बन्दमा २४ सवारीसाधन क्षतिग्रस्त
०८ साउन २०७२
•
७ मिनेट पाठ
बन्दमा २४ सवारीसाधन क्षतिग्रस्त
काठमाडौं- नेकपा माओवादी विप्लव समूहले आयोजना गरेको नेपाल बन्दका क्रममा शुक्रबार देशभर २४ सवारीसाधनमा आगजनी तथा तोडफोड भएको छ। प्रहरीले आगजनी र तोडफोडमा संलग्न २ सय ४७ जनालाई नियन्त्रणमा लिएको छ।बन्दकर्ताले राजधानीको नयाँबजारमा चालकलाई भित्र राखेर ट्याक्सीमा आगजनी गरेका छन्। दिउँसो सवा तीन बजे नयाँबजारबाट सोह्रखुट्टेतर्फ गइरहेको बा१ज २३०१ नम्बरको ट्याक्सीमाथि धारागल्लीनेर आगजनी भएको हो। ट्याक्सी पूर्ण रुपमा जलेको छ भने चालकको कपाल आगोले टिपेेको छ।




दुई–तीन युवकको समूहले पेट्रोलको पोको हानेर आगो लगाएपछि चालक बेलैमा बाहिर निस्केकाले जोगिन सफल भएको प्रहरीले जनाएको छ। युवकको समूहले गुडिरहेको ट्याक्सी रोकेको र सोधपुछकै क्रममा आगजनी गरी फरार भएको महानगरीय प्रहरीवृत्त, सोह्रखुट्टेका डिएसपी सीताराम रिजालले बताए। 'चालक भित्र रहेकै बेला उनीहरूले पेट्रोल हानेर आगो लगाएछन्,' उनले भने, 'उनीहरू भागेपछि मात्र आगो लागेको थाहा पाएको चालकको भनाइ छ।' ट्याक्सी चालकले दिएको हुलियाका आधारमा आक्रमणकारीको खोजी भइरहेको डिएसपी रिजालले जानकारी दिए।

उक्त ट्याक्सी नुवाकोट, टुप्चेका ३३ वर्षीय राकेश तामाङको हो। बानियाँटार बस्दै आएका तामाङले जग्गा धितो राखेर ६ लाख रुपैयाँ ऋणमा ट्याक्सी खरिद गरेको बयान प्रहरीलाई दिएका छन्। ऋण छिनिनसकी ट्याक्सी काम नलाग्ने भएको गुनासो उनले गरे।

'यात्रुको सेवा गर्न भनेर रोकेको, उल्टै आगो पो लगाएर भागेछन्,' चालकको बयान उद्धृत गर्दै डिएसपी रिजालले भने, 'फाइनान्सबाट ऋण लिएर किनेको थिएँ, बिमा पनि गरेको छैन, अब पत्नी र दुई छोराछोरी कसरी पाल्ने!'

शुक्रबार देशभर २४ वटा सवारीसाधनमा क्षति पुर्या उने २ सय ४७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बन्दका क्रममा कुनै अप्रिय घटना भएका छैनन्। बिहानै प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएकाले बन्दको प्रभाव मध्याह्नपछि आंशिक मात्र देखिको प्रहरी दाबी छ।

प्रहरीप्रवक्ता कमलसिंह बमले संरचना तोडफोडमा संलग्न पाँच महिलासहित दुई सय ४७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। तीमध्ये केहीलाई शुक्रबारै छाडिएको र अन्यलाई थप अनुसन्धानका लागि हिरासतमै राखिएको उनको भनाइ छ।

बन्दकर्ताले बौद्ध–६, ह्यात होटलनजिक बा१ज १२५५ नम्बरको ट्याक्सीमा तोडफोड गरेका छन्। यात्रुजसरी आएका तीन जना ट्याक्सीमा इँटा बर्साई भागेका हुन्। ट्याक्सीको पछाडि र बायाँ भागको सिसा फुटेको छ। यसै गरी बालाजुमा दुग्ध विकास संस्थानको ना३ख ४४३५ नम्बर गाडी, कमलादीमा बा१ज ४३६७, नेपालटारमा बा१०च ६६४०, वसुन्धरामा बा५ख ८२५१ र बौद्धमा बा१ज ५२५५ नम्बरका सवारीसाधन पनि तोडफोड भएको प्रहरीले जनाएको छ।

ललितपुर, पुल्चोकमा बा१ज ५८३६, बा१ज ७३२२ र प्रयागपोखरीमा बा३ख ११०८ नम्बर गाडी तोडफोड भएका छन् भने अपरिचित व्यक्तिले ढुंगा हान्दा ताल्छीखेलमा बा१ज ९०२४ नम्बरको माइक्रोबसको सिसा फुटेको छ।

प्रहरी प्रधान कार्यालका अनुसार बन्दकर्ताले पृथ्वी राजमार्गअन्तर्गत धादिङ, भूमेस्थान–४ स्थित सुँगुरेपुलनजिक ना४ख ३६२२ नम्बरको खाली ट्रेलरमा आगजनी गरेका छन्। बा१४प ८७८५ नम्बर मोटरसाइकलमा आएका तीन जनाले महादेवस्थानबाट गजुरीतर्फ जाँदै गरेको ट्रेलर रोकी आगो लगाएका हुन्। ट्रेलरको अगाडिको भागमा सामान्य क्षति पुगेको छ। नलाङ–६, डुम्रेखोलामा पनि चार–पाँच जनाको समूहले आगजनी गर्दा ना१०प १८४५ नम्बर मोटरसाइकल पूरै जलेको छ।

बन्दकर्ताले हेटांैडा उपमहानगरपालिकामा बा३ख १९२५ र रूपन्देही, खेरहनीमा बा४ख १९० नम्बर सवारीसाधन तोडफोड गरेको प्रहरीले जनाएको छ।

चितवन रत्ननगर नगरपालिका–८ मा ना४ख ७३३२ नम्बर मिनीटाटा, भरतपुर उपमहानगरपालिका–११ मा ना३ख ७५११ र बा१ख ६०८५ नम्बर ट्रक, काभ्रेको भुम्लुटार–६ मा बा१२च ९५०२ नम्बर मारुती भ्यान, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ चमनचोकमा म१ह४६ नम्बर टेम्पो, नेपालगन्ज उपमहानगरपालिका–५ बसपार्कमा भे१ख ८०९ र भे१ख ८५८ नम्बर बस आगजनी तथा भे१ज ६०३ नम्बर टाटागाडीमा तोडफोड भएको छ। बन्दकर्ताले नेपालगन्जकै स्नेह होटलअगाडि विद्यार्थी लिन आउने क्रममा सीमान्त इन्टर कलेजको युपी४०टी ०७६३ नम्बर म्याजिक भ्यान र कुसुममा ना५ख ५०१४ नम्बर ट्रकमा आगजनी गर्दा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस