३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

झडप र हवाई फायरपछि काभ्रेका चार केन्द्रमा मतदान स्थगित

तस्बिर साैजन्य: मदुसुदन पाठक

काभ्रे जिल्लाका चार वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। मतदान अधिकृतले अशक्त व्यक्तिले भनेको भन्दा अर्कोमा चिन्ह्रमा मतदान गरिदिएको, मतदाताहरुलाई चारपाँच वटा मतपत्र दिएको, अशक्तले मतदान गर्ने विषयमा झडप, हवाई फायर भएपछि ती केन्द्रमा मतदान स्थगित भएको हो।  

मतदात स्थगित भएका केन्द्रहरुमा चौंरीदेउराली गाँउपालिका ६ प्रभा माध्यमिक विद्यालय, पाँचखाल नगरपालिका १३ सिता माध्यमिक विद्यालय, तिमाल गाँउपालिका ७ भुमेश्वरी माध्यमिक विद्यालय, तिमाल ९ कै कुशेश्वर माध्यमिक विद्यालय केन्द्र छन्।  

प्रभा माध्यमिक विद्यालय केन्द्रका मतदान अधिकृतले सशक्तले रुखमा हाल्ने भनेको मत सूर्यमा हालिदिए भन्ने विषयमा विवाद भएको थियो।  

यसैगरी पाँचखाल १३ स्थित सिता माध्यमिक विद्यालय केन्द्रमा एउटा मतदातालाई निर्वाचन अधिकृतले चार/पाँच वटा मतपत्र दिएको भन्ने विषयमा विवाद भएपछि मतदान स्थगित भएको हो।  

तिमाल ७ को भुमेश्वरी माविमा असक्तले भोट हाल्ने विषयमा दलहरुबीच विवाद भएपछि झडप भयो र स्थिती नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फायर पनि गरेको छ।  

तिमाल ९ स्थित कुशेश्वर मावि केन्द्रमा पनि सशक्तहरुले मतदान गर्ने विषयमै विवाद भएको हो। यहाँ नि झडप भएर हात हालाहालको अवस्था सिर्जना भएको थियो।  

चौंरीदेउराली केन्द्रमा मतदान सुचारु गर्ने विषयमा छलफल भइरहेको छ भने अन्यमा छलफल पनि सुरु भएको छैन।

प्रकाशित: ३० वैशाख २०७९ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App