काठमाडौं— नयाँ ट्याक्सी दर्ताबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिपछि ट्याक्सी व्यावसायीको आन्दोलन स्थगित भएको छ। भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा बिहीबार भएको वार्तामा व्यावसायीको प्रतिनिधि समेत रहने अयोग गठन गर्ने सहमति भएको मन्त्रालयका सहसचिव रविन्द्रमान श्रेष्ठले बताए।
उनका अनुसार आयोगले ट्याक्सी थप्ने विषयमा सरकारले गरेको निर्णयमा कुनै कमीकमजोरी रहे नरहेको विषयमा अध्ययन गर्नेछ। अध्ययनका क्रममा कुनै त्रुटि भए सच्याउने र सोही अनुसार दर्ताको विषयमा थप निर्णय गरिने सहमति भएको हो ।
सहसचिव श्रेष्ठले दर्ताका लागि खुला गरिएको प्रक्रिया भने स्थगित नभएको जानकारी दिए। 'आयोग गठनको सहमितसँगै आन्दोलन स्थगन गर्ने सहमती भएको हो,' उनले नागरिकन्युजसँग भने, 'ट्याक्सीको दर्ताका लागि खुला गरिएको प्रक्रिया नै रोकिएको भने होइन्।'
बागमती अञ्चल यातायात कार्यालयमा नयाँ ट्याक्सी दर्ताको लागि भदौ २ गतेसम्म समयसीमा रहेको छ । आन्दोलन स्थगित भएपनि दर्ता प्रक्रिया नरोकिएकाले ट्याक्सीको नम्बर लिन चाहनेले २ गतेसम्म फर्म भर्न सक्ने कार्यालयले जनाएको छ।
ट्याक्सी थपका विषयमा विरोध जनाउँदै स्वस्तिक रोजगार ऋणी ट्याक्सी व्यावसायी संघले एकान्तकुनास्थित बागमती अञ्चल यातायात कार्यालय परिसरमा ट्याक्सी राखेर रिले अनसन शुरु गरेका थिए। सहमती लगत्तै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष प्रकाश बस्नेतले जानकारी दिए ।
सरकारले असार ३ गते बागमती अञ्चलमा १८ सय ५० वटा र भूकम्पपिडितका लागि ५ सय ट्याक्सी दर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार बागमती कार्यालयले पहिलो चरणमा १८ सय ५० ट्याक्सी दर्ताको लागि सुचना जारी गरेको हो । ०५७ सालपछि सरकारले पहिलो पटक नयाँ ट्याक्सी दर्ता खुला गरेको हो।