथा सुत्केरी महिलाहरूका लागी छुट्टै पौष्टिक आहारहरु जस्तै घिउ, सुजी, अण्डा, बदाम, काजु जस्ता सामाग्री पनि सहयोग गरेको छ ।

त्यस्तै विभिन्न पालिकाको समन्वयमा ३३ वटा क्वारेन्टिन व्यवस्थापन लागी चाहिने बासस्थान तथा बन्दोबस्तीको सामाग्री, तथा स्वास्थ्य सरसफाई सामाग्रीहरू पनि वितरण गरेको छ । यसका साथै जनस्वास्थ्य संस्था तथा जिल्ला अस्पताल गरि जम्मा २७ वटा स्वास्थ्य केन्द्रहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रीहरू वितरण गरेको छ । विभिन्न जिल्लामा रहेका स्थानीय संस्थाहरूको समन्वयमा डिसिए नेपालले हाल सम्म १७५ पिपिई सेट, ८४ पिपिई गाउन, ९९ थर्मल गन, ८६५ लिटर ‘स्यानिटाईजर’, २६५ प्याकेट चिकित्सा ग्लोभ्स, १९,६०० सावुन, २५,८४५ सर्जिकल मास्क, १४३५ एन ९५ मास्क लगायत सामाग्री वितरण गरिसकेको छ । यी सामाग्री सँगै दैलेख र अछामका केही क्वारेन्टिनमा खानाको व्यवस्था पनि गरिएको डिसिएले जनाएको छ।

‘हामीले स्थानीय सरकारको नेतृत्वमा तत्काल आवश्यकताका क्षेत्रहरू पहिचान गरि मानवीय सहयोगको लागि यी सामाग्रीहरु हस्तारण गरेका छौं,’  डिसिएको नेपाल स्थित कार्यलयका मानवीय सहायता तथा विपद् जोखिम न्युनिकरण व्यवस्थापक, दिनेश गुरुङ्गले भने, ‘पछिल्लो सहयोग भन्दा यसपाली लम्बिदै गरेको लकडाउनले गर्भवति तथा सुत्केरीहरुलाई पर्न गएको अप्ठेरोलाई मध्य नजर गरेर हामीले पौष्टिक आहरहरुको पनि व्यवस्था गरेका थियौं ।’

डिसिएले थप सहयोगका लागी पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ । 'यो विषम परिस्थितिमा गैह्र सरकारी संस्थाहरुको सहकार्य अपरिहार्य छ,' बेलडाँडी गाऊँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने, 'आवश्यकता अनुसार वहाँहरु सँग समन्वय गर्दै सहयोग अगाडी बढाईरहेका छौं।'

राहत तथा स्वास्थ्य सामाग्रीका साथै डिसिएले कोरोना भाइरस बारे तयार गरेको जानकारी मुलक पुस्तिका पनि वितरण गरेको थियो । भने स्थानीय १० रेडियोहरु सँगको सहकार्यमा साझेदारी नामको रेडियो कार्यक्रम पनि उत्पादन तथा प्रशारण गर्दै आइरहेको छस जसमा स्थानीय सरकारसँग जनताका गुनासाहरु, मनोसामाजीक परामर्स, लैगिक संरक्षण जस्ता कार्यक्रमहरु प्रसारण भइरहेको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस