ट्यांकरको ठक्करले एक युवकको मृत्यु
२६ वैशाख २०७९
•
१ मिनेट पाठ
ट्यांकरको ठक्करले एक युवकको मृत्यु
सर्लाहीमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका हरिवन नगरपालिका ४ का राम बहादुर थापाको सोमबार उपचारको क्रममा नै मृत्यु भएको हो।  




पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.३ ०३–००१–ख–०१४५ नम्बरको ट्यांकरले हरिवन बजारस्थित पूर्व-पश्चिम राजमार्गमा थापालाई ठक्कर दिएको थियो। सोमबार बिहान साढे १० बजे ट्यांकरको ठक्करबाट गम्भिर घाइते भएका थापाको काठमाडौंमा उपचार गर्दागर्दै दिउँसो पौने ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  

मृतक थापा गैर सरकारी क्षेत्रमा क्रियाशील समाजसेवी भएको स्थानीयको भनाइ छ। मृतक थापालाई ठक्कर दिने ट्यांकर प्रहरीको नियन्त्रणमा रहेको भए पनि चालक फरार भएको छ।

फरार चालकको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले जानकारी गराएका छन्।
अर्को समाचार
ट्यांकरको ठक्करले युवकको मृत्यु, ट्राफिक प्रहरीबिरुद्ध प्रदर्शन
१५ भदौ २०७८
•
१ मिनेट पाठ
ट्यांकरको ठक्करले युवकको मृत्यु, ट्राफिक प्रहरीबिरुद्ध प्रदर्शन
वीरगन्ज वडा नम्बर २३ सिर्सियामा पर्ने सिर्सिया बहुअरी चोकमा मंगलवार भारतीय नम्बरको ग्यास बोक्ने ट्यांकर (बुलेट)बाट ठक्कर लागि एकजना ३० वर्षीय युवकको जान गएको छ। घट्नामा पर्साको बहदुरमाई नगरपालिकाको पिपरा टोल घर भएका लालबाबु साहको मृत्यु भएको हो।  




जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट पश्चिम आफ्नो गाउँतिर साइकलमा गइरहेका साहलाई आइसिपी भन्सार नाकाबाट निस्किएको एनएल ०१ एबि ४३७५ नम्बरको ग्यास बोक्ने ट्यांकरले दिउँसो करिब सावा १२ बजेतिर ठक्कर दिएको थियो।  

आइसिपी भन्सार नाका, सुक्खा बन्दरगाह भन्सार नाका र वीरगन्जबाट ग्रामिण भेगलाईजोड्ने सडकमा चल्ने गाडिहरुको भिड सो चौकमा हुने गरेको छ। ट्राफिक ब्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको गल्तीले दुर्घटना भएको भन्दै स्थानीय तथा सर्वसधारणले एक घण्टा चक्का जाम गरेका थिए। त्यहाँ खटिएको प्रहरी युनिट दुईटै भन्सारहरुबाट निस्केका गाडिहरुबाट पैसा असुलीमा ब्यस्त मात्र ब्यस्त रह्ने गरेको प्रदर्शनमा सामेल रहेकाहरुले आरोप लगाए। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक सुमन कार्कीले आरोप सही नभएको बताए।  

‘घट्नापछि केही समय बाटो अवरुद्ध भएको थियो, पछि बाटो खोलाइयो। ट्राफिक प्रहरी निरिक्षक कार्कीले भने, ‘चोक भन्दा माथि (पूर्व) रहेको कलर्भट माथी घट्ना भएको हो, गाडि र चालक दुबैलाई नियन्त्रणमा लिसकिएको छ।’ ठक्कर दिने गाडि र चालक भारतको मुजफरपुर घर भएका २६ वर्षिय ललन कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस