सवारीको गति नाप्न पुरानो, महँगो प्रविधि भित्र्याइँदै
२६ साउन २०७२
•
९ मिनेट पाठ
सवारीको गति नाप्न पुरानो, महँगो प्रविधि भित्र्याइँदै
काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीसाधन परीक्षणका लागि चार वर्षअघि चार करोडको लागतमा टेकुमा सवारीसाधन परीक्षण केन्द्र (भेहिकल फिटनेस टेस्ट सेन्टर) स्थापना गर‍्‍यो। 




केन्द्र सञ्चालनको पूर्वतयारी नै नगरी मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागले सुविधासम्पन्न केन्द्र निर्माण गरे पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । आवश्यक पूर्वाधार तथा अन्य तयारीबिनै आव २०६७÷६८ मा हतारमा निर्माण गरिएको उक्त केन्द्र प्रयोगमा नआउँदा त्यहाँ जडान गरिएका उपकरणमा खिया लागेको छ ।

मन्त्रालयले नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) व्यवस्थित बनाउन स्मार्ट कार्डमा जाने योजना बनायो । तर, आवश्यक पूर्वतयारी बिनै बनाइएको स्मार्ट लाइसेन्स योजना अझै सुरु हुन सकेको छैन । केन्द्र सञ्चालन गर्न पूर्ण असफल भएपछि विभाग स्मार्ट लाइसेन्स जसरी भए पनि सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ ।

पटक–पटक भिœयाइएका प्रविधि र प्रयोग असफल भइरहेका बेला मन्त्रालयले फेरि विश्वभर असफल, अव्यावहारिक, पुरानो र महँगो प्रविधि भिœयाउने खेलकुद थालेको छ । कुनै पूर्वाधार नै निर्माण नगरी मन्त्रालयले अर्को खर्चिलो र अव्यावहारिक प्रविधि भिœयाउने खेल थालेको हो ।

मन्त्रालयले चालु आवको बजेट कार्यक्रम र विभागले यातायात क्षेत्रका विकृति र दुर्घटना न्यूनिकरणका लागि गरिरहेको तयारी विपरित रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन टेक्नोलोजी (आरएफआइडी) भिœयाउन लागेको हो ।

आरएफआइडी सवारीको गति नाप्ने प्रविधि हो । यस्का लागि सडकका विभिन्न स्थानमा रेडियो स्टेसन र सवारीको गति पढ्न सक्ने क्यामेरा जडान गर्नुपर्ने हुन्छ । नेपालमा सडकको निर्माण नै राम्रोसँग नभएको अवस्थामा विभिन्न स्थानमा सवारीको गति पढ्ने स्टेसन निर्माण र क्यामेरा जडान गर्न थप खर्च लाग्ने हुन्छ ।

विभागले नेपालको भौगोलिक अवस्थाका आधारमा बढी खर्चिलो हुने भएकाले आरएफआइडीभन्दा आधुनिक र धेरै विशेषता भएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) उपयुक्त हुने भन्दै गत आवदेखि नै जिपिएस प्रविधि भिœयाउने तयारी गरिरहेको थियो । चालु आवको बजेटमा पनि सुरक्षित सवारी यात्राका लागि जिपिएस प्रविधिको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको छ ।

तर, मन्त्रालयले भने विभागको तयारी विपरित जिपिएसभन्दा पुरानो र नेपालका लागि अव्यावहारिक खर्चिलो प्रविधि तत्कालै लागू गर्न विभागमा पत्र पठाएको छ । मन्त्रालयका सहसचिव रविनमान श्रेष्ठले साउन १२ गते पत्र पठाउँदै विभागमा सात दिनभित्र आरएफआइडी सिस्टमका लागि अन्तर्राष्ट्रिय टेन्डर गर्न निर्देशन दिएका छन् ।

जिपिएसको तयारी गरिरहेको विभागले पूर्वाधार नै नभएको आरएफआइडीको टेन्डर तत्काल आह्वान गर्न मन्त्रालयबाट पत्र पाएपछि त्यसका लागि पूर्वाधार निर्माण गर्ने जिम्मेवार निकायबारे राय माग्दै फेरि मन्त्रालयमा पत्र पठाउने तयारी गरेको छ ।

विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले मन्त्रालयले टेन्डर गर्न निर्देशन दिएको पत्रमा केही कुरा अस्पष्ट भएकाले स्पष्ट राय दिन भन्दै मन्त्रालयमा पत्र पठाइएको बताए । 'मन्त्रालयले दिएको निर्देशनका विषयमा विभागले आवश्यक कागजपत्र तयार पार्दै छ,' उनले भने, 'तर प्रविधिको प्रयोग सरल र सहज बनाउने पूर्वाधार सरकारले बनाउने वा सम्बन्धित ठेकेदारबाट निर्माण गराई लागत सर्वसाधारणसँग असुल्ने स्पष्ट नभएकाले यसबारे नीतिगत निर्देशनका लागि पत्र पठाउन लागिएको छ ।'

मन्त्रालय आरएफआइडीको प्रयोग इम्बोस्ड नम्बरसँग जोडेर लागू गर्न प्रयासरत छ । विभागले तत्कालका लािग साधारण इम्बोस्ड नम्बर लागू गर्ने र जिपिएस प्रविधिको पूर्वाधार तयार भएपछि नम्बरसँग संयोजन गर्न सकिने प्रस्ताव मन्त्रालयमा पठाएको थियो । विभागले इम्बोस्ड नम्बरमा जिपिएससहित चिप्स राख्ने र आरएफआइडीको समेत उपयोग गर्न सकिने भए पनि त्योभन्दा जिपिएस नै आधुनिक, सरल र कम खर्चिलो रहेको जानकारी गराएको थियो ।

विभागको प्रस्तावसँगै मन्त्रालयले सचिव श्रेष्ठको संयोजकत्वमा इम्बोस्ड नम्बर प्लेट समिति गठन गरेको थियो । तर समितिले जिपिएस र चिप्स राख्ने विषयमा कुनै अध्ययन नै नगरी सात दिनभित्रै इम्बोस्ड नम्बर प्लेटसँग आरएफआइडी प्रविधि खरिदको टेन्डर गर्न निर्देशन दिएको थियो । मन्त्रालयले पठाएको पत्रमा आरएफआइडी किन र के आधारमा भिœयाउन लागिएको हो कुनै उल्लेख छैन ।

महानिर्देशक फेर्ने तयारी
मन्त्रालय स्रोतका अनुसार सडकमा गुडीरहेका सार्वजनिक बसको वास्तविक स्थान, अवस्था, गति, रुटलगायत तथ्यको अनुगमन र निगरानी गर्न आधुनिक प्रविधि जिपिएसको तयारी भैरहेका बेला पूर्वाधाररहीत, अव्यावहारिक र पुरानो प्रविधि लागू गर्न मन्त्रालयबाट दबाब आएपछि विभागका महानिर्देशक र मन्त्री विमलेन्द्र निधीबीच चर्काचर्कीसमेत भएको छ ।

स्रोतका अनुसार मन्त्री निधी इम्बोस्ड नम्बर प्लेटसँगै आरएफआइडी भिœयाउने पक्षमा छन् भने महानिर्देशक बुर्लाकोटी जिपिएसका पक्षमा छन् ।

महानिर्देशक बुर्लाकोटीले आरएफआइडी प्रविधि नभिœयाउने अडान लिएपछि मन्त्री निधी जसरी भए पनि महानिर्देशक नै फेर्ने ध्याउन्नमा छन् ।

मन्त्री निधिले महानिर्देशक बुर्लाकोटीलाई मन्त्रालयमै डाकेर इम्बोस्ड नम्बर प्लेटसँगै आरएफआइडी भिœयाउने कार्य तिव्र पार्न निर्देशन दिएका थिए । तर बुर्लाकोटीले मन्त्री निधीलाई 'पूर्वाधार बिनाको प्रविधि भिœयाउनेजस्तो गलत काम आफूले नगर्ने र यस्तो काम गराउने भए आफू अनुकूल अर्को महानिर्देशक खोजी गर्नुहोस्' भन्दै मन्त्रालयबाट बाहिरिएको मन्त्रीनिकट स्रोतले नागरिकलाई जानकारी दियो ।

महानिर्देशक बुर्लाकोटीले राष्ट्रघाती काम नगर्ने अडान लिएपछि मन्त्री निधीले उनलाई हटाएर हाल सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव चन्द्रमान श्रेष्ठलाई महानिर्देशक नियुक्त गर्ने तयारी गरेका छन् । श्रेष्ठ यसअघि पनि विभागको महानिर्देशक भएका थिए । श्रेष्ठले नै महानिर्देशक हुँदा टेकुमा चार करोडको लागतमा सवारीसाधन परीक्षण केन्द्र स्थापना गरेका थिए, जुन केन्द्र अहिलेसम्म पनि कुनै प्रयोगमा आउन सकेको छैन ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस